किमलाई ट्रम्पको जवाफ : तिम्रो परमाणु बटनभन्दा मेरो ठूलो छ
वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूसँग भएको परमाणु बमको बटन उत्तर कोरियाली नेता किम जोङ उनको भन्दा ठूलो र शक्तिशाली रहेको बताएका छन् ।
ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै सो कुरा बताएका हुन् ।
केही दिनअघि किमले ‘परमाणु बटन जहिले पनि आफ्नो टेबलमा भएको’ भन्दै अमेरिकालाई चेतावनी दिएका थिए । उनले आफूसँग भएको परमाणु हतियारको निशानामा अमेरिका भएको भन्दै अमेरिकाले उत्तर कोरियामाथि ह...


























