एजेन्सी, १७ कात्तिक । आफ्नी छोरीको एक युवकसँग प्रेम सम्बन्ध रहेको थाहा पाएपछि उनका पिताले छोरीलाई प्रेमीसँग छुटाएर अन्तै बिहे गरिदिन खोज्दा प्रेमीले प्रेमिकाका पिता र प्रेमिकालाई गोली हानेपछि आफूलाई पनि गोली हानी आत्महत्या गरेका छन्। गोली प्रहारबाट दुवै प्रेमी प्रेमिकाको ज्यान गर्को छ । प्रेमिकाका पिताको उपचार भइरहेको छ ।
भारतको उत्तर प्रदेश इटावामा घटना भएको हो । यहाँका रिटायर्ड सैनिक नरेन्द्र सिंह चौहान आफ्नो पसलनजिकै उभिएका बेला त्यहीँको इन्द्रा कोलोनीका राहुल चौहानले नरेन्द्रलाई गोली हानेका थिए । नरेन्द्रलाई गोली प्रहार गर्नासाथ स्कुटरमा भागेका राहुल लगत्तै नरेन्द्रको घरमा पुगे ।
त्यहाँ घरको आँगनमा हात धोइरहेकी नरेन्द्रकी छोरी आकांक्षालाई पनि उनले गोली प्रहार गरे । लगत्तै उनले आफूलाई पनि गोली प्रहार गरे । गोली प्रहार गर्ने राहुलको घटनास्थलमै मृत्यु भएको र प्रेमिका आकांक्षाको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।