ललितपुर, २९ चैत । नेपाल विधि विज्ञान प्रतिष्ठान (नास्ट) ले नेपालमा पाइने ६० प्रजातिका बोटविरुवाको कोडिङ गरेको छ ।

Advertisement

कुनै पनि प्रजातिको विरुवाको सम्पूर्ण जानकारी व्यवस्थित रुपमा इन्टरनेटमा राख्ने काम कोडिङ हो ।

विश्वका अधिकांश मुलुकले आफ्नो देशमा पाइने विरुवा सबैले हेर्न र जानकारी पाउन सक्ने गरी इन्टरनेटमा राखिएका हुन्छन् । नास्टले सन् २०१२ देखि बिरुवाको कोडिङ शुरु गरेको हो ।

विरुवाको कोडिङ गर्दा त्यस विषयमा चासो राख्ने स्वदेशी तथा विदेशी दुवैका लागि फलदायी हुन्छ, नास्टका वैज्ञानिक रामचन्द्र पौडेलले भन्नुभयो, ‘बिश्वका जुनसुकै देशमा बस्नेले पनि इन्टरनेट मार्फत् त्यो विरुवाका सम्पूर्ण ज्ञान पाउँछ ।’

यो प्रविधि शुरु भएको केही वर्षसम्म काम अघि बढ्न सकेको थिएन । अहिले वार्षिक कार्यक्रममार्फत नास्टले वर्षको १०–१५ वटासम्म बिरुवाको कोडिङ गरिरहेको छ, उहाँले भन्नुभयो, ‘एक/दुई वर्षदेखि आवश्यक मात्रामा काम भइरहेको छ ।’

नेपालमा मात्रै पाइने रैथाने जात र अन्य देशमा पनि पाइने विरुवा गरेर दुवै खालका बोटविरुवाको कोडिङ भइरहेको उहाँले जानकारी दिनुभयो ।

कुनै पनि विरुवाको गुणहरु इन्टरनेटमा बार कोडिङ गरेर राखिएका विरुवासँग जुधाएर हेरेर विरुवा त्यहि हो÷होइन छुट्टाइन्छ । एउटै प्रजातिका विरुवामा समान गुण बढि पाइन्छ भने फरक प्रजातिमा कम पाइन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!