सुन्दरबजारमा जमिनबाट धुवाँ निस्किएपछि स्थानीयवासी त्रसित
लमजुङ, २४ पुस । लमजुङको सुन्दरबजारमा वस्ती नजिकै जमिनबाट धुवाँ निस्किएपछि स्थानीयवासी त्रस्त भएका छन् । सुन्दरबजार नगरपालिका-९ सिउडीबारको वस्ती नजिकै बाँझो जमिनबाट धुवाँको मुस्लो निस्किएको हो । स्थानीयवासी सुनिता खनालको घर पछाडिको भिरालो जमिनबाट धुवाँ निस्कन थालेपछि प्रकोपको डरले स्थानीयवासी त्रस्त भएका हुन् ।
गत मंगलबारबाट सामान्य धुवाँ निस्किएको देखिएको थियो । पछिल्ला दिनमा धुवाँको मुस्लो बढ्...



























