जहाँका जनता लामाधामीलाई नै डाक्टर मान्छन्
पाल्पा, १२ पुस । जिल्लाको रिब्दिकोट गाउँपालिका–८, फेक, पेलाचौरका ७० वर्षीय जितबहादुर बगाले अहिलेसम्म बिरामी परेपछि लामाधामीकै भरमा पर्दै आएका छन् ।
उनी बिरामी पर्न थालेपछि पहिला लामाधामीकहाँ पुगेर उपचार गराउँछन् । “पटकपटक लामाधामीसँग उपचार गराउँदा निको नभएपछि मात्र अस्पताल जाने गरेको छु” उनले भने ।
“अस्पताल नजिक छैन, दिन बिताएर हिँडेर अस्पतालमा उपचार गर्न जानभन्दा घर नजिकै लामाधामीसँगै उपचार ग...





















