कपिलवस्तु ,१८ पुस । महाराजगञ्ज नगरपालिका– ५ इटरोलमा ट्र्याक्टरको ठक्करबाट आज बिहान ८ बजे पन्ध्र महिने बालकको ज्यान गएको छ ।  इरटोल निवासी दीपराज अहिरका छोरा नवराजको मृत्यु भएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ । घरमा खेलिरहेको बालक सडकमा निस्कने क्रममा लु३त ६१२४ नंको ट्र्याक्टरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

ट्र्याक्टरका चालक फरार छन् भने ट्र्याक्टर प्रहरीको नियन्त्रणमा छ । शव परीक्षणका लागि शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको प्रहरी निरीक्षक सुवासचन्द्र गैरेले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!