प्रतिबन्धित भारतीय रुपैँयासहित दुई पक्राउ
काठमाडौँ, २९ चैत । महानगरीय प्रहरी परिसरले प्रतिबन्धित ४९ लाख ३१ हजार ५०० भारतीय रुपैँयासहित दुईजनालाई पक्राउ गरेको छ ।
परिसरको टोलीले प्रतिबन्धित गरिसकेको ५०० र एक हजार दरका पुराना भारतीय नोटसहित मोरङका सुनिलदेव वैश्य र नुवाकोटका चेतबहादुर नेपालीलाई बुधबार दिउँसो लाजिम्पाटबाट पक्राउ गरेको हो ।
परिसरले आज पत्रकार सम्मेलन गरी ५०० का पाँच हजार ४५१ र एक हजारका दुई हजार २०६ थान रकम बरामद गरेको जान...




























