काठमाडौं, २७ पुस। बालिकामाथि यौन दुराचार गरेको अभियोगमा प्रहरीले नेपाली सेनाका एक मेजरमाथि अनुसन्धान अघि बढाएको छ । मेजर प्रभवविक्रम शाहलाई प्रहरीले पक्राउ गरी गत साता सेनालाई बुझाएको थियो ।

Advertisement

सैनिक ऐनअनुसार प्रहरीको नियन्त्रणमा राखेर अनुसन्धान गर्न नमिल्ने भएकाले सेनालाई बुझाइएको हो । ‘मेजर शाह सैनिक प्रहरीको हिरासतमा छन्, उनीमाथि प्रहरीले छानबिन गरिरहेको छ’ सैनिक प्रवक्ता सहायकरथी गोकुल भण्डारीले नयाँ पत्रिकासँग भने ।

महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी रवि पौडेलका अनुसार बालिकामाथि अप्राकृतिक यौन गतिविधि गरेको भन्दै पीडित परिवारले प्रहरीसमक्ष उजुरी दिएका थिए । शाहमाथि अनुसन्धान जारी रहेको डिएसपी पौडेलले जानकारी दिए । मेजर शाह २३ नम्बर बाहिनी बाग्लुङमा कार्यरत छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!