गुल्मी, १८ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधीसभा उमेद्वार चन्द्र भण्डारीले आफु वेलायतको  प्रधानमन्त्री हुनु पर्ने खालको नेता भएको दावी गरेका छन् ।

‘आफु गुल्मी क्षेत्र नम्वर २ को सांसद भएको कार्यकालमा गरेको विकास हेर्ने हो भने आफु त बेलायतकै प्रधानमन्त्री हुनु पर्ने हो, उनले भने, ‘प्रेस  युनियन गुल्मीले  आयोजना गरेको कार्यक्रममा भने–  ‘यति विकास  गर्दा पनि तपाई पत्रकारले लेखी दिनु हुन्न भने मेरो भन्नु केहि छैन् ।’

गुल्मी क्षेत्र नम्वर २ मा  बीसवर्ष अघिदेखिका सांसदहरुले गर्न नसकेको काम आफुले एउटै कार्यकालमा गरेको दावी गर्दै यति विकास गर्ने नेता त वेलायतकै प्रधानमन्त्री हुनु पर्ने मान्छे होईन र ?

विपक्षी राजनैतिक दलका नेताहरुबाट फेशबुके विकासप्रेमी नेताको संज्ञा पाएका उनले भने जसले विकास गर्छ उसले त लेखी हाल्छ नि, नगर्नेले कहाँबाट लेखोस भन्ने जवाफ दिए ।

आफुले जस्तो विकास यहाँका अरु जनप्रतिनिधीहरुले गर्न नसकेको कुरा पटक पटक बताएका नेता भण्डारीले फेरि पनि आफुले जिते नमुना जिल्ला बनाउने उद्घोष गरे । -रातोपाटी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!