शिक्षाका मौलिक हकसम्बन्धी कानून पाँच महिनाभित्र बनाइने
काठमाडौँ, २५ चैत । संघीय सरकार र प्रदेश सरकारबीच शिक्षाको कामलाई व्यवस्थित बनाउने विषयमा आज छलफल भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सातै प्रदेशका सामाजिक मामिलामन्त्रीसँग सार्वजनिक शिक्षाको सुधार, नयाँ कानून, आउँदो विद्यालय स्वागत तथा विद्यार्थी भर्ना अभियानलगायत विषयमा छलफल गर्दै संविधानले दिएको अधिकार प्रयोग गरी संघीय र स्थानीय सरकारले शिक्षा क्षेत्रमा सुधार र समन...




























