काठमाडौँ, २९ चैत । महानगरीय प्रहरी परिसरले प्रतिबन्धित ४९ लाख ३१ हजार ५०० भारतीय रुपैँयासहित दुईजनालाई पक्राउ गरेको छ ।
परिसरको टोलीले प्रतिबन्धित गरिसकेको ५०० र एक हजार दरका पुराना भारतीय नोटसहित मोरङका सुनिलदेव वैश्य र नुवाकोटका चेतबहादुर नेपालीलाई बुधबार दिउँसो लाजिम्पाटबाट पक्राउ गरेको हो ।

परिसरले आज पत्रकार सम्मेलन गरी ५०० का पाँच हजार ४५१ र एक हजारका दुई हजार २०६ थान रकम बरामद गरेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा परिसरका प्रमुख विश्वराज पोखरेलले प्रतिबन्धित भारतीय रुपैँया केही समयपछि साट्न खुल्ला हुने भनेर झुक्याइ साट्ने गरेको बताउनुभयो ।

Advertisement

परिसरका प्रमुख पोखरेलले सीमावर्ती क्षेत्रबाट ठूलो परिणाममा रकम संकलन गरेर काठमाडौँ आउने गरेको बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!