संगालोखबर संवाददाता

काठमाडौं,२६ पुस । ओपो ब्राण्डले एसियाली बजारमा १५ प्रतिशत बजार हिस्सा ओगट्दै उत्कृष्ट स्थान हात पार्न सफल भएको छ । ओपोले भिभो, सियाओमी, सामसुङ र हुआवे लगायत स्मार्टफोन निर्मातालाई पछि पार्दै अग्रणी स्थान हात पार्न सफल भएको हो ।

Advertisement

प्राविधिक मार्केट रिचर्स फर्म काउण्टरपोइन्टले आफ्नो नयाँ प्रतिवेदनमा उल्लेख गरे अनुसार ओपोलाई पछ्याउँदै १३ प्रतिशत बजार हिस्सा सहित भिभो दोस्रो स्थानमा रहेको छ भने १२ प्रतिशत बजार हिस्सा सहित सियाओमी र सामसुङ तेस्रो स्थान हासिल गरेका छन् । त्यसैगरी, ११ प्रतिशत बजार हिस्सा सहित हुआवे भने चौथौँ स्थानमा रहेको छ ।

‘एसिया हाम्रो लागि एक प्रमुख बजारका रुपमा रहँदै आएको छ,’ एक विज्ञप्ती जारी गर्दै ओपोले भनेको छ, ‘हामीले आफ्ना उत्पादनका माध्यमबाट यहाँका उपभोक्ताको माग र आवश्यकताको सम्बोधन गर्न सफल भएको हाम्रो विश्वास छ । ’

ढुवानीका आधारमा उत्कृष्ट ३ ब्राण्ड भित्र पर्न सफल हुनु गौरवको विषय भएको ओपोले विज्ञप्तीमा जनाएको छ । ‘समयसापेक्ष उपभोक्ताको माग र आवश्यकतालाई दृष्टिगत गर्दै बहु उपयोगी उत्पादनहरू उपलब्ध गराउदै लैजानु हाम्रो प्रमुख प्राथमिकता हुनेछ,’ ओपोले उल्लेख गरेको छ ।

उच्च गुणस्तरिय उत्पादनका साथै उपभोक्ताका मागलाई विशेष प्राथमिकताको विषयका रुपमा सम्बोधन गर्नु आफ्नो सफलताको प्रमुख कारक भएको ओपोको दावी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement