रासस

इटहरी,२६ पुस। इटहरी उपमहानगरपालिका–६ स्थित नेपाः भवन नजिकै विष्णुकुमार लिम्बूको घरमा डेरा बस्दै आएका एक दम्पतीका दुई बच्चा निसासिएर गएराति मृत्यु भएको छ ।

Advertisement
अत्यधिक जाडोका कारण डेर घरको कोठामा दाउरा र भुसको आगो बालेर ढोका थुनी सुतेको अवस्थामा आलम मिया, उनका श्रीमती र दुई छोरी निसासिएर बेहोस भएको अवस्थामा फेला परेपछि उपचारका लागि उनीहरुलाई विराटनगर अस्पताल पुर्याएका थिए । उपचारकै क्रममा आलमका दुबै छोरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
मृत्यु हुनेमा सात वर्षीया आलिया खातुन र दुई वर्षीया आयात खातुन रहेको छ । ३५ वर्षीय आलम मियाँ र उनकी २८ वर्षीया श्रीमती फोसिला खातुनको अझै उपचार भइरहेको पनि प्रहरीले जानकारी दिए ।
यसैगरी इटहरी–१९ की ७० वर्षीया दैतिनीदेवी चौधरी जलेर मृत्यु भएको प्रहरी चौकी तरहराले जनाएको छ ।
अत्यधिक जाडो कारण आफ्नै घरमा आगो ताप्ने क्रममा लगाइराखेको साडीमा आगो लागेर मंगलबार साँझ गम्भीर घाइते भएकी चौधरीको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!