पत्रकारका तीन संगठनवीच प्रदेश अधिवेशनमा तालमेल गर्ने सहमति

पत्रकारका तीन संगठनवीच प्रदेश अधिवेशनमा तालमेल गर्ने सहमति

काठमाडौँ, ४ वैशाख । नेपाल पत्रकार महासंघ प्रदेश समितिको अधिवेशनमा प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन र प्रेस सेन्टर नेपालले तालमेल गर्ने सहमति गरेका छन् । तीन संस्थाका पदाधिकारीको आज बसेको बैठकले भौगोलिक सात र गैरभौगोलिक तीन गरी १० प्रदेशका नेतृत्व र कार्यसमितिमा सहमतिका साथ उम्मेदवारी दिने निर्णय गरेका छन् । यही वैशाख २२ गते हुने प्रदेश समितिको अधिवेशनमा प्रेस चौतारीले पाँच, प्रेस युनियन ...
सूचना प्रविधि ऐनको तयारीमा सरकार, के छ प्रस्तावित ऐनमा ?

सूचना प्रविधि ऐनको तयारीमा सरकार, के छ प्रस्तावित ऐनमा ?

काठमाडौँ, ४ वैशाख । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधिलाई खुला, पारदर्शी, व्यवस्थित र विकसित गर्न सूचना प्रविधि ऐन ल्याउन लागेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “सूचना प्राविधिले बरदान र बर्बादी दुवै निम्त्याउँदै छ, बर्बादीलाई नियन्त्रण र बरदानलाई सुरक्षित गर्नु प्रस्तावित नयाँ ऐनको ध्येय हो ।” सूचना प्रविधि विभागद्वारा तयार पारिएको प्रस्तावित नयाँ सूचन...
बालक हत्यारालाई ३१ वर्ष कैद

बालक हत्यारालाई ३१ वर्ष कैद

गौशाला, ४ वैशाख।  बालकलाई अपहरण गरी हत्या गरेको आरोपमा महोत्तरी जिल्लाको जलेश्वर कारागारमा पुर्पक्षमा बस्दै आएका दुई जनालाई महोत्तरी जिल्ला अदालतले आज जनही ३१ वर्ष कैद सजाय सुनाएको छ । जलेश्वर १२ मलिवारा गाउँबाट नवीन पाण्डेका ११ वर्षीय छोरा क्युट भनिने निश्चललाई २०७२ पुस ३० गते साँझ ६ बजे अपहरण गरी जलेश्वर १३ स्थित रातु खोलाको पुल नजिकै झारीमा हत्या गरेर गाडेको आरोपमा अदालतले जलेश्वर नगरपालिका– १...
दोधारा–चाँदनीवासीको पीडा : वर्षात्मा बाढीको त्रास, हिउँदमा सिँचाइ अभाव

दोधारा–चाँदनीवासीको पीडा : वर्षात्मा बाढीको त्रास, हिउँदमा सिँचाइ अभाव

कञ्चनपुर, ४ वैशाख । बाइस वर्ष अघि नेपाल–भारतबीच महाकाली सन्धि हुँदा कञ्चनपुरको महाकाली नगरपालिका–१ का वडाध्यक्ष अर्जुन भट्ट औधी खुशी हुनुभयो । उहाँ त्यतिबेला राजनीतिक यात्रा थाल्नुभएको थिएन । सन्धिपछि महाकालीको पानीले खेत सिञ्चित गर्ने भट्टको इच्छा अझै अधुरै छ । भट्ट किसान परिवारबाट सक्रिय राजनीतिमा होमिँदै अहिले वडाध्यक्ष बन्नुभएको छ । विसं २०२८ मा महाकाली नदी पारीको दोधारा–चाँदनी बसाइँ सर्नुभ...
आठ ग्यास उद्योगलाई नेपाल गुणस्तर चिह्न प्रदान

आठ ग्यास उद्योगलाई नेपाल गुणस्तर चिह्न प्रदान

काठमाडौँ, ४ वैशाख ।  नेपाल गुणस्तर तथा नापतौल विभागले आठ ग्यास उद्योगलाई नेपाल गुणस्तर चिह्न (एनएस) प्रदान गरेको छ । नेपालभर ५८ ग्यास उद्योग रहेपनि आठ उद्योगले मात्र गुणस्तर चिह्न लिएका छन् । गुणस्तर चिह्न लिने उद्योगमा मनोज ग्यास उद्योग बारा, नेपाल ग्यास उद्योग बालाजु, श्रीकृष्ण ग्यास उद्योग धादिङ, साइबाबा ग्यास उद्योग चितवन, मेट्रो काठमाडौँ ग्यास धादिङ, एनएल ग्यास उद्योग बारा, जानकी ग्यास उद्...
एमाले–माओवादी एकतापछि ‘सूर्य’ चिह्नमा समझदारी : र्ईश्वर पोखरेल

एमाले–माओवादी एकतापछि ‘सूर्य’ चिह्नमा समझदारी : र्ईश्वर पोखरेल

काठमाडौँ, ४ वैशाख। पार्टी एकताको तयारी रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच निर्वाचन चिह्न ‘सूर्य’ रहने समझदारी भएको छ । पार्टी एकता संयोजन समितिको आजको बैठक मिल्न बाँकी विषयलाई टुङ्गो लगाउन दुई अध्यक्ष्रुलाई जिम्मेवारी दिइएकामा निर्वाचन चिह्नको विषयमा विवाद नभएको नेताहरुले जनाएका छन् । एमालेले सूर्य र केन्द्रले ‘सूर्यभित्र हँसिया हथौडा’ चिह्न राख्नुपर्ने अडान राखेको कुरा बाहिर आए पन...
युएन वुमन कार्यकारी बोर्ड सदस्यमा नेपाल निर्वाचित

युएन वुमन कार्यकारी बोर्ड सदस्यमा नेपाल निर्वाचित

काठमाडौँ, ४ वैशाख । लैंगिक समानता तथा महिला सशक्तीकरणसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय युएन वुमनको कार्यकारी बोर्डका सदस्यमा नेपाल निर्वाचित भएको छ । आगामी सन् २०१९–२०२१ का लागि नेपाल उक्त पदमा निर्वाचित भएको राष्ट्र संघका लागि स्थायी नेपाली नियोगले जनाएको छ । सन् २०१० मा उक्त संस्था स्थापना भएयता पहिलो पटक नेपाल बोर्ड सदस्यमा निर्वाचित भएको हो । नेपालसहित बंगलादेश, भारत, मंगोलिया र साउदी अ...
वैकल्पिक ऊर्जाको आभावमा गुइँठाको प्रयोग

वैकल्पिक ऊर्जाको आभावमा गुइँठाको प्रयोग

नवलपरासी, ४ वैशाख। पश्चिम नवलपरासीको ग्रामीण क्षेत्रका बासिन्दा वैकल्पिक ऊर्जाको अभावका कारण खाना पकाउन गुइँठाको प्रयोग गर्दैआएका छन् । पर्याप्त काठ दाउरा नभएपछि यहाँका बासिन्दाले गाईभैँसीको गोबर र परालको भुसबाट तयार पारिएको गुइँठाबाट खाना पकाउने गरेका हुन् । ग्रामीण क्षेत्रमा खाना पकाउने ग्यास पर्याप्त मात्रामा उपलब्ध छैन । गुइँठाबाट निस्किने धुँवा स्वास्थ्यका लागि निकै खतरनाक मानिन्छ । लामो ...
करेन्ट लागेर ७ जना घाइते, १ को अवस्था गम्भीर

करेन्ट लागेर ७ जना घाइते, १ को अवस्था गम्भीर

मलेखु, धादिङ, ४ वैशाख । थाक्रे गाउँपालिका–११ केवलपुरमा आज बिहान खानेपानीको पाइप मिलाउने क्रममा करेन्ट लागेर सात जना घाइते भएका छन् । बोरिङ गरेर तानिएको पानीको पाइप बाटोमाथि मिलाउन लाग्दा हाइटेन्सन लाइनमा छोई करेन्ट लागेपछि कामदार घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए । इलाका प्रहरी कार्यालय खानीखोलाका अनुसार झापा जिल्ला निवासी मिक्की तामाङ तथा धा...
सांसदलाई मुद्दा लागे स्वतः निलम्बन हुने

सांसदलाई मुद्दा लागे स्वतः निलम्बन हुने

काठमाडौं, ४ वैशाख। संघीय संसदका नियमवाली बन्ने क्रममा छन् । नियामावली बनिसकेपछि संघीय संसदमा कति संसदीय समिति बन्ने भन्ने टुङगो लाग्नेछ । यसका लागि दुई समितिले गृहकार्य अन्तिम चरणमा पुर्याएका छन् । एमालेका सासंद कृष्णभक्त पोखरेलको संयोजकत्वमा गठित प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले त्यसको गृहकार्य गरिरहेको छ  भने, राष्ट्रिय सभा नियमावली मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङ नेतृत्वको समि...
प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह

प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह

हेटौँडा, ४ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग आज बिहान भेटी हेटौँडाबाट अन्यत्र प्रदेश राजधानी नसार्न आग्रह गर्नुभएको छ । पूर्वप्रधानमन्त्री देउवाले काँग्रेसको नेतृत्वमा रहेको तत्कालीन सरकारले हेटौँडालाई अस्थायी राजधानी तोकेको बताउँदै प्रदेशसभामा काभ्रेपलाञ्चोक र नुवाकोटलाई प्रदेश राजधानी बनाउन दर्ता भएको दुई प्रस्ताव तत्काल छलफलमा नल्य...
चौरजहारीमा जीप दुर्घटना, मेयरसहित ७ जना घाइते

चौरजहारीमा जीप दुर्घटना, मेयरसहित ७ जना घाइते

काठमाडौं, ४ बैशाख । पश्चिम रुकुमको चौरजहारी नगरपालिका-४ मेलैनाउलीमा मंगलबार जीप दुर्घटना भएको छ । विद्यार्थीहरुलाई पोशाक वितरणका लागि चौरजहारी-५ मा रहेको विद्यालयतर्फ जाँदै गरेको नगरपालिकाको टोली दुर्घटनामा परेको हो । दुर्घटनामा चौरजहारी नगरपालिकाका मेयर विशाल शर्मा लगायत ७ जना घाइते भएका छन् । वडा नं. ३ का लोकेन्द्र परियार, वडा नं. २ की पार्वती न्यौपाने, वडा नं. ३ का तेजबहादुर बटाला र ५ का भरत...
छपन्न बर्षपछि लागू भयो भिक्षा निषेध कानून

छपन्न बर्षपछि लागू भयो भिक्षा निषेध कानून

काठमाडौँ, ४ वैशाख । नेपालको कानून दैवले जानून् भन्ने उखानलाई चरितार्थ गर्दै एउटा कानून बनेको ५६ वर्षपछि पशुपतिनाथ मन्दिर परिसरबाट लागू हुन थालेको छ । विसं २०१८ चैत २९ गते राजा महेन्द्रबाट लालमोहर लागेको भिक्षा माग्ने (निषेध) ऐन पशुपतिनाथ मन्दिर परिसरबाट लागू भएको हो । भिक्षा माग्ने प्रथालाई निषेध गर्न बनेको ऐन २०१९ साल भदौ ११ गते नेपाल राजपत्रमा प्रकाशन भएको थियो । त्यसै वर्ष असोज १ गतेदेखि न...
नेपाली सेनाको कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिला

नेपाली सेनाको कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिला

काठमाडौँ, ३ वैशाख । नेपाली सेनाको कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिलाको प्रवेश भएको छ । सेनानी सुलोचना पौडेल शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेजमा सञ्चालन हुने २५औँ शृङ्खलाको एक वर्ष अवधिको उक्त कोर्षका लागि छनोट हुनुभएको हो । नेपाली सेनामा महिला चार हजार ६२ रहेकामा महिला सैनिक अधिकृतको संख्या ३७१ रहेको सहायकरथी एवं प्रवक्ता गोकुल भण्डारीले जानकारी दिनुभयो । सहायक सेनानीमा व...
परराष्ट्रमन्त्रीले सुनाए चीन भ्रमणका यस्ता एजेण्डा

परराष्ट्रमन्त्रीले सुनाए चीन भ्रमणका यस्ता एजेण्डा

काठमाडौं, ३ वैशाख। परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्नो चीन भ्रमणका क्रममा बुढीगण्डकी जलविद्युत आयोजनाबारे कुनैपनि छलफल नहुने बताएका छन् । मन्त्री ज्ञवालीले बुढिगण्डकी लागयत पुर्ववर्ती सरकारले गरेका निर्णय र कामबारे वर्तमान सरकारले अध्ययन गरिरहेकाले त्यसवारे अहिले नै कुनै निर्णय नगर्ने स्पष्ट पारेका हुन् । आजै साँझ ५ दिने चीन भ्रमणमा जान लागेका परराष्ट्र मन्त्री ज्ञवालीले मन्त्रालयमा ...
महन्त ठाकुर आईसीयूमा

महन्त ठाकुर आईसीयूमा

काठमाडौं, ३ वैशाख। राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुर दिल्लीस्थित मेदान्त अस्पतालको आइसीयुमा भर्ना भएका छन् । नियमित चेकअपका लागि चैत २७ गते दिल्ली पुगेका संयोजक ठाकुरको स्वास्थ्य जाँच गर्दा मुटुमा ‘ब्लड ब्लोकअप’ देखिए पछि उनलाई थप उपचारका आईसीयूमा भर्ना गरिएको राजपा नेपालका प्रवक्ता कृष्ण सिंहले जानकारी गराए । रगत प्रवाहमा समस्या देखिएपछि अप्रेशन गरी तीनवटा ‘स्टेन’ राखिएको छ । स...
सवारी दुर्घटनाः ९७ जनाको मृत्यु

सवारी दुर्घटनाः ९७ जनाको मृत्यु

चितवन, ३ वैशाख । चालू आर्थिक वर्षको नौ महिनामा जिल्लामा दुर्घटनाका कारण ९७ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार १९५ वटा सवारी दुर्घटनामा परी मृत्यु भएको हो । गत वर्ष २०७३ वैशाखदेखि चैत मसान्तसम्ममा १८२ वटा सवारी दुर्घटना भएका थिए । त्यस दुर्घटनामा परी १२९ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख छ । यस्तै ट्राफिक प्रहरीले २०७४ चैत मस...
यौनसम्पर्क गर्न नमानेपछि बसुन्धरामा युवतीको हत्या

यौनसम्पर्क गर्न नमानेपछि बसुन्धरामा युवतीको हत्या

काठमाडौं, ३ वैशाख। बसुन्धारामा आइतबार बेलुका युवतीको हत्या भएको खुलेको छ । शारीरिक सम्बन्ध राख्ने क्रममा विवाद हुँदा युवतीको हत्या भएको हो । प्रहरी स्रोतका अुनसार पर्सा ठोरी घर भएका ३० वर्षिय बिशाल तामाङले हत्या गरेका हुन् । हत्या गरिएको युवतीको नाम पूर्णिमा बिक भएको बताइएको छ । तर, उनका आफन्तलाई प्रहरीले सम्पर्क गर्न सकेको छैन। काठमाडौंका प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार अर्धनग्न अ...
विकको हत्यामा संलग्न तामाङ पक्राउ

विकको हत्यामा संलग्न तामाङ पक्राउ

काठमाडौँ, ३ वैशाख । महानगरीय प्रहरी परिसर काठमाडौँले पूर्णिमा विकको हत्यामा संलग्नलाई आज पक्राउ गरेको छ । परिसरअन्तर्गत रहेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले आइतबार राति ९ः३० बजे टोखाको सडकमा मृतावस्थामा भेटिएकी विकको हत्यामा संलग्न पर्साका विजय तामाङलाई आज बिहान धापासीबाट पक्राउ गरेको हो । मृतक विकलाई त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा ल्याएर शव परीक्षण गरिएको थियो । प...
सभामुख महरा र संयुक्त राष्ट्रसंघका सहायक महासचिवबीच भेटवार्ता

सभामुख महरा र संयुक्त राष्ट्रसंघका सहायक महासचिवबीच भेटवार्ता

काठमाडौँ, ३ वैशाख । सभामुख कृष्णबहादुर महरा र संयुक्त राष्ट्रसंघको राजनीतिक मामिला विभागका सहायक महासचिव मिरोस्लाभ जेन्का बीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित संसद् सचिवालयमा आज भएको भेटवार्तामा नेपालको दिगो विकास लक्ष्यका लागि भएका प्रयासहरु र संयुक्त राष्ट्रसंघले निर्वाह गर्दै आएको भूमिकाबारे चर्चा गरिएको थियो । भेटका अवसरमा सभामुख महराले नेपालमा संघीयता कार्यान्वयनको अभ्यास शुरु भएको भन्दै...
सिरियामा अमेरिकालाई साथ दिन्छौँ– फ्रान्सेली राष्ट्रपति

सिरियामा अमेरिकालाई साथ दिन्छौँ– फ्रान्सेली राष्ट्रपति

पेरिस, ३ वैशाख । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सिरियामा हुने कारबाहीका लागि फ्रान्सले अमेरिकालाई साथ दिने बताउनुभएको छ । उहाँले भन्नुभयो– हामी सिरियाका विषयमा अमेरिकालाई सहयोग गर्नेछौँ, अमेरिकालाई यो बाचा गरिसकेका छौँ तर अन्तर्राष्ट्रिय कानुन अनुसार नै हामीले सिरियामाथि कारबाही गरेका छौँ । उहाँले आवश्यक परेमा लामो समयसम्म पनि सिरियामा अमेरिकासँगै रहेर कामगर्ने गरी गत शनिबार संयुक्त...
सांस्कृतिक महत्वका सम्पदा क्षेत्रमा विद्यार्थीले भ्रमण गरे

सांस्कृतिक महत्वका सम्पदा क्षेत्रमा विद्यार्थीले भ्रमण गरे

काठमाडौँ, ३ वैशाख । अन्तर्राष्ट्रिय सम्पदा दिवसका सन्दर्भमा हनुमानढोकादेखि स्वयम्भूसम्मका ऐतिहासिक–सांस्कृतिक महत्वका सम्पदा क्षेत्रमा करीब १०० विद्यार्थीलाई आज भ्रमण गराइएको छ । एक विश्व सम्पदास्थल हनुमानढोकादेखि अर्को विश्व सम्पदास्थल स्वयम्भूसम्मका प्राचीन महत्वका सम्पदा क्षेत्रबारे उनीहरुलाई सिकाउने र संरक्षण गर्न अभिप्रेरित गर्ने उद्देश्यले उनीहरुलाई त्यस क्षेत्रको अवलोकन गराइएको छ । कक्ष...
तेइस हजार घर बनाउन ‘आवास पुनःनिर्माण परियोजना’ शुरु

तेइस हजार घर बनाउन ‘आवास पुनःनिर्माण परियोजना’ शुरु

नुवाकोट, ३ वैशाख। भारत सरकारको सहयोगमा यहाँको तेइस हजारभन्दा बढी भूकम्प प्रभावितलाई आवास पुनःनिर्माणमा सहयोग पु¥याउन ‘नेपाल आवास पुनःनिर्माण परियोजना सञ्चालन आएको छ । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले क्षति पु¥याएको आवास पुनःनिर्मााण प्राविधिक तथा सामाजिक सहयोग पु¥याउन जिल्लाको साविक १९ स्थानीय निकायमा परियोजना सञ्चालनमा आएको जिल्ला संयोजक प्रेमकान्त झाले जानकारी दिनुभयो । “तोकिएको स्था...
अमेरिकालाई पुटिनको चेतावनी: सिरियामा हमला भए चुप बसिन्न

अमेरिकालाई पुटिनको चेतावनी: सिरियामा हमला भए चुप बसिन्न

काठमाडाैँ, ३ वैशाख। सिरियामाथि अमेरिकाले गरेको हमलाका सम्बन्धमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कडा चुनौति दिएका छन् । राष्ट्रपति पुटिनले आइतबार चुनौति दिँदै यदी अमेरिकाले पुनः सिरियामा कुनै सैन्य आक्रमण गरे चुप नबस्ने चुनौति दिएका हुन् । सिरियाको डूमामा भएको रासायनिक हमलापछि शनिबार अमरिका फ्रान्स र ब्रिटेनले सिरियामा संयुक्त रुपमा बमबारी गरेका थिए । रूसले आधिकारिकरुपमा पहिले पनि सिरियमाथिको...
नाट्टाले अन्तर्राष्ट्रिय पर्यटन मेलामा भाग लिने

नाट्टाले अन्तर्राष्ट्रिय पर्यटन मेलामा भाग लिने

काठमाडौँ, ३ वैशाख । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले नेपालको पर्यटन प्रवद्र्धनका लागि आजदेखि चीनको बेइजिङमा आयोजना गरिने ‘अन्तर्राष्ट्रिय पर्यटन मेला नेपाल चाइना सेल्स मिसन–२०१८’ मा भाग लिने भएको छ । तीनदिने सो अन्तर्राष्ट्रिय पर्यटन मेलामा विश्वका पर्यटकीय गन्तव्यका बारेमा चर्चा हुने भएकाले नेपालको पर्यटकीय आकर्षणका बारेमा जानकारी गराई त्यहाँका टुर अपरेटर, ट्राभल एजेन्ट्स ल...
मातातीर्थ कुण्डमा भक्तजनको भीड

मातातीर्थ कुण्डमा भक्तजनको भीड

काठमाडौँ, ३ वैशाख । चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्नका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीको दिन आमाको मुख हेर्ने दिन वा मातातीर्थ औँसीका दिन यहाँ मेला लाग्ने गर्दछ । कुण्डमा स्नान गरेपछि आफ्नो आमाको मुक्तिको कामना गर्दै तर्पण दिन्छन् । दिवंगत माताको स्मरणमा उक्त कुण्डमा स्नान गरेर पवित्र मनका साथ तर्पण दिएपछि र पोखरीमा हेरेमा जन्म दिने ...
गेष्ट हाउसमा हत्या भएकी युवती यौनकर्मी भएको खुलासा, अभियुक्त युवकको यस्तो छ बयान

गेष्ट हाउसमा हत्या भएकी युवती यौनकर्मी भएको खुलासा, अभियुक्त युवकको यस्तो छ बयान

काठमाडाैँ ३ वैशाख। गत चैत २३ गते काठमाडौंको नयाँ बसपार्कस्थित एक गेष्ट हाउसमा युवतीको हत्या गरी फरार रहेका गोपाल शर्मा पक्राउ परेका छन् । हत्या गरिएकी २२ वर्षीय युवती यौनकर्मी भएको खुलेको छ । उनको हत्या हुनु अघि रातिसँगै बसेका युवकलाई ब्ल्याकमेल गरेपछि उनको हत्या भएको खुलेको हो । हत्यामा संलग्न सल्यानको शारदा नगरपालिका–१ का २२ वर्षीय गोपाल शर्मालाई महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले कञ्चनपुरको...
परराष्ट्रमन्त्री आज चिन जाँदै, चीनसँगका सम्झौता कार्यान्वयन कहाँ पुग्यो?

परराष्ट्रमन्त्री आज चिन जाँदै, चीनसँगका सम्झौता कार्यान्वयन कहाँ पुग्यो?

काठमाडाैँ, ३ वैशाख। उत्तरी छिमेकी चीनले दुईदेशीय रेलमार्ग निर्माणसहित अन्य आर्थिक सहकार्य प्रस्ताव गरेको धेरै समय भए पनि यसले मूर्त रूप पाउन सकेको छैन । विगतमा भएका थुप्रै सम्झौता र समझदारी अलपत्र छन् । यही पृष्ठभूमिमा परराष्ट्रमन्त्री प्रदीप ज्ञावाली सोमबार चीन भ्रमणमा निस्कँदै छन् । प्रधानमन्त्री केपी ओलीको अघिल्लो कार्यकालको चीन भ्रमणका क्रममा बेइजिङमा भएको पारवहन सम्झौताको ‘प्रोटोकल’ ले पनि...
युवती हत्याको अभियोगमा युवक पक्राउ

युवती हत्याको अभियोगमा युवक पक्राउ

सुर्खेत, ३ वैशाख । सुर्खेतमा युवती हत्याको अभियोगमा एक जना पक्राउ परेका छन् । पञ्चपुरी नगरपालिका–२, सालकोटकी २१ वर्षीया गीता चपाईको हत्याको अभियोगमा फरार रहेका सुर्खेतको बराहताल गाउँपालिका–८, कुनाथरीका १९ वर्षीय सुवास बोहरा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत र केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौँको संयुक्त अनुसन्धानका क्रममा सुवासलाई काभ्रेपलाञ्चोकबाट पक्राउ गरिएको हो । हत्याको...
दुई दशमलब पाँच प्रतिशत बालबालिका अझै विद्यालयबाहिर

दुई दशमलब पाँच प्रतिशत बालबालिका अझै विद्यालयबाहिर

दार्चुला, ३ वैशाख । विद्यालय उमेर समूहका दुई दशमलब पाँच प्रतिशत बालबालिका अझै विद्यालयबाहिर रहेको जिल्ला शिक्षा कार्यालय दार्चुलाले जनाएको छ । जिल्लाका १ देखि ५ वर्ष विद्यालय भर्ना हुने उमेर समूहका बालबालिका अझै पनि विद्यालयबाहिर रहेको कार्यालयको तथ्यांकमा छ । नेपालभरिमा नै विद्यार्थी भर्ना दर ९७ दशमलब दुई रहेकामा जिल्लाको विद्यार्थी भर्ना दर केही माथि रहेको पाइएको छ । यसैबीच आइतबारबाट विद्यार...
आज मातातीर्थ औंसी, आमालाई सम्मान गरी मनाइँदै

आज मातातीर्थ औंसी, आमालाई सम्मान गरी मनाइँदै

काठमाडौँ, ३ वैशाख ।  वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । यस वर्षको आमाको मुख हेर्ने औँसी सोमबार परेको छ । सोमबारे औँसीमा बिहान उठेर नबोली स्नान गरेमा यो लोकमा सुख शान्ति र परलोकमा सद्गति पाइने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प...
error: Content is protected !!