
काठमाडौं,२६ पुस । नेकपा एमालेका अध्यक्ष केपी ओलीले माओबादी केन्द्रसँग दुइसाताभित्रै एकता हुने बताएका छन् ।
नियमित स्वास्थ्य परीक्षणका लागि आज थाइल्याण्डको बैंकक जानुअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी एकताको काम तिव्र रुपमा अघि बढीरहको बताए । दुई पार्टीको एकताबाट केहि शक्तिहरु अत्तालिएको र गठबन्धन टुटाउन धेरैतिरबाट षड्यन्त्र भइरहेको आरोप लगाउदै अध्यक्ष ओलीले एकिकरण विरुद्धको प्रयास सफल नहुने जिकिर गरे ।
प्रधानमन्त्री देउवा अझै केही दिन सत्ता लम्ब्याउन लागिपरेको उनको आरोप छ । नियमित उपचारका लागि बैंकक गएका उनले त्यहाँको वुङरुगाड अस्पतालमा उपचार गराउनेछन् । यता, ओली र प्रचण्डको निर्देशन पछि भोली देखि नै एकता संयोजन समितिले आफ्नो काम शुरु गर्ने बताइएको छ ।















