राजपाका लक्ष्मणलाल कर्ण पर्सा ४ बाट निर्वाचित

राजपाका लक्ष्मणलाल कर्ण पर्सा ४ बाट निर्वाचित

वीरगञ्ज, २५ मंसिर । दुवै संविधानसभाको चुनावमा समानुपातिकबाट सभासद बनेका राजपाका नेता लक्ष्मणलाल कर्ण पर्सा ४ बाट प्रतिनिधिसभामा निर्वाचित भएका छन्। उनले कांग्रेसका रमेश रिजाललाई पराजित गर्दै जीत हात पारेका हुन्। कर्णले २०७३८ मत प्राप्त गरे। रिजालले १४७०२ मत ल्याए भने माओवादीकी उर्मिला अर्यालले ९६१७ मत ल्याइन्। कर्ण पर्साबाट २०४८ र २०५६ को निर्वाचनमा पराजित भएका थिए।
विजयी र्यालीबाट फर्कदा दुर्घटनामा परी मृत्यु

विजयी र्यालीबाट फर्कदा दुर्घटनामा परी मृत्यु

 नुवाकोट, २५ मंसिर । नुवाकोटमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ पाटीभञ्ज्याङका मनोज श्रेष्ठको मृत्यु भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार निर्वाचित भएपछि विदुरमा निकालिएको विजयी ¥यालीमा सहभागी भएर फर्कदै गरेको समयमा शिवपुरी गाउँपालिका–३ काउलेमा बिहान २ बजे मोटरसाकइल दुर्घटनामा परी १९ वर्षीय श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ...
नारायण जोशीको उत्कृष्ट बलिङमा नेपालको सहज जित

नारायण जोशीको उत्कृष्ट बलिङमा नेपालको सहज जित

एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गतको सोमबार भएको पहिलो खेलमा नेपालले आयोजक थाइल्याण्डलाई १३३ रनले पराजित गरेको छ। १८० रनको लक्ष्य पछ्याएको थाइल्याण्ड नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि १९.३ ओभरमा सवै विकेट गुमाएर ४६ रनमा समेटियो। थाइल्याण्डका दशौ नम्बरका ब्याट्सम्यान कोकिएड चाट्योङले सर्बाधिक ११ रन बनाए। त्यसबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। नेपा...
म्यानमारका सेना प्रमुख नेपालमा

म्यानमारका सेना प्रमुख नेपालमा

काठमाडौँ, २५ मंसिर । म्यानमारका प्रधाानसेनापति मिन अङ हलइङ चारदिने औपचारिक भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन्। नेपाली समकक्षी राजेन्द्र क्षत्रीको निमन्त्रणमा आएका उनलाई सेनाले सलामीसहित उच्च सम्मान दिएको छ। म्यानमार अहिले उत्तरी राखिन राज्यमा रहेका रोहिंगा जातिका नागरिक मुलुक छाडेर हिँड्न बाध्य पारिएका कारण विश्वभर आलोचित छ। परराष्ट्र मन्त्रालय उच्चस्रोतका अनुसार मिन लुम्बिनी दर्शन र माउन्टे...
वाम गठबन्धनका शीर्ष नेता हार्नुको कारण खोजिन्छः प्रचण्ड

वाम गठबन्धनका शीर्ष नेता हार्नुको कारण खोजिन्छः प्रचण्ड

भरतपुर, २५ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम गठबन्धनका शीर्ष नेताहरु हार्नुको कारण खोजिने बताएका छन्। विजय हुनु अगाडि सोमबार बिहान पत्रकारहरुसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले जनताले वाम गठबन्धनलाई चुनौतिसहितको अभिभारा दिएको बताएका छन्। देशैभर वामपन्थी गठबन्धनको लहर चलिरहँदा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र एमालेका उपाध...
राजेन्द्र लिङदेन भन्छन्- कमल थापाले राजीनामा दिनुपर्दैन, म एमालेमा जाने हावा कुरा हो

राजेन्द्र लिङदेन भन्छन्- कमल थापाले राजीनामा दिनुपर्दैन, म एमालेमा जाने हावा कुरा हो

काठमाडौं, २५ मंसिर । झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद एवं राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनले आफूलाई एमालेमा प्रवेश गर्ने हल्ला चलाएर अपमानित गर्न खोजिएको गुनासो गरेका छन् । वामपन्थीसँग तालमेल गरेर निर्वाचन जितेलगत्तै सामाजिक सञ्जालमा अब लिङदेन एमालेमा प्रवेश गर्ने चर्चा व्यापक बनेको छ । यस्तो चर्चा चलेको सुनेपछि हामीले लिङदेनलाई सोध्यौं के तपाई अब एमालेमा प्रवेश गर्नुहुन्छ ? जव...
ओलीको गृह जिल्लामा वाम गठबन्धनको ‘क्लिन स्विप’

ओलीको गृह जिल्लामा वाम गठबन्धनको ‘क्लिन स्विप’

झापा, २५ मंसिर । प्रतिनिधिसभा सदस्यतर्फ झापाका पाँचवटै र प्रदेशसभा सदस्यतर्फ दशवटै क्षेत्रमा वाम गठबन्धनले जीत हासिल गरेको छ। पाँचवटै क्षेत्रको अन्तिम मत परिणामअनुसार नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा गठबन्धन विजयी बनेका हुन्। झापा क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा राम कार्की विजयी भएका हुन्। नेकपा (माओवादी कोन्द्र)का स्थायी कमिटी सदस्य कार्कीले ३६ हजार १७३ मत प्राप्त गर्दै विज...
जन्मदिनको अघिल्लो दिन प्रचण्ड ९ हजार मतान्तरले विजयी

जन्मदिनको अघिल्लो दिन प्रचण्ड ९ हजार मतान्तरले विजयी

चितवन, २५ मंसिर । आफ्नो ६४ औं जन्मदिनको अघिल्लो दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन–३ बाट विजयी भएका छन्। २६ मंसीर २०११ मा कास्कीको ढिकुरपोखरी लेवाडेमा जन्मेका प्रचण्डलाई यसपटकको जीत जन्मदिनको उपहार जस्तै भएको छ। भर्खर सम्पन्न मत गणना परिणाम अनुसार ४८ हजार २ सय ६९ मतका साथ प्रचण्ड विजयी भएका हुन्। प्रचण्डका प्रतिद्वन्द्वी राप्रपा (प्रजातान्त्रिक) का बिक्रम पाण्डेले ३८...
अव यसरी चुनिनेछन् नयाँ प्रधानमन्त्री

अव यसरी चुनिनेछन् नयाँ प्रधानमन्त्री

काठमाडौं, २५ मंसिर । निर्वाचन आयोगले आगामी पुष १० भित्र प्रतिनिधिसभा र प्रदेशसभातर्फको निर्वाचन परिणाम सार्वजनिक गर्नेगरी आफ्नो काम तिव्र बनाएको छ । प्रत्यक्षतर्फको नतिजासँगै समानुपातिकतर्फको मतगणना पनि जारी राखेकाले पुष १० भित्र दुवैतर्फको गणना सकेर राजपत्रमा प्रकाशित गर्ने आयोगको तयारी छ । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन २०७४ अनुसार समानुपातिक नियमावलीको ध...
एमालेका २ नम्बर प्रदेश संयोजक सत्यनारायण मण्डल प्रदेशसभामा बिजयी

एमालेका २ नम्बर प्रदेश संयोजक सत्यनारायण मण्डल प्रदेशसभामा बिजयी

राजविराज, २५ मंसिर । दुई नम्बर प्रदेशमा एमालेले निराशाजनक नजिता ल्याइरहँदा सो प्रदेशका संयोजक तथा स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल भने प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । मण्डललाई कुनै बेला सप्तरीमा मधेशवादी दलले प्रवेश निषेध समेत गरेका थिए । मण्डल सप्तरी क्षेत्र नम्बर १ को प्रदेशसभा क बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । सोमवार विहान निर्वाचन परिणाम सार्वजनिक हुँदा मण्डलले ११ हजार...
चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेल नियुक्त

चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेल नियुक्त

एनएफडीसीकी प्रमुख निकिता पौडेललाई नेपाल सरकारले चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्ती गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्को आज बसेको वैठकले निकितालाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । जेठ महिनाबाट राजकुमार राइको २ बर्षे कार्यकाल सकिएपछि बोर्डमा अध्यक्ष पद रिक्त रहेको थियो । केही समयदेखि बोर्ड अध्यक्ष पदका लागि निकिताको नाम चर्चामा थियो । नयाँ सरकार बन्ने तयारीमा रहेको स...
कैलाली ५ मा पराजित बनेपछि के भनिन् आरजु राणाले ?

कैलाली ५ मा पराजित बनेपछि के भनिन् आरजु राणाले ?

कैलाली, २५ मंसिर । कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर ५ की कांग्रेस उम्मेदवार आरजु राणाले  विजयी हासिल गर्ने नारदमुनि रानालाई बधाई दिएकी छिन् ।  सोमबार धनगढीस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै राणाले आफू पराजित भएपनि यो क्षेत्रको विकासका लागि निरन्तर क्रियाशिल भइरहने प्रतिबद्धता जनाइन् । ‘चुनाव भनेको एउटा लोकतान्त्रिक प्रक्रिया हो । हारजित भइरहन्छ’, उनले भनिन्, ‘ हारेपनि निरन्तर यो क्षेत्...
बिमानभित्रै दंगल गर्ललाई सुम्सुम्याउने युवक पक्राउ

बिमानभित्रै दंगल गर्ललाई सुम्सुम्याउने युवक पक्राउ

मुम्बई, २५ मंसिर । यस वर्षको ब्लकबस्टर फिल्म दंगलकी अभिनेत्री जायरा वसीमलाई विस्तारा एयरलाइन्सको बिमानभित्र दुब्र्यबहार गर्ने ब्यक्ति पक्राउ परेका छन् । ३९ वर्षीय विकास सचदेवले जायरालाई दिल्लीबाट मुम्बई जाने क्रममा दुब्यबहार गरेका थिए । जायराले आफुमाथि दुव्यवहार भएको भन्दै एउटा भिडियो सार्वजनिक गरेकी थिइन् । प्रहरीका डेपुटी कमिश्नर अनिल कुम्भारेले विकासलाई सोमवार अदालतमा पेश गरिने जानकारी दिए ।...
प्यूठान यसरी बन्यो बाम गठबन्धनको किल्ला

प्यूठान यसरी बन्यो बाम गठबन्धनको किल्ला

प्युठान, २५ मंसिर । मंसिर २१ मा सम्पन्न दोस्रो चरणको निर्वाचन बाट प्यूठान जिल्ला बाम किल्ला बनेको छ । एक प्रतिनिधि र दुई प्रदेश सभा रहेको प्युठानमा भारी मतले बाम उम्मेदवारहरु विजयी भएसंगै  बाम गठबन्धनले कब्जा गरेको हो ।  प्रतिनिधिसभा बाम गठबन्धन (राष्ट्रिय जनमोर्चा) बाट उम्मेदवार बनेकी नेतृ दुर्गा पौडेलले १६ हजार २ सय २६ मतको फराकिलो मतान्तर सहित विजयको झण्डा फहराउन सफल भएकी छन् । उनका निकटम प...
समानुपातिकमा अहिलेसम्म कसले कति मत पाए ?

समानुपातिकमा अहिलेसम्म कसले कति मत पाए ?

काठमाडौं, २५ मंसिर । २०७४ मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना कार्य जारी रहेको छ । आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो विवरण अनुसार, पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यमा १६५ निर्वाचन क्षेत्रमध्ये १३४ जना र प्रदेशसभा सदस्यतर्फ ३३० निर्वाचन क्षेत्रमध्ये २८५ जना प्रतिनिधि निर्वाचित भएका छन् ।  प्रति...
गठबन्धनको जितपछि पार्टी एकतावारे ओलीपछि प्रचण्ड पनि बोले

गठबन्धनको जितपछि पार्टी एकतावारे ओलीपछि प्रचण्ड पनि बोले

काठमाडौं, २५ मंसिर । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार गठन अगाडि नै पार्टी एकताका लागि पहल हुने बताएका छन् । उनले आज एक टीवी च्यानललाई दिएको अन्तर्वार्ताका केही प्राविधिक कारणले सरकार गठन अगाडि एकता नभएपनि धेरै ढिला नहुँने बताएका छन् । प्रचण्डले भनेका छन् म आज वा भोलि काठमाडौं जान्छु । त्यसपछि पार्टी एकता संयोजनक समितिको वैठक बस्छ । चुनावको नतिजापछि बस्छौँ । संयोजन समितिको...
सुनसरीबाट आयो ताजा मतपरिणाम, विजय गच्छदार फेरि अगाडि

सुनसरीबाट आयो ताजा मतपरिणाम, विजय गच्छदार फेरि अगाडि

सुनसरी, २५ मंसिर । सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ को मतगणनाको पछिल्लो अपडेटमा नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारले एमालेकी उम्मेदवार भगवती चौधरीसँगलाई पछि पारेका छन्। पछिल्लो अपडेटअनुसार गच्छदारले चौधरीलाई ३२ मतले पछि पारेका छन्। गच्छदारले २७ हजार ७४४ मत प्राप्त गरेका छन् । एमालेकी चौधरीले २७ हजार ७१२ मत प्राप्त गरेकी छिन् । गच्छदारले आफ्नो मतान्तर व्यापक रुपमा कम गर्दै...
प्रदेश नम्बर २ मा राजपा र फोरमको वर्चश्व, बाम गठबन्धन तीन जिल्लामा ‘शुन्य’

प्रदेश नम्बर २ मा राजपा र फोरमको वर्चश्व, बाम गठबन्धन तीन जिल्लामा ‘शुन्य’

काठमाडौँ, २५ मंसिर । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत ३२ वटा क्षेत्र रहेको प्रदेश नम्बर दुईमा मधेसवादी दलहरुले वर्चश्व कायम राखेका छन् । देशभर सशक्त प्रदर्शन गरेको बाम गठबन्धन प्रदेश नम्बर दुईमा भने कमजोर देखिएको छ । हालसम्म गठबन्धनले ३ वटा सिटमा मात्र जित हासिल गर्न सकेको छ । यता, राष्ट्रिय जनता पार्टी नेपालले ७ तथा संघीय समाजवादी फोरमले ६ वटा सिटमा जीत हासिल गरेको छ । दुई पार्टी क्रमशः ३ तीन...
१९ हजार मतान्तरले कञ्चनपुर १ बाट बिना मगर विजयी

१९ हजार मतान्तरले कञ्चनपुर १ बाट बिना मगर विजयी

कञ्चनपुर, २५ मंसिर । कञ्चनपुर क्षेत्र नम्बर १ बाट बाम गठबन्धनकी साझा उम्मेदवार बिना मगर विजयी बनेकी छिन् । माओवादी केन्द्रकी नेतृ तथा पुष्पकमल दाहालकी बुहारी रहेकी बिनाले ३८ हजार ४६७ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी दिवानसिंह विष्टले १९ हजार २१९ मत प्राप्त गरे । बिना २०७० सालको चुनावमा पनि कञ्चनपुर १ बाटै उम्मेदवार बने पनि पराजित भएकी थिइन् । हालै पति प्रकाशलाई गुमाएकी बिना पतिव...
काँग्रेसका अर्का प्रभावशाली नेता साउद पराजित

काँग्रेसका अर्का प्रभावशाली नेता साउद पराजित

महेन्द्रनगर, २५ मंसिर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा तर्फ बामगठबन्धनका उम्मेदवार नरबहादुर धामी फराकिलो मतअन्तरले निर्वाचित भएका छन् । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री समेत रहेका काँग्रेस नेता एनपी साउँदलाई ८ हजार ३ सय २७ मत अन्तरले पराजित गर्दै धामी निर्वाचित भएका हुन् । धामीले ३३ हजार २ सय २० मत प्राप्त गरे भने साँउदले २४ हजार ८ सय ९३ मत प्राप्त गरे । धा...
वाम गठबन्धनको जितबारे बोल्न चाहेनन् केपी ओली, पत्रकारको प्रश्नमा दिए यस्तो जवाफ

वाम गठबन्धनको जितबारे बोल्न चाहेनन् केपी ओली, पत्रकारको प्रश्नमा दिए यस्तो जवाफ

काठमाडौं, २४ मंसिर । देभरबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रममा छ। अहिलेसम्मको अवस्था हेर्दा वाम गठबन्धन बनाएर प्रतिस्पर्धा गरेका नेकपा एमाले र माओवादी केन्द्रले धेरै ठाउँमा जित हासिल गरेका छन्। वाम गठबन्धनका मुख्य सूत्रधार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी परिणाम आउदै गर्दा आइतबार दिउँसो ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी हस्पिटलको निरीक्षण गर्न गएका थिए। अध्यक...
भारतीय अर्धसैन्य बलभित्रै गोली चल्यो, चारजनाको हत्या

भारतीय अर्धसैन्य बलभित्रै गोली चल्यो, चारजनाको हत्या

एजेन्सी, २४ मंसिर । भारतको अर्धसैन्य बलका एकजना सिपाहीले आफ्नै पल्टनका चारजना सहकर्मीको हत्या गरेका छन् ।  उक्त सैन्य बलको केन्द्रीय शिवीर भित्र रहेका सदस्यहरुमध्ये अन्य केही घाइते पनि भएको एक सरकारी अधिकारीले सोमबार जानकारी दिएका छन् । शनिबार बेलुका स्थानीय समयअनुसार पाँच बजेतिर छत्तिसगढ राज्यको बिजपुर जिल्लामा सो घटना भएको हो । आक्रमणकारी सिपाहीले सँगै रहेका आफ्ना सहकर्मीहरुलाई बन्दुक प्रहार ...
१ सय सिटको मतपरिणाम सार्वजनिक, कुन पार्टीको कति सिट ?

१ सय सिटको मतपरिणाम सार्वजनिक, कुन पार्टीको कति सिट ?

काठमाडौँ, २४ मंसिर । प्रतिनिधिसभातर्फ १०० वटा सिटको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । कूल १ सय ६५ सिट रहेकोमा अब ६५ वटा क्षेत्रको परिणाम आउन बाँकी रहेको छ । पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेले सर्वाधिक ५७ सिटमा जीत हासिल गरेको छ । दोस्रो स्थानमा २३ सिटसहित माओवादी केन्द्र रहेको छ । नेपाली काँग्रेसले ११ सिटसहित तेस्रो स्थानमा रहेको छ । संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालले समा...
क्यासिनो छिरेर जुवा खेल्ने तेइस पक्राउ

क्यासिनो छिरेर जुवा खेल्ने तेइस पक्राउ

काठमाडौँ, २४ मंसिर । गैरकानूनीरुपमा क्यासिनो प्रवेश गरी जुवा खेल्ने र खेलाउने २३ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले क्यासिनो माजोङ छिरेर जुवा खेल्दै गरेका १२ जना र जुवा खेल्न क्यासिनो प्रवेश गराउने कर्मचारी तथा जुवा खेलाउने ११ जनालाई आज बिहान ३ बजे पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसरले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पक्राउ परेका २३ जनामध्ये चार...
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पराजित, किसानले लिए बदला

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पराजित, किसानले लिए बदला

तनहुँ, २४ मंसिर ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल  प्रतिनिधिसभा सदस्य पदमा पराजित बनेका छन् । तनहुँ क्षेत्र नम्बर १ मा उनी   वाम गठबन्धनका एमाले उम्मेदवार किसान श्रेष्ठसँग पराजित  भएका हुन् । किसानले ३४ हजार ४८९  मत ल्याउँदै विजयी हासिल गरेका हुन् भने पराजित रामचन्द्रले २७ हजार ६७५ मत प्राप्त गरे ।  किसान र पौडेलबीचको  मतान्तर ६ हजार ८१४ रहेको छ । किसानले २०७० मा पौडेलसँग हारेक...
रौतहटमा कांग्रेसको विजयी जुलुसमा झडप, प्रहरीद्वारा ३ राउण्ड हवाइ फायर

रौतहटमा कांग्रेसको विजयी जुलुसमा झडप, प्रहरीद्वारा ३ राउण्ड हवाइ फायर

काठमाडौं, २४ मंसिर । रौतहटको क्षेत्र नं. २ को राजपुर नगरपालिकामा नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका समर्थक, कार्यकर्ताबीच झडप भएको छ । कांग्रेस उम्मेदवार मोहम्मद अफ्ताव आलमको विजय जुलुसका क्रममा संघीय समाजवादी फोरमका कार्यकर्ता, समर्थकबीच झडप भएको हो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड हवाई फायर गरेको छ । दर्जनौं सेल अश्रुग्यास समेत प्रहार गरेको छ । स्थितिलाई नियन्त्रणमा लिन जि...
झापा ५ मा केपी शर्मा ओली विजयी

झापा ५ मा केपी शर्मा ओली विजयी

झापा, २४ मंसिर । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । अाेली ५७ हजार १ सय ३९ मत ल्याउँदै  प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी डा. खगेन्द्र अधिकारीले २८ हजार २ सय ५७ मत ल्याए ।
यस्तो आयो बामदेवको ताजा मतपरिणाम

यस्तो आयो बामदेवको ताजा मतपरिणाम

बर्दिया, २४ मंसिर ।  बर्दिया क्षेत्र नम्बर १ मा नेकपा एमालेका  उपाध्यक्ष वामदेव गौतम  १६५० मतले पछि परेका छन् । अब लगभग ८ हजार मत गन्न बाँकी रहँदा  गौतमले ४१ हजार १६५ मत ल्याएका छन्  भने  नेपाली कांग्रेसका सञ्जय गौतम ४२ हजार ८१५ मतका साथ अग्रस्थानमा  ल्याएका छन् ।
प्रचण्डका ज्वाइँ पराजित

प्रचण्डका ज्वाइँ पराजित

मोरङ, २४ मंसिर । बाम गठबन्धनबाट साझा उम्मेदवार जीवन आचार्य प्रदेशसभा निर्वाचनमा पराजित भएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका ज्वाइँ समेत रहेका आचार्य मोरङको निर्वाचन क्षेत्र नम्बर ६ (क) बाट पराजित भएका हुन् । यसअघि, कैलाली – ५ मा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा पनि पराजित भएकी थिइन् । आचार्यले २१ हजार ४७० मत ल्याउँदा नेपाली काङ्ग्रेसका चुमनारायण तबदार २३ हजार ५१३ मत ल्या...
काठमाडौंका १० क्षेत्रको अन्तिम नतिजाः कसको कति मत ?

काठमाडौंका १० क्षेत्रको अन्तिम नतिजाः कसको कति मत ?

काठमाडौं, २४ मंसिर । काठमाडौंका १० ओटै क्षेत्रको अन्तिम नतिजा आएको छ । जसमा कांग्रेस ४ निर्वाचन क्षेत्रमा विजयी भएको छ भने  वाम गठबन्धन ६ क्षेत्रमा विजयी भएको छ । क्षेत्र नं. १ मा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १० हजार ३७ मत ल्याएर निर्वाचित भए ।  उनले विवेकशील साझाका रवीन्द्र मिश्रलाई पराजित गरेका हुन् । मिश्रले १० हजार २ सय १८ मत ल्याएका छन् । यता काठमाडौं क्षेत्र नं. २ मा एमालेका ब...
तेह्रथुम प्रदेशसभा (क) बाट बाम गठबन्धनका लक्ष्मण तिवारी विजयी

तेह्रथुम प्रदेशसभा (क) बाट बाम गठबन्धनका लक्ष्मण तिवारी विजयी

तेह्रथुम, २४ मंसिर । तेह्रथुम जिल्लाको प्रदेश सभा (क) बाट बाम गठबन्धनका उम्मेद्धवार लक्ष्मण तिवारी विजयी भएका छन् । नेकपा एमालेका तिवारीको पक्ष्यमा ११ हजार ९ सय २६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्दी  तथा नेपाली काँग्रेस जिल्ला सभापति समेत रहेका गोविन्द ढुंगानाको पक्ष्यमा १० हजार २ सय ६० मत परेको छ । तिवारी र ढुंगाना विच १ हजार ४ सय ६६ मत अन्तर रहेको थियो । म्याङलुङ र लालीगुराँस नग...
error: Content is protected !!