काठमाडौँ, १७ कात्तिक । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कानूनीरुपमा अनुमति प्राप्त व्यक्तिका नाममा रहेका हातहतियार (बन्दुक, पेस्तोल) निर्वाचन अवधिभर कात्तिक मसान्तभित्र अनिवार्यरुपमा बुझाउन सर्वसाधारणसँग अनुरोध गरेको छ ।

कार्यालयले सुरक्षाको काममा खटिएका सुरक्षाकर्मी तथा कानूनबमोजिम लिन पाउने हतियारबाहेक अन्य कुनै पनि व्यक्तिले कुनै प्रकारका विस्फोटक, रसायनिक, विषालु पदार्थ, लाठी, खुकुरी, बन्दुक पेस्तोलजस्ता हतियार लिएर हिँड्न, प्रदर्शन गर्न वा गराउन पनि पूर्णरुपले निषेध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माद्वारा आज जारी विज्ञप्तिमा निर्वाचन अवधिभर मदिरा तथा मदिराजन्य पदार्थको अवैध उत्पादन तथा बिक्री वितरण कार्यमा पूर्ण बन्देज लगाएको उल्लेख गरेको छ ।

आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा, प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी काठमाडौँमा शान्ति सु–व्यवस्था गर्न कार्यालयले उच्च शतर्कता अपनाएको जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!