लोकतन्त्र सुदृढीकरण र संघीयता कार्यान्वयनमा अमेरिकाले सहयोग गर्ने

लोकतन्त्र सुदृढीकरण र संघीयता कार्यान्वयनमा अमेरिकाले सहयोग गर्ने

काठमाडौँ, १६ चैत । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजले आज शिष्टाचार भेट गर्नुभयो । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा राजदूत टेप्लिजले नेपालको लोकतन्त्र सुदृढीकरण र संघीयता कार्यान्वयनमा अमेरिकाले सहयोग गर्ने बताउनुभयो । भेटमा मन्त्री बस्नेतले विभिन्न तीन चरणका निर्वाचन सम्पन्न भएसँगै नेपाल लामो राजनीतिक संक्रमणबाट मुक्त भएकाले अब ...
पूर्वमन्त्री खड्काको पार्थिव शरीर नेपाल ल्याउने तयारी

पूर्वमन्त्री खड्काको पार्थिव शरीर नेपाल ल्याउने तयारी

काठमाडौँ, १६ चैत । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काको पार्थिव शरीरलाई नेपाल ल्याउने तयारी भइरहेको छ । मिर्गाैला, नशा र छातीको संक्रमणबाट पीडित खड्काको ६७ वर्षका उमेरमा उपचारका क्रममा भारतको नयाँ पदल्लीस्थित एपोलो अस्पतालमा आज निधन भएको हो । उहाँको पार्थिव शरीर नेपाल ल्याइएपछि पार्टीले श्रद्धाञ्जलिका लागि काँग्रेस केन्द्रीय कार्यालयमा राख्ने प्रवक्ता विश्वप्रकाश शर्माले...
प्रमको भारत भ्रमणमा कलाकार पनि

प्रमको भारत भ्रमणमा कलाकार पनि

काठमाडौँ, १६ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा जागरण र परिवर्तनका ल्याउन लागि चलचित्र निर्माण गरिनुपर्ने बताउनुभएको छ । नेपाल कलाकार संघद्वारा आज यहाँ आयोजित दोस्रो फान अवार्ड कार्यक्रममा प्रधानमन्त्री ओलीले समयको मागअनुरुप चलचित्र निर्माण हुन सकेमा मात्र यस क्षेत्रको विकास र उन्नति हुनसक्ने बताउँदै आफ्नो भारत भ्रमणमा कलाकारलाई पनि स्थान दिइने जानकारी दिनुभयो । छिट्टै भारत र नेपालका क...
मुम्बईमा २७ लाख चोरीका आरोपित युवा नेपालमा पक्राउ

मुम्बईमा २७ लाख चोरीका आरोपित युवा नेपालमा पक्राउ

सुर्खेत, १६ चैत ।  भारतको मुम्बई थाने भन्ने स्थानबाट रु २७ लाख चोरेको आरोपमा एक नेपाली युवालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराह गाउँपालिका–३ तरंगा सुर्खेतका ३० वर्षीय कर्णबहादुर शाही रहेका छन् । उनलाई सुर्खेत प्रहरीले यही चैत १३ गतेका दिन पक्राउ गरेको हो । भारतीय प्रहरीले इन्टरपोलमार्फत आरोपित शाहीलाई बुझेर सहयोग गर्न अनुरोध गरेपछि उनलाई समातिएको जिल्ला प्रहरी कार्यालय सुर्ख...
नेता खड्काको निधनप्रति दुःख व्यक्त

नेता खड्काको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, १६ चैत ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री खुमबहादुर खड्काको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले आज शोक विज्ञप्ति प्रकाशित गरी नेपालमा लोकतन्त्र स्थापना र पुनःस्र्थापनामा सक्रिय भूमिका निर्वाह गर्नुभएका, लामो समय प्रवास र जेल जीवन व्यतित गर्नुभएका नेता खड्काको निधनको खबरले आफूलाई मर्माहत र स्तब्ध बनाएको उल्ले...
पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन

पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन

काठमाडाैं, १६ चैत । पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन भएको छ । भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारको क्रममा खड्काको निधन भएको हो । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले उनको निधन भएको पुष्टि गरेका छन् । शर्माले भने, ‘उहाँकाे पार्थिव शरीरलार्इ नेपाल ल्याउने भन्ने बारे पार्टी र परिवारबीच कुराकानी भइरहेको छ ।’ उनी मिर्गौला, छाती र नसाको समस्याबाट पीडित थिए । मिर्गौला प्रत्...
अस्थायी शिक्षकको परीक्षा पाँचौ पटक स्थगित

अस्थायी शिक्षकको परीक्षा पाँचौ पटक स्थगित

भक्तपुर, १६ चैत ।  शिक्षक सेवा आयोगले यही चैत २३ गते तोकेको अस्थायी शिक्षकको परीक्षा पाँचौ पटक स्थगित गरेको छ । आयोगले आज विज्ञप्ति जारी गर्दै पाँचौ पटक परीक्षा स्थगित गरेको जनाएको छ । परीक्षाको अन्तिम तयारी पुरा गरिसकेको अवस्थामा परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको पत्र प्राप्त भएकाले बाध्य भएर परीक्षा स्थगित गर्नुपरेको आयोगका अध्यक्ष ताना गौतमले बताउनुभयो । आयोगले अस्थायी शिक्षक (प्र...
मेला भर्न गएकी १६ वर्षीया किशोरीको सामूहिक बलात्कार

मेला भर्न गएकी १६ वर्षीया किशोरीको सामूहिक बलात्कार

काठमाडौं, १६ चैत ।  पर्वतको छमर्केमा मेला भर्न गएकी १६ वर्षीया किशोरी सामूहिक बलात्कारको शिकार भएकी छन् । लिफ्ट दिने नाममा होटलमा पुर्‍याएको र मदिरा पिलाएर बलात्कार गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । सँगै रहेकी किशोरीले भागेर प्रहरीलाई खबर गरेपछि घटनामा संलग्न ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कुश्मा-१, सहस्रधाराका २३ वर्षीय शिशिर क्षेत्री, कुश्मा-५, वडागाउका १७ का सौगात शर्मा ...
सैनिक मञ्चमा १८ हजार पूर्व सैनिक भेला हुँदै

सैनिक मञ्चमा १८ हजार पूर्व सैनिक भेला हुँदै

काठमाडौँ, १६ चैत । सैनिक मञ्च टुँडिखेलमा पहिलो पटक भोलि शनिबार १८ हजारभन्दा बढी भूपू सैनिकको जमघट हुँदैछ । उपत्यका पृतना मातहतका काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे र सिन्धुपाल्चोक जिल्लामा बसोबास गर्ने १८ हजार ७०० भूपू सैनिक टुँडिखेलमा भेला हुने नेपाली सेनाले जनाएको छ । भूपू सैनिक सम्मेलनका अवसरमा ती जिल्लाका पूर्व सैनिकहरु एकै पटक टुँडिखेलमा भेला हुन लागेको हो । यस पटकको पूर्व सैनिकको सम...
विद्रोही र उनका परिवारसहित सात हजारले गुटा छोडे

विद्रोही र उनका परिवारसहित सात हजारले गुटा छोडे

दमासकस, १६ चैत ।  सिरियाको राजधानी दमासकसबाट पूर्वीभागमा पर्ने गुटा क्षेत्रबाट विद्रोही र उनका परिवारसहित करिब सात हजार तीन सय जनालाई सुरक्षित स्थानमा सरिएको छ । उनीहरुले गुटा क्षेत्र छोड्न पाउने रोजाई सरकारले दिएको थियो । राज्यद्वारा सञ्चालित समाचार समिति सानाले शुक्रबार सो कुराको जानकारी दिएको छ । सिरियाली विद्रोही समूह र सिरियाली सरकारबीच भएको सम्झौताअनुसार उनीहरुलाई गुटा छोडेर अन्यत्रै ब...
रूसले लियो अमेरिकासँग बदला, ६० कुटनीतिज्ञ निस्कासित

रूसले लियो अमेरिकासँग बदला, ६० कुटनीतिज्ञ निस्कासित

मस्को, १६ चैत। संयुक्तराज्य अमेरिकाले आफ्नो मुलुकमा कार्यरत ६० जना रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको घटनापछि त्यसको बदला रुसले पनि लिएको छ । शुक्रबार प्राप्त एक समाचारमा जनाइएअनुसार रुसले पनि अमेरिकी कूटनीतिज्ञलाई देश निकाला गरेको छ । यसको जानकारी शुक्रबार रुसी विदेश मन्त्रालयले दिएको छ । यसअघि अमेरिकी विदेश मन्त्रालयले गरेजस्तै अमेरिकाका ६० जना कूटनीतिज्ञलाई रुसले पनि देश छोड्न आदेश...
प्रधानमन्त्रीको राजकीय भारत भ्रमणको औपचारिक घोषणा

प्रधानमन्त्रीको राजकीय भारत भ्रमणको औपचारिक घोषणा

काठमाडौं, १६ चैत । परराष्ट्र मन्त्रालयले आज प्रधानमन्त्री केपी शर्मा ओलीको राजकीय भारत भ्रमणको मिति घोषणा गरेको छ । उनी चैत २३ देखि २५ सम्म भारत जाने भएका छन् । ओलीले पहिलो भ्रमण भारतलाई रोजेका छन् । दोस्रोपटक प्रधानमन्त्री भएका ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तीनपटक फोनबाट र एक पटक औपचारिक पत्र पठाइसकेका छन् । ओलीको भ्रमण चैत २४ देखि २६ सम्मका लागि भारतले प्रस्ताव गरेको थियोे । ...
सांसदद्वारा प्रजातन्त्र र शहीद दिवस बिदा कटौतीको विरोध

सांसदद्वारा प्रजातन्त्र र शहीद दिवस बिदा कटौतीको विरोध

काठमाडौँ, १६ चैत । प्रतिनिधिसभा सदस्यले फागुन ७ गते प्रजातन्त्र दिवस र माघ १६ गते शहीद दिवसको बिदा कटौतीको विरोध गर्दै तत्काल सो निर्णय फिर्ता लिन सरकारसंग माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली काँग्रेसका दिलेन्द्रप्रसाद बडूले प्रजातन्त्र स्थापना भएको दिन र जनताका अधिकारका लागि सहादत प्राप्त गरेको शहीदको स्मरण गर्ने दिनको बिदा सरकारले कटौती गरेकामा आपत्ति जनाउँदै तत्काल फिर्ता गर्न ...
बेपत्ता पारिएका र सत्य निरुपणसम्बन्धी अध्यादेश स्वीकृत

बेपत्ता पारिएका र सत्य निरुपणसम्बन्धी अध्यादेश स्वीकृत

काठमाडौँ, १६ चैत ।  प्रतिनिधिसभाले “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७४” लाई स्वीकृत गरेको छ । संसद्को आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो । त्यस्तै बैठकमा आजै गृहमन्त्री रामबहादुर थापाले बैठकमा “राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, २०७...
काठमाडौँ उपत्यकामा झण्डै ६० प्रतिशत किसान थोपा सिँचाइमा

काठमाडौँ उपत्यकामा झण्डै ६० प्रतिशत किसान थोपा सिँचाइमा

ललितपुर, १६ चैत । काठमाडौँ उपत्यकामा झण्डै ६० प्रतिशत किसानले थोपा सिँचाइ गर्न थालेका छन् । झण्डै एक दशकमा तरकारीखेतीमा थोपा सिँचाइको प्रयोग ह्वात्तै बढेको नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गतको तरकारी विकास निर्देशनालयका वरिष्ठ तरकारी विकास अधिकृत खेमराज जोशीले बताउनुभयो । थोपा सिँचाइका कारण जनशक्ति र पानी दुवैको बचत भएको छ । काठमाडौँ उपत्यकामा पानीको कमीका कारण थोपा सिँचाइ उपयुक्त रहेको छ ।...
पशुमाथिको अत्याचार अन्त्य गर

पशुमाथिको अत्याचार अन्त्य गर

काठमाडौँ, १६ चैत । छाडा कुकुर र पशु अधिकारको संरक्षणमा तन–मन–धन दिएर वर्षौंदेखि लागेकी स्नेहा श्रेष्ठको आश्रममा यतिखेर २०० हराहारीमा कुकुर छन् । काठमाडौँको चोभारस्थित ‘स्नेहाज् केयर’ नामक सो आश्रममा ती कुकुर स्नेहाले आफैं ल्याउनुभएको होइन । “आमा मारिएर विचल्लीमा परेका, कुटेर, एसिड खन्याएर, काटेर, गाडीले कुल्चेर घाइते बनेका कुकुरलाई सडकबाट टिपेर ल्याउँछु,” उहाँले भन्नुभयो – “फर्काउन मिल्नेलाई फेरि...
पहिलो राष्ट्रिय आयुर्वेद गोष्ठी तथा प्रदर्शनी हुने

पहिलो राष्ट्रिय आयुर्वेद गोष्ठी तथा प्रदर्शनी हुने

काठमाडौँ, १६ चैत । नेपालमा पहिलोपटक राष्ट्रिय आयुर्वेद गोष्ठी तथा प्रदर्शनी हुन लागेको छ । आयुर्वेदमा पछिल्लो समयमा भएका खोजी अनुसन्धान र उपलब्धिबारे जानकारी आदानप्रदान गर्ने उद्देश्यले पहिलोपटक गोष्ठी आयोजना हुन लागेको हो । नेपाल विद्यार्थी समाजको आयोजनामा आगामी चैत २४ गतेबाट काठमाडौँको कीर्तिपुरमा हुने गोष्ठीमा देश विदेशबाट आएका विज्ञले आयुर्वेदको विकास र पछिल्ला उपलब्धिबारे जानकारी दिने ब...
तीन सन्तान विदेशमै गुमे: दैव पनि हाम्रा लागि कति कठोर भैदियो

तीन सन्तान विदेशमै गुमे: दैव पनि हाम्रा लागि कति कठोर भैदियो

बेनी, म्याग्दी, १६ चैत । म्याग्दी जिल्लाको मालिका गाउँपालिका–२ रुम बेलीगाउँका धनबहादुर रोका र लिलमती रोकाको परिवारले यतिबेला ठूलो बज्रपात खेप्न परेको छ । रोका दम्पतीका चार छोरा र दुई छोरीमध्ये तीनवटा छोराको वैदेशिक रोजगारीका लागि विदेश गएको अवस्थामा विदेशमा नै मृत्यु भएपछि रोका दम्पतीको बाँच्ने रहर मरेको छ । बूढेसकालको सहारा छिनिएको छ । घरमा आँशुको मूल फुटेजस्तै भएको छ । रुमको बेली गाउँ रोएको छ ।...
बाँकेमा गोली हानी श्रीमतीको हत्या, श्रीमानलाई प्रहरीले समात्यो

बाँकेमा गोली हानी श्रीमतीको हत्या, श्रीमानलाई प्रहरीले समात्यो

काठमाडौं, १६ चैत  । बाँकेमा गएराति एक महिलाको गोली हानी हत्या भएको छ । डुडुवा गाउँपालिका ३ बनकट्टीका ३० वर्षीय सञ्जयकुमार बर्माले २८ वर्षीया श्रीमती शान्तिदेवी बर्माको गोली हानी हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता इन्स्पेक्टर रणबहादुर बिष्टले गएराति ११ः३० बजे सञ्जयकुमारले  आफ्नै नाममा रहेको बाह्र बोरको बन्दुकले हानेर छोरीसँगै सुतिरहेकी श्रीमतीको हत्या गरेको जानकारी दिए ...
तन्नामा आगो सल्किँदा जलेर मृत्यु

तन्नामा आगो सल्किँदा जलेर मृत्यु

कञ्चनपुर, १६ चैत । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ मछेली शिविरमा बस्दै आएका ५५ वर्षीय छेदालाल चौधरीको गएराति जलेर मृत्यु भएको छ । दमका दीर्घरोगी रहेका चौधरीले चुरोट खाँदै गर्दा तन्नामा आगो लागेर जलेर गम्भीर घाइते भएपछि महाकाली अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायब निरीक्षक भरतसिंह धामीले बताउनुभयो । चौधरीको मुख र छाती जलेर अवस्था गम्भीर भएपछि...
नेपालका ३ मेयर स्मार्ट सिटी सिक्न ताइवानमा

नेपालका ३ मेयर स्मार्ट सिटी सिक्न ताइवानमा

ताइपेइ, १६ चैत  । ताइवानको ताइपेइ शहरले आयोजना गरेको स्मार्ट सिटीसम्बन्धी सम्मेलनमा नेपालका तीन जना मेयरहरु सहभागी भएका छन् । विश्वका पचास बढी देशका १ सय ५० बढी मेयरहरुलाई सहभागि गराएर ताइपेइ शहरले चैत १२ देखि १५ सम्म स्मार्ट सिटी सम्मेलन आयोजना गरेको थियो । सम्मेलनमा नेपालबाट पोखरा लेखनाथ महानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र धनगढी उपमहानगरपालिकाका मेयरहरु सहभागी भएका हुन् । उनीहरुले सम्मेलनब...
धार्मिक पर्यटक वृद्धि गर्न पशुपतिमा संकीर्तन हुने

धार्मिक पर्यटक वृद्धि गर्न पशुपतिमा संकीर्तन हुने

काठमाडौँ, १६ चैत ।  मुलुकमा धार्मिक पर्यटक वृद्धि गर्ने उद्देश्यले पाशुपत क्षेत्रको हंशमण्डपमा शनिबार हरिनाम संकीर्तन गर्न लागिएको छ । नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन) ले आयोजना गर्ने उक्त कार्यक्रममा बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म भजनकीर्तन गरिनेछ । भगवान् कृष्णका अनुयायी जम्मा भई कार्यक्रममा विभिन्न १६ समूहमा बाँडिएर धर्मावलम्बीले हरे कृष्ण, हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे ।...
मुलुक कुनै बहानामा हिंसामा धकेलिनुहुन्न : राष्ट्रपति भण्डारी

मुलुक कुनै बहानामा हिंसामा धकेलिनुहुन्न : राष्ट्रपति भण्डारी

काठमाडौं, १६ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्मा पहिलोपटक सम्बोधन गरेकी छिन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई बिहीबार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले मुलुक अब कुनै पनि बहानामा हिंसामा धकेलिन नहुने बताइन् । उनले जनताको आवश्यकता पूरा गर्न सबै तहका जनप्रतिनिधिले परिणाममुखी काम गर्ने वेला आएको बताइन् । संविधानले व्यवस्था गरेअनुसारको संरचनाको निर्माण भइसकेकाले दे...
पत्रकारको न्यूनतम पारिश्रमिकसम्बन्धी सुझाव संकलन

पत्रकारको न्यूनतम पारिश्रमिकसम्बन्धी सुझाव संकलन

रसुवा, १५ चैत । विभिन्न सञ्चारमाध्यममा काम गर्ने यहाँका पत्रकारको समस्या र पारश्रमिकसम्बन्धी विषयमा आज सुझाव संकलन भएको छ । श्रमजीवी पत्रकारसम्बन्धी ऐनको कार्यान्वयन, यहाँका पत्रकारले भोग्नुपरेको समस्या र समाधानका विषयमा सुझाव संकलन गरिएको न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य युवराज विद्रोहीले बताउनुभयो । सुझाव संकलनका क्रममा ‘रासस’, ‘नेपाल टेलिभिजन’, ‘कान्तिपुर’, ‘टिभी टुडे’ र ‘नयाँ पत...
स्थानीय तहमा दरवन्दी अनुसारका कर्मचारी एक हप्ताभित्र खटाइने

स्थानीय तहमा दरवन्दी अनुसारका कर्मचारी एक हप्ताभित्र खटाइने

काठमाडौँ १५ चैत । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका लागि मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेका दरवन्दी अनुसार एक हप्ताभित्रमा कर्मचारी खटाउने कार्य शुरु गर्ने जनाएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरिएको दरवन्दी अनुसार ५७ हजार ३५४ कर्मचारीलाई अवको एक हप्तामा खटाउन शुरु गर्ने मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले जानकारी दिनुभयो । ‘‘भर्खरै स्थानीय तहको सां...
विश्वशान्ति र समृद्धिका लागि योगदान गरौँ: राष्ट्रपति

विश्वशान्ति र समृद्धिका लागि योगदान गरौँ: राष्ट्रपति

काठमाडौँ, १५ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वशान्ति र समृद्धिका लागि मुलुकले सक्दो योगदान गर्नुपर्नेमा जोड दिनुभएको छ । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज अपराह्न सम्बोधन गर्दै उहाँले छिमेकी राष्ट्रलगायत तमाम मित्रसँग मैत्री र सहकार्यको हात बढाउनुपर्ने बताउनुभयो । राष्ट्रपतिले नेपाल र नेपालीका विकासका आकांक्षा पूरा गर्न अन्तर्राष्ट्रिय जगत्सँग उचित ढंगले समन्वय गर्दै मुलु...
मुलुक स्थायित्व र समृद्धिको चरणमा: राष्ट्रपति

मुलुक स्थायित्व र समृद्धिको चरणमा: राष्ट्रपति

काठमाडौँ, १५ चैत ।  राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुक स्थायित्व र समृद्धिको चरणमा प्रवेश गरेकाले अब कुनै पनि बहानामा द्वन्द्वमा जान नहुने बताउनुभएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उहाँले सबै तहमा जनप्रतिनिधिमूलक संस्थाको निर्वाचनसँगै लोकतन्त्र र अग्रगमनका लागि उज्वल सम्भावना देखिएको उल्लेख गर्नुभयो । निर्वाचनपछि पहिलोपटक दुवै सदनको पहिलो ऐतिहासिक बैठकल...
संघीय संसदमा राष्ट्रपतिको पहिलो सम्बोधन शुरु

संघीय संसदमा राष्ट्रपतिको पहिलो सम्बोधन शुरु

काठमाडौँ, १५ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीबाट अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन भएको छ । निर्वाचनपछि आज दुवै सदनको पहिलो ऐतिहासिक बैठकलाई उहाँले सम्बोधन गर्नुभएको हो । बैठक शुरु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सो सम्बोधनको प्रति राष्ट्रपति भण्डारीलाई प्रदान गर्नुभएको थियो । संसद् बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ...
जलवायु परिवर्तनका कारण नेपाल जोखिममा परेको चेतावनी

जलवायु परिवर्तनका कारण नेपाल जोखिममा परेको चेतावनी

काठमाडौं, १५ चैत ।  अनुसन्धानकर्ताहरुले नेपालमा जलवायु परिवर्तनका कारण मानव स्वास्थ्य जटिल बन्दै गएको चेतावनी दिएका छन् ।  जलवायु परिवर्तनकै कारण एक वर्ष अघि जाजरकोटलगायतका जिल्लाहरुमा झाडापखालाको महामारी फैलिएको पनि विभिन्न अध्ययन अनुसन्धानले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदका बरिष्ठ अनुसन्धान अधिकृत डा.मेघनाथ धिमालले जलवायु परिवर्तनकै कारण जाजरकोटमा एक वर्षअघि झाडापखालाको महामारी फैल...
धनुषामा एक १३ वर्षीया बालिका सामूहिक बलात्कृत

धनुषामा एक १३ वर्षीया बालिका सामूहिक बलात्कृत

महेन्द्रनगर, धनुषा, १५ चैत । धनुषामा गएराति एक १३ वर्षीया बालिका सामूहिक बलात्कृत भएकी छिन् । यदुकोहा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पवन झाका अनुसार बुधबार राति घरमा कोही नभएको मौका छोपी सहिदनगर नगरपालिका– ८ बिसरभोरा बस्ने ३२ वर्षीय भुट्टाई भनिने मनोज नरसरिया र ३० वर्षीय दीपेश बिराजीले बालिका बलात्कार गरेका हुन् । आरोपीद्वयले बालिकाका आमाबुबा बाहिर गएको मोका छोपी बालिकालाई हात मुख ब...
आमाको उपचार गर्न आएकी युवती नक्कली डाक्टरबाट बलात्कृत

आमाको उपचार गर्न आएकी युवती नक्कली डाक्टरबाट बलात्कृत

काठमाडौं, १५ चैत । काठमाडौं गंगालाल अस्पतालमा आमाको उपचार गर्न आएकी २३ वर्षीय युवती नक्कली डाक्टरबाट बलात्कृत भएकी छन् । अस्पतालमा आमाको उपचारका लागि पुगेकी ती युवतीलाई आफू पनि डाक्टर भएको बताउँदै पाल्पा तानसेन–११ घर भइ हाल काठमाडौं–२६ बस्दै आएका २७ वर्षीय अर्जुन कोइरालाले बलात्कार खुलेको काठमाडौं प्रहरी परिसरले जनाएको हो । ती महिलालाई अर्जुनले आफ्नो नाम सन्तोष घले बताएर अस्पतालका डाक्टरहरुसँग...
error: Content is protected !!