नवलपरासीमा चिसोका कारण जनजीवन प्रभावित

नवलपरासीमा चिसोका कारण जनजीवन प्रभावित

नवलपरासी, १६ पुस। विगत केही दिनयता बढेको कठ्याङ्ग्रिने चिसोका कारण नवलपरासी पश्चिमको दक्षिणी सीमावर्ती क्षेत्रको जनजीवनमा प्रत्यक्ष असर परेको छ । घाम नलागेर चिसो बतास चलेपछि निम्न आयस्रोत भएको र विपन्न मजदुर वर्ग बढी प्रभावित भएका छन् । चिसोका कारण विपन्न र गरिब परिवार दिनभरि नै आगो तापेर बस्न बाध्य भएका छन् भने किसान चिसोका कारण खेतमा काम गर्न जान नसकेको सुस्ताका छोटे खानले बताए । चिसो र शीतलह...
दक्षिण कोरियामा कामदारको तलब वृद्धि

दक्षिण कोरियामा कामदारको तलब वृद्धि

काठमाडौं–दक्षिण कोरियामा कामदारको तलब वृद्धि भएको छ । सन् २०१८ का लागि सरकारले  तलबमा १६.४ प्रतिशतले वृद्धि गरेको छ ।जुलाईको अन्तिममा ज्याला निर्धारण समितिको बैठकले तलब बढाउने निर्णय गरेको थियो । गत अगस्टमा मन्त्रीपरिषदले अनुमोदन गरेको ज्यालादर  नयाँ वर्षसँगै लागु हुनेछ । निर्धारित नयाँ पारिश्रमिक अनुसार  कामदारको तलब प्रतिघण्टा ७५३० कोरियन वन  भएको छ । दैनिक आठ घण्टाको न्यूनतम तलब १५ लाख ७३ हज...
पशुपति सफाइको कुची खेम्स क्लिनिङको हातमा, ३ महिनामै फेरियो हुलिया

पशुपति सफाइको कुची खेम्स क्लिनिङको हातमा, ३ महिनामै फेरियो हुलिया

काठमाडौं, १६ पुस। ‘आहा, सफा भएछ पशुपतिनाथ क्षेत्र त’, शनिबार पशुपतिनाथ दर्शनका लागि पुगेका काठमाडौँको हाँडीगाउँका रामचन्द्र अर्यालले भने । ब्रम्हनालपट्टिबाट मन्दिर उक्लिएका उनले मन्दिरका तामाका पाला परबाटै टल्किएको देखेपछि यस्तो प्रतिक्रिया दिएका हुन् । करिब ४० वर्षदेखि प्रायः दैनिक पशुपतिनाथ दर्शनमा जानुहुने ७३ वर्षीय अर्याल शनिबार भने दुई महिनापछि पुगेका थिए । शनिबार बिहानै पशुपति दर्शनमा पु...
अपराधको घीनलाग्दो रुपः महिलालाई नांगेझार पारेर पैसा मागियो

अपराधको घीनलाग्दो रुपः महिलालाई नांगेझार पारेर पैसा मागियो

काठमाडौं, १५ पुस ।  मितमाआको घर हिँडेकी महिलालाई नग्न बनाई झापा जिल्लास्थित चियाबारीमा लुकाएर रकम माग गर्ने समूहका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । एकजना फरार छन् । पीडित महिलालाई प्रहरीले नग्न अवस्थामा उद्धार गरेको छ । प्रहरीका अनुसार इलामकी ३५ वर्षीया ‘फ कुमारी’ (परिवर्तित नाम) मितभाइसँग मोटरसाइकलमा बिर्तामोड आएकी थिइन् । यही क्रममा झापाको अर्जुनधारा नगरपालिका ११ स्थित गिरीबन्धु चियाबगा...
केपी ओलीले भने- क्याङक्याङ कुङकुङले केही हुँदैन, अब नेपाल अगाडि बढ्छ

केपी ओलीले भने- क्याङक्याङ कुङकुङले केही हुँदैन, अब नेपाल अगाडि बढ्छ

काठमाडौं, १५  पुस। नेकपा एमालेका अध्यक्ष केपी ओलीले अब संविधान बनिसकेको र चुनावसमेत भइसकेको अवस्थामा कसैले अलिअलि ‘क्याङक्याङ कुङकुङ’ गरे पनि देश अघि बढ्ने बताएका छन् । एमाले उपाध्यक्ष वामदेव गौतमद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा बोल्दै शनिबार ओलीले भने- ‘जनताले लडेर ल्याएको संघीय गणतन्त्र आएको छ, संविधान बनेको छ, निर्वाचन सम्पन्न भएको छ । अलिअलि क्याङक्याङ कुङकुङ त हुन्छ, तर त्यसले केही ग...
‘फागुन यता नयाँ सरकार गठन हुँदैन’

‘फागुन यता नयाँ सरकार गठन हुँदैन’

काठमाडौं, १५ पुस । वाणिज्यमन्त्री मिन विश्वकर्माले नयाँ सरकार गठनको लागि कम्तिमा पनि ६ हप्ता समय लाग्ने भएकोले त्यसपछिमात्रै आफूहरुले सरकार छोड्ने स्पष्ट पारेका छन् । शनिबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री विश्वकर्माले राष्ट्रिय सभाको निर्वाचन नभएसम्म नयाँ सरकार गठनको लागि प्रक्रिया नै सुरु नहुने जिकिर गरे । उनले भने,‘वाम गठबन्धनका साथीहरुले अबको १५ दिनभित्रै नयाँ सरकार बन्छ भन्नुभ...
यी हुन् प्रदेशसभाका कांग्रेस सांसद् (सूचीसहित)

यी हुन् प्रदेशसभाका कांग्रेस सांसद् (सूचीसहित)

काठमाडौं, १५ पुस। नेपाली कांग्रेसले विवादकै बीच प्रदेशसभा समानुपातिकतर्फको सांसद् छनौट गरेको छ । निर्वाचन आयोगले प्रदेशसभा समानुपातिक सांसदको नाम बुझाउन शुक्रबारसम्मको समयसीमा तोकेको थियो । कांग्रेसले नाम बुझाउने अन्तिम दिन प्रदेशसभातर्फका ७२ सांसद् छानेर आयोगलाई बुझाएको हो । कांग्रेसले प्रदेशसभा समानुपातिकतर्फ प्रदेश १ मा १३, २ मा ११, ३ मा १४ र ४ मा ९ स्थान हासिल गरेको थियो । त्यसैगरी प्रदेश ५ ...
हिँड्दाहिँड्दै बाटैमा जन्मिन्छन्, बाटैमा बित्छन् सन्तान

हिँड्दाहिँड्दै बाटैमा जन्मिन्छन्, बाटैमा बित्छन् सन्तान

बाजुरा, १५ पुस । बूढीनन्दा नगरपालिका ८ की ३६ बर्षीया डोमा गुरुङ (भोटे)ले हालसम्म ११ सन्तान जन्माइन् । आजको कान्तिपुरको पहिलो पृष्ठमा खबर छ । यो उमेरसम्म कुनै स्वास्थ्य संस्था नटेकेकी उनले सबै शिशु हिँड्दाहिँड्दै बाटोमै जन्माएकी हुन् । ती मध्ये ८ सन्तान बाटोमै बिते । अहिले ३ जना मात्र जिवित छन् । लेकाली भेगमाबसोबास गर्ने भोटे जनजाति चिसो मौसम सुरु भएपछि कात्तिकबाट औलतिर झर्न थाल्छन् ।...
प्रहरीमा जागिर छाड्नेको लर्को

प्रहरीमा जागिर छाड्नेको लर्को

काठमाण्डौ, १५ पुस । प्रहरी संगठनभित्र चरम राजनीतिक प्रभाव र वृत्ति विकासमा भविष्य नदेखिने भएपछि जागिर छाड्नेको लर्को लागेको छ। यो वर्ष मात्रै प्रहरी नायब महानिरीक्षक देखि कार्यालय सहायकसम्म गरी सात सय आठ जनाले जागिर छाडेका छन्। जागिर छाड्नेमा सबैभन्दा बढी हवल्दार र प्रहरी सहायक निरीक्षक (असई), नायब निरीक्षक (सई) र जवान छन्। प्रहरी मुख्यालयका अनुसार गत साउनदेखि हालसम्म दुई डीआईजी (नायब महानि...
समानुपातिकमा नाम नपरेपछि राजपा पार्टी कार्यालयमा तोडफोड

समानुपातिकमा नाम नपरेपछि राजपा पार्टी कार्यालयमा तोडफोड

काठमाडौ, १४ पुस । राष्ट्रिय जनता पार्टी नेपालको समानुपातिक सूचीमा आफ्नो नाम नपरेको भन्दै आक्रोशित समुहले पार्टी कार्यालयमा तोडफोड गरेको छ । राजपा नेपालले आज समानुपातिकको सूची आयोगलाई बुझाएको छ । नेपाल मधेशी कर्मचारी मञ्चका पूर्वअध्यक्ष विनोद सिंहको नाम समानुपातिक सूचिमा नपरेको कारण उनका सहयोगीहरुले तोडफोड गरेको स्रोतले जनाएको छ । पार्टीले आफूलाई समानुपातिकमा नाम नराखेर अन्याय गरेको गुनासो विनोद च...
माओवादीले छान्यो ३५ प्रदेशसभा सदस्य, नेता पत्नीदेखि छोरीसम्म (नामावलीसहित)

माओवादीले छान्यो ३५ प्रदेशसभा सदस्य, नेता पत्नीदेखि छोरीसम्म (नामावलीसहित)

काठमाडौं । माओवादी केन्द्रले प्रदेशसभाका ३५ समानुपातिक प्रदेशसभा सदस्य छनोट गरेको छ । पार्टी शीर्ष नेतृत्व र प्रदेश ईञ्चार्जहरुको बैठकले प्रदेशसभा सदस्यहरु छनोट गरेकोहो । माओवादीबाट प्रदेशसभा सदस्य हुनेमा नेताका पत्नी, छोरीदेखि भर्खर पार्टी प्रवेश गर्ने समेत छन् । तीन नम्बर प्रदेशबाट प्रदेशसभा सदस्य बनेकी भावना सुवेदी नेता झक्कु सुवेदीकी छोरी हुन् । यस्तै सीता अधिकारी नेता महेश्वर दाहालकी पत्नी ह...
बाबुबाट बलात्कृत छोरीको बेदनाः आमा पोइल गइन्, बाबुकी श्रीमती भएर बस्नुपर्ने कस्तो कर्म !

बाबुबाट बलात्कृत छोरीको बेदनाः आमा पोइल गइन्, बाबुकी श्रीमती भएर बस्नुपर्ने कस्तो कर्म !

काभ्रे, १४ पुस। ‘म अभागी ! आमा पोइल गइन्, बाउ (वुबा) की श्रीमती भएर बस्नुपर्ने कस्तो कर्म !’ इलाका प्रहरी कार्यालय बनेपामा भेटिएकी युवतीले भक्कानिँदै भनिन् । कर्म त केनिफा (नाम परिवर्तन) को ‘खोटो’ थिएन तर, वुबाको गिद्धे नजर छोरीमाथि नै लागेपछि कसको पो के लाग्दोरहेछ र ! उनी भर्खर १७ वर्षकी भइन् । झण्डै दुईवर्षदेखि बाबुबाट बलात्कृत हुँदै आएकी उनी अहिले न्यायका लागि प्रहरी कहाँ आएकी हुन् । आफ्नै ...
पूर्व फुटबल खेलाडी बने राष्ट्रपति

पूर्व फुटबल खेलाडी बने राष्ट्रपति

काठमाडौं, १४ पुस। लाइबेरियामा पूर्वफुटबल स्टार जर्ज वेय नयाँ राष्ट्रपति चुनिएका छन् । निर्वाचनको मतगणनामा ६० प्रतिशतभन्दा बढी मतका साथ उनी राष्ट्रपतिमा निर्वाचित भएका हुन् । जासेफ बोआकीलाई हराउँदै जर्ज राष्ट्रपतिमा चुनिएको खबर सार्वजनिक भएलगत्तै उनका समर्थकहरु खुसी मनाउन सडकमा निस्किएका छन् । राजधानी मोनरोविया लगायतका स्थानमा खुसीको माहोल रहेको बीबीसीले लेखेको छ । जर्ज वेयले लाइबेरियाकी पहिलो ...
आज प्रदेशसभाका समानुपातिक सांसदको सूची बुझाउने अन्तिम दिन

आज प्रदेशसभाका समानुपातिक सांसदको सूची बुझाउने अन्तिम दिन

काठमाडौं, १४ पुस। राजनीतिक दलहरु प्रदेशसभातर्फको समानुपातिक सांसदको टुंगो लगाउन तयारीमा जुटेका छन् । निर्वाचन आयोगले दिएको समयसीमाअनुसार शुक्रबार कार्यालय समयभित्र दलहरुले प्रदेशसभामा पाएको सिट संख्याअनुसार समानुपातिक सांसदको सूची बुझाइसक्नुपर्छ । त्यसैले साना ठूला सबै राजनीतिक दलहरु सूची तयार पार्ने तयारीमा जुटेका हुन् । निर्वाचन आयोगका सहायक निर्वाचन अधिकृत गिताप्रसाद तिम्सिनाकाअनुसार बिहीबा...
एमालेले सार्वजनिक गर्यो ७५ समानुपातिक प्रदेशसभा सदस्य (नामावलीसहित)

एमालेले सार्वजनिक गर्यो ७५ समानुपातिक प्रदेशसभा सदस्य (नामावलीसहित)

काठमाडौं, १३ पुस। नेकपा एमालेले सात वटै प्रदेशमा समानुपातिक सदस्य छनोट गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहीबार बसेको एमाले स्थायी कमिटी बठकले ७५ प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको हो । समानुपातिकबाट प्रदेशसभा सदस्य बन्नेमा अधिकांश महिला छन् । प्रदेश २, ४ र ६ मा केही पुरुष छन् भने अन्य प्रदेशबाट महिला मात्र सिफारिस भएका छन् ।   प्रत्येक प्रदेशमा पार्टीले पाएको कुल...
दाङमा श्रीमतीले श्रीमानका ४ औंला पोलेर खाइन् !

दाङमा श्रीमतीले श्रीमानका ४ औंला पोलेर खाइन् !

दाङ, १३ पुस। श्रीमानको हातका औंला काटेर पोलेर खाएको अभियोगमा तुलसीपुर प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडानम्बर १ भम्के छोटे बस्ने ६४ वर्षीया रिसमी महतरालाई प्रहरीले पक्रेको हो । उनले गएराति आठ बजेतिर श्रीमान चन्द्रबहादुरको दायाँ हातका चार वटा औंला काटेर पोलेर खाएको उजुरी परेपछि पक्रेको तुलसीपुर प्रहरीले जनाएको छ । चन्द्रबहादुरलाई बिहीबार बिहान उपचारका लागि तुलसीपु...
काठमाडौंमा भारतीय नागरिकको हत्या, ५ जना पक्राउ

काठमाडौंमा भारतीय नागरिकको हत्या, ५ जना पक्राउ

काठमाडौं, १३ पुस। बुधबार मध्यराति काठमाडौंको आमदब्लम होटलमा एक जना भारतीय नागरिकको हत्या भएको छ । भारतीय नागरिक आदित्य गुरुङको हत्या भएको हो । मदिरा सेवन गरेका हाेटलका कर्मचारी र भारतीय नागरिकबीचकाे विवाद बढ्दै जाँदा गुरुङको हत्या भएको महानगरीय प्रहरी परिसरका एसएसपी रवीन्द्र धानुकले अनलाइनखबरलाई बताए । घटनामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेक...
प्रदेश सभा संरचना बनाउन मात्रै १ अर्ब ५ करोड लाग्ने

प्रदेश सभा संरचना बनाउन मात्रै १ अर्ब ५ करोड लाग्ने

काठमाडौं, १३ पुस । मन्त्रिपरिषद्को निर्णय नहुँदा प्रदेश सभा भवन तयार पार्ने जिम्मेवारी पाएको सहरी विकास मन्त्रालय अलमलमा परेको छ । सरकारले प्रदेशको राजधानी तय गरिनसकेकाले मन्त्रालय अन्योलमा परेको हो । सहरी विकास मन्त्रालयले अर्थ मन्त्रालयसँग सातवटै प्रदेश सभाको संरचना तयार गर्न तत्काल १ अर्ब ५ करोड माग गरेको छ । सरकारले प्रदेशको राजधानी तोक्ने सम्भावित क्षेत्रमा प्रदेश सभा सञ्चालनका लागि आवश्यक...
नेपाल विद्यार्थी संघद्वारा विज्ञान क्याम्पसमा तालाबन्दी

नेपाल विद्यार्थी संघद्वारा विज्ञान क्याम्पसमा तालाबन्दी

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानमा रहेको सिद्धनाथ विज्ञान क्याम्पसमा बुधबार नेपाल विद्यार्थी संघमा आबद्ध विद्यार्थीले तालाबन्दी गरेका छन् । नेपाल विद्यार्थी संघका दुई समूहले छुट्टाछुट्टै माग अघि सार्दै तालाबन्दी गरेका हुन् । संस्थापन नेवि संघले क्याम्पस प्रमुखको नियुक्ति र देउवा समूहको नेवि संघले शुल्क वृद्धि घटाउने, प्रयोगशाला, लाइब्रेरी, खेलकुद सामग्री, पर्खाल निर्माणको माग अघि...
पाँच वर्षीया भतिजी जवरजस्तीकरणी गर्नेलाई १० वर्ष जेल

पाँच वर्षीया भतिजी जवरजस्तीकरणी गर्नेलाई १० वर्ष जेल

सिन्धुपाल्चोक, १२ पुस। आफ्नै भतिजीलाई जर्बजस्तीकरणी गर्नेलाई जिल्ला अदालत सिन्धुपाल्चोकले १० वर्ष कैद सजायँको फैसला गरेको छ । गएको असार ३ गते पाँच वर्षीया बालिकालाई चक्लेट दिन्छु भन्दै घरमा बोलाएर चौतारा साँगाचोकगढी नगरपालिका-११ का विदुर गिरीले जर्बजस्तीकरणी गरेका थिए । अदालतले पीडित बालिकालाई ५० हजार रुपैयाँ पीडकबाट क्षतिपूर्त्ति भराउन समेत आदेश दिएको छ । अदालतबाट सजाय पाएका गिरी अपाङ्गता भएका ...
यी चार अमेरिकी सैनिकलाई किन भुल्न सक्दैन उत्तर कोरिया ?

यी चार अमेरिकी सैनिकलाई किन भुल्न सक्दैन उत्तर कोरिया ?

काठमाडौँ, १२ पुस । के तपाईंलाई थाह छ उत्तर कोरियामा केहि अमेरिकीहरु धेरै लोकप्रिय फिल्मी कलाकारहरु बनेका थिए । यी ती अमेरिकी थिए जो न त कलाकार थिए न त उनीहरुको कुनै फिल्मी दूनियासँग सम्बन्ध नै थियो । तर यी अमेरिकीहरुले केवल उत्तर कोरियाको फिल्ममा काम गरे । त्यहिँको फिल्म स्टार बने । आज जब उत्तर कोरिया र अमेरिकामा युद्धको अवस्था छ । दुबै देश एक अर्कालाई सिध्याउन चाहन्छन् । तर यहाँ जुन कुराको चर...
सरकार निर्माणबारे एमालेको नयाँ रणनीति: मधेसवादी दललाई पनि सँगै लैजाने

सरकार निर्माणबारे एमालेको नयाँ रणनीति: मधेसवादी दललाई पनि सँगै लैजाने

काठमाडौँ, १२ पुस । नेकपा एमालेले आफ्नो नेतृत्वमा नेकपा (माओवादी केन्द्र) सहित मधेशकेन्द्रित दललाई समेटेर नयाँ सरकार गठनको पहल गरेको छ ।   एउटै कम्युनिष्ट पार्टी निर्माणको घोषणासहित निर्वाचनमा तालमेल गरेका दुई वाम पार्टीका शीर्ष नेताहरु सरकार गठन र पार्टी एकतामा अनौपचारिक छलफलमा जुटिरहेका बेला एमाले नेतृत्वले अन्य दललाई पनि समेट्न गृहकार्य गरेको हो । एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले नेपा...
प्रक्रिया सुरुनै नभई कर्मचारीले गरे यस्तो माग

प्रक्रिया सुरुनै नभई कर्मचारीले गरे यस्तो माग

काठमाडौँ, १२ पुस । कर्मचारी समायोजन नियमावली तयार नै नभई कर्मचारीले सरुवाका लागि अनुमति माग गर्न थालेका छन् ।  नियमावली जारी गरिसकेपछि कर्मचारीलाई केन्द्र, प्रदेश र स्थानीय तहमा समायोजन गर्ने भने पनि अहिलेदेखि नै कर्मचारीले आफूलाई पायक पर्ने ठाउँमा सरुवा माग गर्न थालेका हुन् । सामान्य प्रशासन मन्त्रालयले नियमावली जारी गरेपछि समायोजनमा जान चाहने कर्मचारीलाई आह्वान गरेर समायोजन गर्ने जनाएको छ । क...
बालकाेटमा ओली र प्रचण्डबीच वार्ता, के-के भए कुराकानी ?

बालकाेटमा ओली र प्रचण्डबीच वार्ता, के-के भए कुराकानी ?

काठमाडौं, १२ पुस । एमाले अध्यक्ष केपी शर्मा  ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच   बुधबार दिउँसो  भेटबार्ता भएको छ । ओली निवास  बालकोटमा भएको भेटमा अध्यक्ष प्रचण्ड र ओलीबीच पार्टी एकता, सरकार गठन, राष्ट्रिय सभा अध्यादेश लगायतका विषयमा कुराकानी भएको प्रचण्डका  प्रेस संयोजक मनहरी तिमल्सिनाले जानकारी दिए । भेटमा अध्यक्षद्वय प्रचण्ड र ओलीबीच निकै सौहार्द वातावरणमा छलफल भएको थियो।  छलफलमा ज...
चोरीका ३० मोटरसाइकल धनीलाई हस्तान्तरण

चोरीका ३० मोटरसाइकल धनीलाई हस्तान्तरण

काठमाडौं, १२ पुस । काठमाडौं ट्राफिक प्रहरीले ३० वटा चोरीका मोटरसाईकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंको बग्गी खानामा जम्मा गरेका ३० वटा मोटरसाईकल बुधबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।  चोरी भएका ३० वटा मोटरसाईकल सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको महाशाखाका सहप्रवक्ता डिएसपी मुकुन्द मरासिनीले जानकारी दिए । पीडितले दिएको उजुरीको आधार धनी पत...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाडौं, १२ पुस । आज सुनको भाउ रु ३०० सयले बढेको छ । मंगलबार तोलामा ५५ हजारमा कारोबार भएको छापावाला सुन आज ५५ हजार ३०० सय मा कारोबार भईरहेको छ । नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य भने तोलाको ५५ हजार रहेको छ ।  मंगलबार तेजावी सुनको मुल्य ५४ हजार ७ सय रहेको थियो ।  यस्तै आज चादी तोलामा ७ सय ३५ मा कारोबार भइरहेको छ ।
एकान्तकुना क्षेत्रमा यातायात प्रभावित, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

एकान्तकुना क्षेत्रमा यातायात प्रभावित, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

ललितपुर, १२ पुस । सडक विस्तारका क्रममा बाटो खनिएपछि ललितपुरको एकान्तकुना क्षेत्रको सवारी आवागमन प्रभावित बनेको छ । ललितपुर ट्राफिक प्रहरीका अनुसार जावलाखेलबाट खरिबोट हुँदै एकान्तकुना र भैसीपाटी जाने तथा भैसीबाट एकान्तकुना जाने बाटोमा सवारी आवागमन प्रभावित बनेको हो । ट्रापिक प्रहरीले सो क्षेत्रमा जामको समस्या हुने भन्दै यात्रु तथा सवारीचालकलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।
जिग्रीले जन्माएको ‘पाँणे’ झण्डै खुस्किएन !

जिग्रीले जन्माएको ‘पाँणे’ झण्डै खुस्किएन !

काठमाडौं, १२ पुस । शनिवारलाई ‘फुर्सदको समय’ मान्छन् शहरमा बस्नेहरु । अरु दिन सबैरै अफिस पुग्न पर्नेहरु पनि शनिवार अवेरसम्म उठ्दैनन् । विद्यार्थीदेखि अन्य कतिपय अभिभावकसमेत शनिवार मस्तीका साथ बिताउँछन् । एकजना व्यक्ति यस्ता छन्, जसलाई शनिबार पनि फुर्सद छैन । शनिबार त झन् उनको व्यस्तताको दिन हो । हो, हाँस्य कलाकार अर्जुन घिमिरे ‘पाँणे’ले ३६ हप्ता भयो, शनिवारको विदा नबसेको । अरु विहान फुर्सद हुनस...
धनकुटालाई राजधानी बनाउँन काठमाण्डौंमा बहस

धनकुटालाई राजधानी बनाउँन काठमाण्डौंमा बहस

काठमाण्डौं, १२ पुस । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँन छिमेकी जिल्लाका नेता र सांसद पनि सकारात्मक देखिएका छन् । धनकुटालाई प्रादेशिक राजधानी बनाउँने सन्दर्भमा मंगलवार काठमाण्डौंमा भएको बहसमा सहभागि छिमेकी जिल्लाका नेता र सांसदहरु धनकुटा प्रति सकारात्मक देखिएका हुँन् । कार्यक्रममा तेह्रथुम प्रतिनिधि सभाका सदस्य भवानी खापुङ, तेह्रथुम प्रदेशभा (क) का सांसद लक्ष्मण तिवारी, संखुवासभाका ने...
राष्ट्रिय सभासम्बन्धी विवाद अदालतमा

राष्ट्रिय सभासम्बन्धी विवाद अदालतमा

काठमाडौं, १२ पुस । अधिवक्ता यज्ञमणि न्यौपनले प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनपछि बढेको राजनीतिक अन्यौल संविधानअनुसार खुलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट पेश गरेका छन् । अधिवक्ता न्यौपानेले बुधबार बिहान राष्ट्रपति, प्रधानमन्त्री, निर्वाचन आयोग र प्रमुख तीन दल एमाले, माओवादी र कांग्रेसलाई विपक्षी बनाएर रिट पेश गरेका हुन् । आफ्नो रिट आजै २ बजे दर्ताका लागि सर्वोच्चले आफुलाई बोलाएको न्यौपा...
सम्झौता नवीकरण गर्न घिसिङ दिल्ली प्रस्थान

सम्झौता नवीकरण गर्न घिसिङ दिल्ली प्रस्थान

काठमाडौँ, १२ पुस । विद्युत् खरिद सम्झौता नविकरण गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उच्चस्तरीय टोली आज भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले यही पुस १६ गतेदेखि सकिन लागेको विद्युत् खरिद सम्झौता नवीकरण गर्ने उद्देश्यका साथ कार्यकारी निर्देशकसहितको टोली भारत प्रस्थान गरेको जानकारी दिए । प्रतिनिधिमण्डलमा कार्यकारी निर्...
error: Content is protected !!