कराची, १८ कात्तिक । उत्तर–पश्चिम पाकिस्तानको दुर्गम क्षेत्रमा हथियारघारी मानिसले १६ बर्षका युवतीलाई अर्धनग्न अबस्थामा पुरा गाउँ घुमाएको घटना बाहिर आएको छ ।

प्रहरीका अनुसार यी मानिसले आफ्नो परिवारको ‘सम्मान’ का फिर्ता पाउनका लागि यस्तो गरेका हुन् । स्थानीय मानिसको भनाई छ कि केटीलाई यसकारण निशाना बनाइयो कि, किनभने उसको भाई हमला गर्ने व्यक्तिको परिवारको एक केटीसँग गोप्य प्रेम सम्बन्ध थियो ।

Advertisement

यो घटना विहीवार बाहिर आयो, जव स्थानीय मिडियाले यसलाई प्रकाशन गरे ।

प्रहरीले आठ व्यक्तिलाई पक्राउ गरेको छ । घटनाको आरोपित नवौ व्यक्तिको खोजी भैरहेको प्रहरीले जनाएको छ । स्थानीय मानिसहरुका अनुसार केटीलाई त्यसबेला हमला गरियो, जतिबेला उनी पानी भर्न इनार जाँदैथिइन् । दिउँसोको समय थियो यो ।

केटीले स्थानीय पत्रकारसँग भनेकी छिन, ‘म र मेरो काकाको छोरी बहिनी इनारमा पानी भरेर फर्केका थियौँ, त्यसबेला ती मानिसहरु हामी नजिक आए । उनले मलाई धक्का दिए । त्यसपछि उनीहरुले कैचीले मेरो कपाल काटे । त्यसपद्धि कैचीले नै मेरा कपडा काटे । मेरी बहिनीले दुपट्टाले मेरो शरीर ढाक्ने कोशिष गरिन्् । तर, उनीहरुले त्यसो गर्न दिएनन् ।’

केटीले त्यहाँबाट उम्कने कोशिष गरिन् र नजिकैको घरमा पुगिन् । तर, ती हमला गर्ने व्यक्तिहरु त्यहाँ पनि गए ।
‘म लुकेर बसेको थिएँ । तर, उनीहरुले मलाई त्यहाँबाट पनि बाहिर निकाले । एक छिमेकीले हस्तक्षेप गरेर मलाई बचाउन खोजे तर, हतियारधारीले बन्दुक देखाएर उनलाई त्यहाँबाट हटाए ।’

स्थानीयवासी र प्रहरीको भनाई छ कि, यो घटनाक्रम एक घण्टासम्म चल्यो । त्यसपछि ती हतियारधारीले केटीलाई त्यहाँबाट जान दिए ।
केटीले भनिन्, ‘त्यहाँबाट उम्केपछि म दौडेर काको घर गए । काकाको घरमा पुगेर मैले केही कपडा लगाए ।’

केटीले आमा र बहिनीका अगाडि मिडियासँग सवै कुरा बताइन् । केटीको आमा, जो विधवा हुन्, उनले भनिन कि, जव उनलाई घटनावारे थाहा भयो, तुरुन्तै छोरीको खोजीमा हिडिन् ।’-एजेन्सी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!