काठमाडौं, २९ चैत । आकर्षक रोजगारीको नाममा भ्रामक रुपमा विज्ञापन तथा प्रचारप्रसार गरि ठगहरु सलबलाएपछि अस्ट्रेलियाको राजधानी क्यानवेरास्थित नेपाली राजदूतावासले सचेत गराएको छ । विज्ञापनको भर पर्दा कतिपय ठगिएको र ठगिने डर भएकोले यस्ता विज्ञापनको भर नपर्न दूतावासले विज्ञप्ती निकाल्दै सतर्क गराएको हो । यस्ता विज्ञापनहरु गठी गर्ने नियतले गरेको भन्दै विज्ञापनको भ्रममा नपर्न नेपालीहरुलाई आग्रह गरेको छ ।

Advertisement

हालसम्म अष्ट्रेलिया सरकार र नेपाल सरकारवीच अष्ट्रेलियामा नेपाली कामदार ल्याउने सम्बन्धमा कुनै सहमति र सम्झौता नभएको समेत दूतावासले स्पस्ट पारेको छ । साथै उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया आउने नेपाली विद्यार्थीहरुले अष्ट्रेलिया आउनुभन्दा पहिले अध्ययन गर्न चाहेको शैक्षिक संस्था, आवास एवंम सामाजिक र आर्थिक वातावरणको सम्बन्धमा जानकारी लिएर मात्रै आउन दूतावासले अनुरोध गरेको छ

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!