सल्यान, १७ कात्तिक । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा न ४ को वडा कार्यालयमाथि बिहीबार राति अज्ञात समूहले तोडफोड गरेको छ। राति करिब १२ बजेतिर अज्ञात समूहले कार्यालयको ताला फोडेर तोडफोड गरी झन्डै २ लाख जतिको क्षति गरेको वडा अध्यक्ष राजबहादुर बुढाथोकीले जानकारी दिए।
अज्ञात समूहले कार्यालय भित्रको कम्प्युटर, फोटोकपी मेसिन, सोलार, कुर्सी, दराज पूर्ण रूपमा तोडफोड गरेको बुढाथोकीले बताए। महत्वपूर्ण कागज जलाइएको र केही पानीमा फालिएको अवस्थामा फेला परेको बताइएको छ।
कार्यालयमा रहेको सामाजिक सुरक्षा भत्ताको ९ लाख ७० हजार रुपैयाँ केही नचलाइएको उनले बताए। तोडफोडमा संलग्नहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।