अध्यक्ष प्रचण्डसँग इजरायली राजदूतको शिष्टाचार भेटवार्ता
काठमाडौँ, १८ वैशाख। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग इजरायलका राजदूत बेन्नी ओमरले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
अध्यक्ष निवास खुमलटारमा आज भएको भेटमा अध्यक्ष प्रचण्डले इजरायलले कृषि क्षेत्रमा गरेको प्रगति नेपालको आर्थिक समृद्धिका लागि अनुकरणीय कार्य भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपालको आर्थिक समृद्धि कृषिमा आधारित उद्योगको विकासबाट मात्र सम्भव छ र त्यस...





























