रौतहट, १० पुस । रौतहटको चन्द्रनिगाहपुरका विभिन्न होटलबाट प्रहरीले यौन क्रियाकलापमा संलग्न ५ जोडीलाई पक्राउ गरेको छ।

Advertisement

प्रहरीले होटलहरुको अनुगमन गर्ने क्रममा विभिन्न होटलमा छापा मारी यौन क्रियाकलापमा संलग्नहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक शान्तराज कोइरालाले जानकारी दिए।

प्रहरीले सम्झना होटलबाट २ जोडी, आरआर गेष्ट हाउसबाट १ जोडी, सुर्दशन होटलबाट १ जोडी र रोम एण्ड जुलियट होटलबाट १ जोडीलाई पक्राउ गरेको हो।

ती होटलमा यौन क्रियाकलाप भइरहेको जानकारी पाएपछि छापा मारेर पक्राउ गरेको उनले जानकारी दिए। पक्राउ परेकामध्ये श्रीमान श्रीमती प्रमाणित भएकालाई घर पठाइएको र अन्यमाथि भने अनुसन्धान भइरहेको डिएसपी कोइरालाले बताए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!