सिरियामा रासायनिक हतियार प्रयोग गरेको पुष्टि

सिरियामा रासायनिक हतियार प्रयोग गरेको पुष्टि

बेरुत, १९ चैत । सिरियामा जारी द्वन्द्वका क्रममा सरकारी सेना तथा सुरुमा विद्रोहीका पक्षबाट समेतगरी रासायनिक एवम् घातक हतियारको आक्रमण गरिएको पुष्टि भए पनि त्यसमा संलग्नलाई कारबाही भने भएको छैन । सुरुमा विद्रोहीले पनि केही स्थानमा सरकारी सेनामाथिको हमलाका क्रममा यस्ता हतियार हानेका देखिएको थियो । तर अधिकारवादीहरु तथा संयुक्त राष्ट्रसंघको आग्रहका कारण यसरी हमला गर्ने क्रम विपक्षी विद्रोहीहरुले भने र...
प्रधानमन्त्रीको भारत भ्रमणको टोलीमा राजेश हमाल पनि सहभागी हुने

प्रधानमन्त्रीको भारत भ्रमणको टोलीमा राजेश हमाल पनि सहभागी हुने

काठमाडौं, १९ चैत। प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणमा महानायक राजेश हमाल पनि सहभागी हुने भएका छन् । कलाकारको तर्फबाट राजेश हमाल र दिनेश डिसीको नाम परेको स्रोतबाट जानकारी प्राप्त भएको छ । प्रधानमन्त्री केपी ओलीले वलिउड कलाकारलाई पनि भेट्ने कार्यक्रम रहेकोले नेपालबाट पनि कलाकारलाई लैजान लागिएको हो ।  नायक राजेश हमाल पछिल्लो समय प्रधानमन्त्री ओलीप्रति सद्भाव राख्छन् । सार्वजनिक कार्...
बीस वर्ष नपुगेका किशोरीको दुई घरबार, दुई श्रीमान्बाट दुई सन्तान

बीस वर्ष नपुगेका किशोरीको दुई घरबार, दुई श्रीमान्बाट दुई सन्तान

लिबाङ, रोल्पा, १९ चैत ।  एकातिर रोल्पा जिल्लालाई बालविवाह मुक्त जिल्ला घोषणाका लागि अभियान थालिएको छ भने अर्काेतिर बालविवाह न्यूनीकरण हुन सकिराखेको अवस्था छैन । बाल विवाहकै जिल्लामा केही किशोरी २० वर्षभित्रै दुई घरबार जोड्न बाध्य छन् भने कति किशोरी त २० वर्ष नपुग्दै दुई वा तीन सन्तानका आमासमेत बनिसकेका छन् । गरिबी, बेरोजगारी, चेतना अभाव तथा अशिक्षा नै बालविवाहको मुख्य कारक तत्व रहेको अधिकारकर्म...
उत्खननका लागि १२६ खानीलाई अनुमति प्रदान

उत्खननका लागि १२६ खानीलाई अनुमति प्रदान

काठमाडौँ, १९ चैत । खानी तथा भूगर्भ विभागले १२६ खानीलाई उत्खननका लागि अनुमति प्रदान गरेको छ । विभागले दिएको जानकारीअनुसार चालू आर्थिक वर्षको आठ महिनामा मुलुकभर खनिज पदार्थको अनुसन्धान तथा अन्वेषण गरी सो खानीलाई उत्खननका लागि स्वीकृत प्रदान गरेको हो । मुलुकको आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण क्षेत्रका रुपमा लिइएको खनिज पदार्थमध्ये सबैभन्दा धेरै चुनढुङ्गा ४९ खानीलाई उत्खननका लागि अनुमति...
महाकालीमा पुल निर्माणको काम तीव्र

महाकालीमा पुल निर्माणको काम तीव्र

ओदाली, कञ्चनपुर, १९ चैत। महाकाली नदीमा पुल निर्माणको कामले तीव्रता पाएको छ । पुल निर्माणका लागि दुई साताअघि इटलीबाट आठ करोडको हाइड्रोलिक पाइल रिग मेशिन निर्माणस्थलमा ल्याइपु¥याइएको छ । उक्त मेशिन ल्याइएसँगै पुल निर्माणको कामले गति लिएको हो । “मेशिन ल्याउन छ महिनाभन्दा बढी समय लाग्यो,” पुल निर्माणस्थलमा भेटिनुभएका कुमार श्रेष्ठ निर्माण सेवाका इन्जिनियर किशोरराज पाण्डेयले भन्नुभयो, “अब निर्म...
समाजवादउन्मुख अर्थतन्त्रको विकासका लागि तुरुन्तै पार्टी एकता: प्रधानमन्त्री

समाजवादउन्मुख अर्थतन्त्रको विकासका लागि तुरुन्तै पार्टी एकता: प्रधानमन्त्री

काठमाडौँ, १९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच समाजवादउन्मुख अर्थतन्त्रको विकासको लक्ष्यसहित तुरुन्तै पार्टी एकता हुने बताउनुभएको छ । नेकपा (एमाले) केन्द्रीय प्रचार विभागद्वारा स्थापित ‘मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गर्न आज सो पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री एवं एमालेका अध्यक्ष...
क्वाटरमा तरकारी फलाउँदै मन्त्री तामाङ

क्वाटरमा तरकारी फलाउँदै मन्त्री तामाङ

ललितपुर, १९ चैत। कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले बिहीबार मन्त्री निवासमा रहेको जग्गामा तरकारी लगाउन खनजोत गर्नुभएको छ । बिहान मन्त्री तामाङसँगै उहाँकी श्रीमती प्रदेश नं १ की संसद् उषाकला राईले पनि डोजर चलाउन सहयोग गर्नुभयो । कार्यकर्ता, सुरक्षाकर्मी, पत्रकारलगायत मन्त्रीले डोजर चलाएको हेर्न र फोटो खिच्नका उपस्थित थिए । उहाँले क्वाटरमा कार्यरत कर्मचारीलाई आफूलाई पुग्ने त...
चीन जाँदा किमको आफ्नै बुलेटप्रुफ रेल प्रयोग गरेको खुलासा

चीन जाँदा किमको आफ्नै बुलेटप्रुफ रेल प्रयोग गरेको खुलासा

प्योङयाङ, १८ चैत । उत्तर कोरियाली नेता किम जोङ उनको चीन भ्रमणको चर्चा सेलाएको छैन । उनले चीन भ्रमण गर्दा त्यहाँ के–के गरे भन्ने विषयमा अनुसन्धान हुन थालेको छ । विशेषगरी, पश्चिमा सञ्चारमाध्यमहरूले बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग किमको वार्ता तथा अन्य गतिविधिबारे अनुसन्धान गरिरहेका छन् । यसै क्रममा एउटा तथ्य सार्वजनिक भएको छ । किमले चीन जाँदा आफ्नै निजी रेल प्रयोग गरेका रहेछन् । धेरै म...
पोखरा महानगरपालिकामा फेसबुक प्रतिबन्ध

पोखरा महानगरपालिकामा फेसबुक प्रतिबन्ध

पोखरा, १९ चैत ।  पोखरा लेखनाथ महानगरपालिकाको कार्यालय समयमा फेसबुक बन्द गरिएको छ । मोबाइल, ल्यापटप र डेस्कटपमा कर्मचारीले फेसबुक चलाउँदा सेवा प्रवाह नै प्रभावित भएको गुनासो आएपछि प्रमुख मानबहादुर जिसीको निर्देशनमा कार्यालय समयमा फेसबुक बन्द गरिएको हो । बिहान १०ः१५ देखि ४ बजेसम्म महानगरको कार्यालयमा जोडिएको इन्टरनेटबाट फेसबुक नचल्ने बनाइएको सूचना प्रविधि अधिकृत अशोक द्वारेले जानकारी दिए । ...
चीनको अन्तरिक्ष प्रयोगशाला पृथ्वीमा खस्दै

चीनको अन्तरिक्ष प्रयोगशाला पृथ्वीमा खस्दै

काठमाडौं, १९ चैत । चीनले सबैभन्दा पहिले प्रक्षेपण गरेको अन्तरिक्ष प्रयोगशाला तियाङगोङ १ वायुमण्डलमा प्रवेश गरेको छ । उक्त प्रयोगशाला दक्षिणी प्रशान्त महासागरको बीचमा पर्र्ने आकाशमा घुमिरहेको चाइना म्यान्ड स्पेस इन्जिनियरिङ अफिसले जनाएको छ । चीनको महत्वाकांक्षी अन्तरिक्ष परियोजना टियांगोङ १  पृथ्वीको वायुमण्डलमा पुग्नासाथ बिग्रिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। चीनले यो प्रयोगशाल...
यौन काण्डमा मुछिए शिक्षक, अश्लिल भिडियो खिचेर ब्लाक मेलिङ गर्ने ७ जना पक्राउ

यौन काण्डमा मुछिए शिक्षक, अश्लिल भिडियो खिचेर ब्लाक मेलिङ गर्ने ७ जना पक्राउ

ओखलढुंगा, १९ चैत । ओखलढुंगामा अश्लिल भिडियो खिचेर ब्ल्याक मेलिङ गरेको आरोपमा ७ जना पक्राउ परेका छन् । सिद्धिचरण नगरपालिका ११ स्थित सोब्रुको जंगलमा अश्लिल कार्य गरिरहेको अवस्थामा भिडियो खिचेर सार्वजानिक गरिदिने भन्दै रकम असुल्न खोजेको आरोपमा ७ जना पक्राउ परेका हुन् । विहिबार बिहान सिद्धिचरण नगरपालिका–३ स्थित नारायणस्थान माध्यमिक विद्यालयमा कार्यरत शिक्षक शंकरप्रसाद मेहताले एक महिलासँग अश्लिल कार्य...
प्रधानमन्त्रीको भारत भ्रमणमा नयाँ सम्झौता नहुने

प्रधानमन्त्रीको भारत भ्रमणमा नयाँ सम्झौता नहुने

काठमाडौं, १९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका क्रममा कुनै पनि नयाँ सम्झौता नहुने भएको छ। विगतमा भएका सम्झौता कार्यान्वयनमा जोड दिन भ्रमण केन्द्रित हुने भएको छ। भ्रमणमा नेपालले कुनै पनि नयाँ एजेन्डा प्रस्तुत नगर्ने, द्विपक्षीय सद्भाव र समझदारीलाई नयाँ उचाइमा पुर्याउन विगतका सम्झौता कार्यान्वयनमा जोड दिइने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताउनुभयो। ‘हाम्रो (नेपालको) तर्फब...
एस्काभेटरसहित १० वटा ट्र्याक्टर नियन्त्रणमा

एस्काभेटरसहित १० वटा ट्र्याक्टर नियन्त्रणमा

दाङ, १९ चैत । जिल्ला समन्वय समितिको नेतृत्वमा गएको अनुगमन टोलीले आइतबार घोराही उपमहानगरपालिका–४ को पालुधान र रानीदमारबाट अवैध रुपमा ढुंगा निकास गरिरहेका एउटा एस्काभेटरसहित १० वटा ट्र्याक्टरलाई पक्राउ गरेको छ । पक्राउ गरेका ट्र्याक्ट्रर जिल्ला समन्वय समितिमा राखिएको छ । नियन्त्रणमा लिएका स्काभेटर र ट्र्याक्टरलाई कानूनी कारबाही अघि बढाएको जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले बताउनुभ...
माटोको ढिस्कोमा पुरिएर किशोरीको मृत्यु

माटोको ढिस्कोमा पुरिएर किशोरीको मृत्यु

बैतडी, १८ चैत। माटोको ढिस्कोमा पुरिएर बैतडीमा आज एक किशोरीको मृत्यु भएको छ । माटो खनिरहेका बेला एक्कासि माथिबाट खसेको ढिस्कोले पुरिँदा शिवनाथ गाउँपालिका–६ बसेडीकी १५ वर्षीया लक्ष्मी सुतारको मृत्यु भएको स्थानीयवासी गम्भीर दयालले जानकारी दिनुभयो । लक्ष्मी स्थानीय जिम्मेश्वर आधारभूत विद्यालय बसेडीमा कक्षा ८ मा अध्ययनरत थिइन् । यसैगरी झाडापखाला र ज्वरोले थलिएकी पाटन नगरपालिका–९ बस्ने जगदीश भण्डा...
कारको ठक्करले भवन भत्किदा दशको मृत्यु

कारको ठक्करले भवन भत्किदा दशको मृत्यु

नयाँदिल्ली, १८ चैत ।  भारतको नयाँ दिल्लीमा चार तले भवन भत्किएर पुरिएकामध्ये कम्तीमा दश जनाको मृत्यु भएको छ। उक्त भवन कमजोर तरिकाले बनाइएको र सुरक्षा मापदण्डमा पनि ध्यान नदिइएकाले भत्किएको प्रहरी अधिकारीहरुले आइतबार बताएका छन्। सो भवन शनिबार राति भत्किएको हो। उद्धारकर्ताहरूले घटनामा पुरिएका कैयौं व्यक्तिलाई उद्धार गरेका थिए। घटनास्थलमा शनिबार राति ठूलो कोलाहल मच्चिएको थियो। “हामीले पुरिएका र च्य...
सिण्डिकेट तोड्न नयाँ निर्देशिका जारी, संस्था वा कम्पनीले मात्रै रुट इजाजत पाउने

सिण्डिकेट तोड्न नयाँ निर्देशिका जारी, संस्था वा कम्पनीले मात्रै रुट इजाजत पाउने

काठमाडौं, १८ चैत ।  सडक रुट इजाजतमा व्यवसायीको एकाधिकार (सिण्डिकेट) तोड्ने गरी सरकारले नयाँ निर्देशिका जारी गरेको छ । यातायात व्यवस्था विभागले आइतबार ‘यातायात व्यवस्थापन कार्याविधि निर्देशिका, २०७४’ जारी गर्दै यातायात क्षेत्रमा रहेको सिण्डिकेटको अन्त्य गराएको हो । यसअघिको यातायात व्यवस्थापन कार्याविधि निर्देशिका २०६० मा रुट इजाजतका लागि स्थानीय यातायात समितिको सिफारिस चाहिने उल्लेख थियो । तर, ...
सभामुख महराद्वारा स्व. खड्काप्रति श्रद्धाञ्जलि

सभामुख महराद्वारा स्व. खड्काप्रति श्रद्धाञ्जलि

काठमाडौँ, १८ चैत । सभामुख कृष्णबहादुर महराले नेपाली काँग्रेसका नेता स्व खुमबहादुर खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । आज सानेपास्थित निवासमा पुगेर खड्काको पार्थिव शरीरमाथि फूलमाला अर्पण गरी सभामुख उहाँले श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो । सभामुख महराले खड्काको अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको शोक पुस्तिकामा पनि हस्ताक्षर गर्नुभएको भयो । श्रद्धाञ्जलिपछि परिवारजनसँग कुरा गर्दै उहा...
सभापति देउवाद्वारा नेता खड्काप्रति श्रद्धाञ्जलि

सभापति देउवाद्वारा नेता खड्काप्रति श्रद्धाञ्जलि

काठमाडौँ, १८ चैत । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका दिवंगत नेता खुमबहादुर खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । सभापति देउवाले आज ललितपुर, सानेपास्थित नेता खड्काको निवास पुगेर उहाँको पार्थिव शरीरमाथि श्रद्धाञ्जलि अर्पण गर्नुभयो । काँग्रेस केन्द्रीय सदस्य, पार्टीका पूर्वमहामन्त्री तथा पूर्वमन्त्री नेता खड्काको उपचारका क्रममा शुक्रबार साँझ भारतको न...
वैज्ञानिक स्टेफन हकिङको अन्त्येष्टि सम्पन्न (तस्बिरसहित)

वैज्ञानिक स्टेफन हकिङको अन्त्येष्टि सम्पन्न (तस्बिरसहित)

बाहिर सिमसिम पानी परिरहेको थियो । यस्तो लाग्थ्यो, क्याम्ब्रिज आफ्नो एक होनाहार हस्तीको बिदाइमा रोइरहेको छ । शनिबार प्रसिद्ध बेलायती भौतिकशास्त्री स्टेफन हकिङको कफिन क्याम्ब्रिजको चर्चित ‘किङ्स परेड’ मार्गबाट ग्रेट सेन्ट म्यारी चर्चतर्फ अघि बढाइरहँदा सम्मान व्यक्त गर्न हजारौं नागरिक सडक छेउमा उपस्थित थिए । हकिङको मलामी उनले ५० वर्षभन्दा बढी समय पढाएको गोन्भिल र काइस कलेजबाट निकालिएको थियो । कलेज ...
चौध वर्षपछि आफन्तको शव उत्खनन

चौध वर्षपछि आफन्तको शव उत्खनन

दैलेख, १८ चैत। तत्कालीन द्वन्द्वका बेला नेपाली सेनाले पक्राउ गरी हत्यासँगै शव बेपत्ता पारिएका महावु गाउँपालिका– ६ का ऐनबहादुर शाहीको शव आफन्तले १४ वर्षपछि आफैँ उत्खनन गरेका छन् । नेपाली सेनाले माओवादीका नाममा हत्या गरेका र शव बेपत्ता पारिएका परिवार धमाधम शव खोज्न थालेका हुन् । विसं २०६० साउन १७ गते धरमपोखरामा ऐनबहादुरसहित १२ जनालाई सेनाले पक्राउ गरेको र अन्यलाई छाडिदिएको भए पनि शाहीलाई चरम यातना ...
सोलमा अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास सुरु, उत्तर कोरियासँगको वार्ता भाँडिने चिन्ता

सोलमा अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास सुरु, उत्तर कोरियासँगको वार्ता भाँडिने चिन्ता

सोल, १८ चैत। दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाको संयुक्त सैन्य अभ्यास दक्षिण कोरियाको राजधानी सोलमा आइतबार सुरु भएको समाचार छ । उत्तर कोरिया र दक्षिण कोरियाका साथै संयुक्तराज्य अमेरिकासँग पनि उत्तर कोरियाको वार्ता हुन लागेको भनिएका बेला सोलमा यो सैन्य अभ्यास सुरु भएको बताइएको छ । अमेरिकी सेनाको पनि ठूलो संख्याको उपस्थितिमा सुरु भएको सो सैन्य अभ्यासकाकारण यसै महिनामा हुन लाग...
ठेउलेखोला जलविद्युतको परीक्षण उत्पादन शुरु

ठेउलेखोला जलविद्युतको परीक्षण उत्पादन शुरु

बागलुङ,१८ चैत  । जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन शुरु गरेको छ । १.५ मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत् दुई साताभित्र केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । सिभिल र इलेक्ट्रो मेकानिक तर्फका सबै काम पूरा गरी परीक्षण उत्पादन शुरु गरिएको आयोजनाको प्रवद्र्धक बाराही हाइड्रोपावर लिमिटेडले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन चार्ज गरेपछि उत्पादित...
खुमबहादुरलाई श्रद्धाञ्जलि दिन शीर्ष नेताहरू सानेपामा

खुमबहादुरलाई श्रद्धाञ्जलि दिन शीर्ष नेताहरू सानेपामा

काठमाडौं, १८ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काप्रति अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न आइतबार बिहानैदेखि काठमाडौंको सानेपास्थित उनको निवासमा नेता कार्यकर्ताको ठूलो भीड लागेको छ। बिहान दश बजेअघि  कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल,  शेखर कोइराला, प्रकाशसरण महत, मिनेन्द्र रिजाल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य दीपक गिरी, चिनकाजी श्रेष्ठ, देवन्द्र राज कँडे...
सात बुृँदे घोषणापत्र जारी गर्दै विश्व नेवाः सम्मेलन सम्पन्न

सात बुृँदे घोषणापत्र जारी गर्दै विश्व नेवाः सम्मेलन सम्पन्न

काठमाडौँ, १८ चैत । शुक्रबार शुरु भएको विश्व नेवाः सम्मेलन सात बुँदै घोषणापत्र जारी गर्दै शनिबार सम्पन्न भयो । सम्मेलनले हरेक वर्ष मार्च महिनाको अन्तिम शनिबार विश्वभर हलिं नेवाः दिँ (विश्व नेवाः दिवस) मनाउने परम्परालाई अगाडि बढाउने निर्णय गरेको छ । नेवाः साहित्य, कला, संस्कृति र पत्रकारिताको श्रीवृद्धिका लागि हलिं नेवाः कोष स्थापना गर्ने घोषणा पनि गरिएको छ । विकासका नाममा काठमाडौँ उपत्यकाका जनता...
कांग्रेस नेता खड्काको अन्तिम संस्कार आज

कांग्रेस नेता खड्काको अन्तिम संस्कार आज

काठमाडौं, १८ चैत । नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काको आज अन्तिम संस्कार गरिँदै छ । अपराह्न तीन बजेपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । मिर्गौला, फोक्सो र नसा सम्बन्धी समस्याबाट पीडित खड्काको उपचारको क्रममा शुक्रबार नयाँदिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको थियो । उनको पार्थिव शरीर शनिबार राति ९ बजे काठमाडौं ल्याइएको ...
पुरुष नभएपछि महिला नै मलामी जान बाध्य

पुरुष नभएपछि महिला नै मलामी जान बाध्य

बेनी, म्याग्दी, १८ चैत ।  म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बेली गाउँमा कसैको मृत्यु भयो भने मलामी जानका लागि महिलाको लर्को लाग्ने गरेको छ । गाउँका प्रायः सबै घरका युवा वैदेशिक रोजगारीका लागि विदेश गएपछि मगर र दलित समुदायको बाहुल्यता रहेको बेली गाउँ युवाविहीन छ । गाउँमा रहेका केही पुरुष पनि दैनिक ज्याला मजदुरीका लागि अन्यत्रै हिँडेपछि गाउँमा वृद्धवृद्धा र महिला मात्र रहेका स्थानीय शिक्षक लाल...
बेपत्ता भएका दुई विदेशी पर्यटक पदमार्गबाट खसेको अवस्थामा भेटिए

बेपत्ता भएका दुई विदेशी पर्यटक पदमार्गबाट खसेको अवस्थामा भेटिए

फलेवास, पर्वत, १८ चैत।  पदयात्रा(ट्रेकिङ)का लागि धौलागिरि पदमार्गमा जाँदा बेपत्ता भएका दुई विदेशी नागरिक फेला परेका छन् । हिमालपारिको जिल्ला मुस्ताङको पर्यटकीय गाउँ मार्फाको पश्चिमतर्फ धौलागिरि बेस क्याम्प जाने पदमार्गबाट शुक्रबार रातिदेखि बेपत्ता भएका चेक गणतन्त्रका दुई नागरिक शनिबार साँझ भेटिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक रामहरि पाण्डेले जानकारी दिनुभयो । उनीहरुल...
गाउँको अधिकार सिंहदरबार फर्कंदैन: मुख्यमन्त्री पोखरेल

गाउँको अधिकार सिंहदरबार फर्कंदैन: मुख्यमन्त्री पोखरेल

गुलरिया, बर्दिया, १८ चैत । पाँच नं प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गाउँमा दिएको सिंहदरबारको अधिकार गाउँमै रहने बताउनु भएको छ । हिजो यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले बर्दियाको राष्ट्रिय गौरवको योजना भेरी डाइभर्सन बनाएर कृषिमा आधुनिकीकरण गरिने छ भन्नुभयो । मुख्यमन्त्रीले प्रदेश सरकारले हुलाकी सडक चार लेनको बनाउने पहल गरिरहेको बताउनुभयो । उहाँले जनतालाई प्रभावकारी सेवा दिन जनप्रतिन...
रुसद्वारा २३ देशका कूटनीतिज्ञलाई निष्कासित गर्ने घोषणा

रुसद्वारा २३ देशका कूटनीतिज्ञलाई निष्कासित गर्ने घोषणा

मस्को, १७ चैत ।  रुसको विदेश मन्त्रालयले २३ देशका कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्कासन गर्ने घोषणा गरेको छ। ‘जस्तालाई त्यस्तै व्यवहार गर्नुपर्ने’ निश्कर्ष निकाल्दै रुसले आफ्नो देशमा रहेका विदेशी कूटनीतिज्ञलाई निष्कासन गर्न लागेको हो। पछिल्लो समयमा विश्वका कैयौँ देशले रुसी कूटनीतिज्ञलाई निष्कासन गर्ने गरेकाले त्यसको बदलामा रुसले पनि ती देशका कूटनीतिज्ञलाई देश निकाला गर्ने थालेको समाचारमा जनाइएको ...
धर्नाबाट पहाडीसहित ३४ प्रहरी नियन्त्रणमा

धर्नाबाट पहाडीसहित ३४ प्रहरी नियन्त्रणमा

काठमाडौँ, १७ चैत। प्रधानमन्त्री निवास बालुवाटार अगाडि मानव अधिकार तथा शान्ति समाजले गरेको धर्ना र प्रदर्शनमा संलग्न ३४ जना अधिकारकर्मीलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । सद्भाव प्रवद्र्धन, हिंसा र घृणाको खारेजी एवं दण्डहीनताको अन्त्यका लागि शान्ति समाजले हरेक वर्ष चैत १७ गते धर्ना र प्रदर्शनी गर्दै आएको छ । नयाँ सरकार गठनसँगै टीकापुरलगायतका दुर्दान्त घटनाका आरोपित÷संलग्नहरुको मुद्दा फिर्...
श्रीमती हत्याका फरार अभियुक्त पक्राउ

श्रीमती हत्याका फरार अभियुक्त पक्राउ

काठमाडौँ, १७ चैत। प्रहरीले श्रीमतीको हत्या गरी फरार अभियुक्त श्रीमान्लाई २४ घण्टा नबित्दै पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले नुवाकोट बेलकोटगढीकी २३ वर्षीया नमुना लामाको हत्याको अभियोगमा सोही क्षेत्रकै २१ वर्षीय प्रकाश तामाङलाई आज पक्राउ गरेको हो । अभियुक्त तामाङले शुक्रबार ३ बजे चन्द्रागिरि नगरपालिका–१४ नैकापमा डेरामा बस्दै आएकी श्रीमतीलाई शरीरका विभिन्न भागमा धारिलो छुरा प्रहा...
error: Content is protected !!