काठमाडौं, २९ चैत । महिला अधिकारकर्मी रीता साहले गाई काट्ने परम्परा धेरै पहिलादेखि चलिआएको भन्दै गाई काटेकै कारण पक्राउ गर्न नहुने बताएकी छिन् । साथै उनले परेकाहरूलाई छाड्न समेत माग गरेकी छिन् ।
नेपाल मधेस फाउण्डेसनमा समेत रहेकी साहले एक अन्तर्वार्ताका क्रममो हिन्दूधर्मले मान्ने कुरालाई अर्को धर्म समुदायले मान्नै पर्छ भन्ने नभ्एको बताइन् । उनले नेपालको राष्ट्रिय जनावर गाईलाई परिवर्तन गर्नुपर्ने बेला आएको उल्लेख गरेकी छिन् ।
गाई हिन्दूहरूको लागि पूज्यनीय रहेपनि अरु धर्म मान्नेहरूका लागि एउटा पशु मात्रै रहेको बताइन् । ‘गाई हिन्दूहरूको लागि पूज्यनीय हुन सक्छ’, अधिकारकर्मी साहले भनिन्, ‘मुस्लिम र क्रिश्चिन लगायतका धर्महरूको लागि अर्कै जनावर पूज्यनीय हुन सक्छ ।’ साहले भनेकी छिन् ‘त्यसैले कुनै यस्तो राष्ट्रिय जनावर रोजौं जुन सबै धर्म मान्नेहरूको लागि पूज्यनीय होस् ।’ साहले गाईलाई काटेर मासु खान पाउनुपर्ने मागको राज्यले सम्मान गर्नुपर्ने बताइन् ।
‘गाई काट्ने परम्परा आजदेखिको होइन मुस्लिम धर्ममा यो धेरै पहिलादेखि चलिआएको परम्परा हो’, उनले भनिन्, ‘तर, धर्म निरपेक्ष देशमा गाई काटेको आरोपमा पश्चिम नेपालमा धेरै जना मुस्लिममाथि मुद्दा लगाइएको छ । धेरै जना जेलमा छन् । उनीहरूको लागि त्यो (गाई काटेर मासु खाने) राम्रो हो ।
तर, अरुको आस्थामाथि पर्छ त्यसैले अब यसमा परिवर्तन ल्याउनुपर्छ ।’ संविधान निरपेक्ष भईसकेपछि पनि पुरानै हिन्दूराजाले ल्याएको परम्पराहरू चलिरहेकाले अब ढाका टोपी, गुन्योचोली, गाई, डाँफे जस्ता विषयमा पनि परिवर्तन आवश्यक रहेको अधिकारकर्मी साहको तर्क छ ।