बिपी राजमार्गको दायाँबायाँ १५/१५ मिटर कायम हुने

बिपी राजमार्गको दायाँबायाँ १५/१५ मिटर कायम हुने

सिन्धुली, २ वैशाख । बिपी राजमार्गअन्तर्गत सिन्धुलीमा पर्ने सडकखण्डको दायाँबायाँ २५/२५ मिटरबाट १५/१५ मिटर बनाइने भएको छ । कमलामाई नगर कार्यपालिकाको महत्वपूर्ण निर्णयमध्ये बिपी राजमार्गको क्षेत्राधिकार घटाउने निर्णय पहिलो प्राथमिकतामा रहेको कार्यपालिकाका प्रवक्ता कर्ण घिसिङले जानकारी दिनुभयो । उक्त नगरपालिका वडा नं ७ को बुकापुलदेखि वडा नं ४ को हिरापानीसम्म पर्ने बिपी राजमार्गको दायाँ र बायाँ...
सिरिया आक्रमणको विरुद्ध अमेरिकामा हस्ताक्षर संकलन, सुरक्षा परिषदको आकस्मिक बैठक

सिरिया आक्रमणको विरुद्ध अमेरिकामा हस्ताक्षर संकलन, सुरक्षा परिषदको आकस्मिक बैठक

वासिङटन, २ वैशाख ।  अमेरिकी नेतृत्वमा सिरियामा भएको आक्रमणका विरुद्ध अमेरिकामै हस्ताक्षर संकलन गरिएको समाचार छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउस अगाडि विरोधका लागि जम्मा भएका दर्जनौँ प्रदर्शनकारीहरुले सो आक्रमणका विरुद्ध शनिबार हस्ताक्षर संकलन गरेका हुन् । अमेरिकाको नेतृत्वमा फ्रान्स र बेलायतसमेतले सिरियामा शनिबार बिहानै आक्रमण सुरु गरेको २४ घण्टा पनि नवित्दै उनीहरुले हस्ताक्षर संकल...
नयाँ बसपार्कको गेष्ट हाउसमा बोलाएर युवतीको हत्या गर्ने भारतमा समातिए

नयाँ बसपार्कको गेष्ट हाउसमा बोलाएर युवतीको हत्या गर्ने भारतमा समातिए

काठमाडौं, २ बैशाख। काठमाडौं टोखा नगरपालिका–९, मिलन टोलस्थित भुमेश्वरी गेष्ट हाउसमा युवती लिएर गएका युवकले नै उनको हत्या गरेको खुलेको छ । हत्या गर्ने सल्यानको शारदा गाउँपालिका–१ का गोपाल शर्मा पक्राउ परेका छन् । उनले गत २२ चैतमा २२ वर्षीय रियाना अधिकारी ‘रिया’ को हत्या गरेका थिए । हत्या लगत्तै उनी भागेर भारत पुगेका थिए । उनलाई महानगरीय प्रहरी वृत्त, महाराजगञ्जको टोलीले पक्राउ गरेर नेपाल ल्याएको ...
सिन्दूर खेल्दै ३२ खट जात्रा

सिन्दूर खेल्दै ३२ खट जात्रा

भक्तपुर, २ वैशाख । बिस्केट जात्राका अवसरमा मध्यपुरथिमिका बासिन्दाले आज बिहानैदेखि हर्षोल्लासका साथ सिन्दूर खेलेर ३२ खट जात्रा अर्थात् सुथः सिया जात्रा मनाएका छन् । थिमिका टोलटोलबाट विभिन्न देवताका मूर्ति खटमा विराजमान गराई खट बोकेर सिन्दूर खेल्दै पूजाआजाका साथ सो जात्रा मनाइन्छ । थिमिमा मात्र मनाइने सो जात्रामा एकार्कालाई सिन्दूर दलेर स्थानीय बाजामा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमा...
जबर्जस्ती करणीविरुद्ध तीनमहिने अभियान

जबर्जस्ती करणीविरुद्ध तीनमहिने अभियान

लहान, २ वैशाख । केही महिनायता जबर्जस्ती करणीका घटना बढ्न थालेपछि सिरहामा प्रहरीले आजदेखि तीनमहिने जनचेतनामूलक अभियान शुरु गरेको छ । ‘जबर्जस्ती करणी अपराध अनुसन्धान तथा नियन्त्रण अभियान कार्ययोजना, २०७४’ तयार पारेर जिल्ला प्रहरी कार्यालयले सो अभियानअन्तर्गत महिला तथा बालबालिका सेवा केन्द्र र इलाका प्रहरी कार्यालयबाट निर्धारित पाठ्यक्रमअनुसार ग्रामीणस्तरमा शैक्षिक संस्थाका कक्षा ८, ९ र १० का विद्या...
आजबाट २०७५ साल सुरु, शुभकामना साटासाट गरी नयाँ बर्ष मनाईदै

आजबाट २०७५ साल सुरु, शुभकामना साटासाट गरी नयाँ बर्ष मनाईदै

  काठमाडौँ, १ वैशाख । आज विक्रम संवत् दुई हजार पचहत्तर (२०७५) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन आज वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता÷असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता पाउन न...
नयाँ वषको दिन मात्र फूल्ने हारमको फूल

नयाँ वषको दिन मात्र फूल्ने हारमको फूल

महेन्द्रनगर, धनुषा, ३० चैत ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको पडारिया चोकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन फूलबारी जहाँ नयाँ वर्ष वैशाख १ गते मात्र फुल्ने फूल देख्न पाइन्छ । ‘सल्हेस’ फूलबारी ‘हारमको’ रुखमा एकाबिहानै सुनाखरी आकारको फूल फुल्छ र साँझ ओइलाएर जान्छ । सो रुखको फूलबारीको मध्यभागमा रहेको राजा सलहेसको गहबर(मन्दिर) संँगै टाँसिएको सो रुखको फूल आजसम्म रहस्यमय नै बनेको छ । माल...
पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफले आजीवन चुनाव लड्न नपाउने

पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफले आजीवन चुनाव लड्न नपाउने

इस्लामावाद, ३० चैत । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले आजीवन निर्वाचनमा भाग लिन नपाउने हुने भएको छ । पाकिस्तानको सर्बोच्च अदालतले उहाँलाई जीवनभरी निर्वाचन लड्न अयोग्य हुने फैसला शुक्रबार सुनाएको हो । पाकिस्तानी संविधानको धारा ६२ अनुसार उहाँलाई त्यस्तो फैसला सुनाइएको अदालतले स्पष्ट पारेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । यो फैसलासँगै पूर्वप्रधानमन्त्री सरिफको प्रत्यक्ष रा...
नयाँ वर्ष मनाउन सौराहामा पर्यटक भरिभराउ

नयाँ वर्ष मनाउन सौराहामा पर्यटक भरिभराउ

चितवन, ३० चैत । पर्यटकीय क्षेत्रमा नयाँ वर्ष भन्नेबित्तिकै अंग्रेजी नयाँ वर्षलाई लिने गरिन्थ्यो । अंग्रेजी नयाँ वर्षमा अन्तरिक र बाह्य पर्यटकले यहाँका होटल तथा रिसोर्ट भरिभराउ हुन्थे । पर्यटन व्यवसायीलाई पनि पर्यटक भनेपछि विदेशीमात्रै लाग्ने गथ्र्याे । अहिले अवस्था त्यस्तो छैन । पछिल्ला वर्षहरुमा विसंको पहिलो दिन वैशाख १ गते नयाँ वर्ष मनाउनेहरु आन्तरिक र बाह्य दुवै हुने गरेका छन् । क्षेत्रीय ह...
डोल्पा पदयात्रामा तीन भारतीय पूर्वराजदूत

डोल्पा पदयात्रामा तीन भारतीय पूर्वराजदूत

त्रिपुराकोट, डोल्पा, ३० चैत। नेपालका लागि तीन भारतीय पूर्वराजदूत जिल्लाको प्राकृतिक तथा धार्मिक सौन्दर्यताको दृश्यावलोकनका लागि आउनुभएको छ । नेपालका लागि पूर्वभारतीय राजदूतहरु रञ्जित राय, श्याम सुन्दरदेव मुखर्जी र श्याम शरण डोल्पाको भ्रमणमा यहाँ आउनुभएको हो । यहाँको प्राकृतिक सौन्दर्यता र जैविक विविधताले मन लोभ्याएपछि आफूहरु डोल्पाको सौन्दर्यतासँग रमाउन १५ दिने यात्रामा आएका पूर्वराजदूतहरुले बत...
विसं २०७४ निर्वाचनको वर्ष, राजनीतिक उथलपुथल

विसं २०७४ निर्वाचनको वर्ष, राजनीतिक उथलपुथल

काठमाडौँ, ३० चैत । विसं २०७४ नेपालको इतिहासमै सबैभन्दा धेरै र महत्वपूर्ण निर्वाचन भएको वर्षका रुपमा दर्ज भएको छ । विसं २०७४ को प्रारम्भमै राजनीतिक दलहरुबीचको लामो बहसपछि वैशाख ३१ गते मुलुकमा झण्डै २० वर्षपछि स्थानीय तह (पहिलो चरण) को निर्वाचन सफलतापूर्वक सम्पन्न भयो । स्थानीय तहको दोस्रो चरणको निर्वाचन असार १४ र तेस्रो चरणको असोज २ गते सम्पन्न भएको थियो । जुन निर्वाचन नेपालको संविधानअनुसार संघ...
नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित

नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित

बाजुरा, ३० चैत । बाजुराको बूढीगंगा नगरपालिका– ७ सिमलकोटमा सडक छेउमै एउटा सानो खरले छाएको छाप्रो छ । जस्ता पाताले छाएको जीर्ण घरमा तीन जनाको गन्धर्व परिवार बस्ने गरेका छन् । सडकको छेउमा स्थानीय दीपक सुनारले बनाएको टिनको टहरामा सपना गन्धर्वसहित उनका दुई छोरा बेसहारा जीवन बितारहेका छन् । सपनाका गन्धर्वका श्रीमान्को मुत्यु भएको तीन वर्ष भएको छ । उहाँका श्रीमान् धन गन्धर्वले पैसाको अभावमा उपचार नपा...
६ वर्षीय बालकको ट्रयाक्टरबाट खसेर मृत्यु

६ वर्षीय बालकको ट्रयाक्टरबाट खसेर मृत्यु

भीमदत्तनगर, ३० चैत । कञ्चनपुरको भीमदत्तनगरपालिका–१ मा बुबाले चलाएको ट्र्याक्टरबाट खस्दा घाइते भएका छोराको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ । भीमदत्तनगरपालिका–१ का चालक टेक साउद खेत जोतिरहेका बेला ट्र्याक्टरमा सवार ६ वर्षीय विकास साउद लडेर घाइते भई उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । बुबा टेक साउदले चलाएको ट्र्याक्टरबाट लडेर ६ वर्षीय विकास घाइते भएको प...
सिरियाको गुटामा विद्रोहीद्वारा आत्मसमर्पण

सिरियाको गुटामा विद्रोहीद्वारा आत्मसमर्पण

बेरुत, ३० चैत । सिरियाको द्वन्द्वग्रस्त क्षेत्र पूर्वी गुटाबाट त्यहाँ बाँकी रहेका विद्रोहीहरुले भारी सशस्त्र हातहातियारसहित आत्मसमर्पण गरेका मानव अधिकारवादीहरुले बिहीबार जानकारी दिएका छन् । ‘जैस अल इस्लाम’ लडाकूहरुले डुमा सहरमा बुधबार रुसका सेना र प्रहरीसमक्ष आफ्ना भारी हातहतियारसहित समर्पण गरेका बताइएको छ । यी लडाकूहरु बुधबार साँँझ उत्तरी सिरियाली सहर डुमा आइपुगेका बेलायतसँग आवद्ध द सिरियन अब्ज...
बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो दुर्घटना र गल्ती: अध्यक्ष दाहाल

बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो दुर्घटना र गल्ती: अध्यक्ष दाहाल

चितवन, ३० चैत । नेकपा (माओवादी केन्द्र्र) का अध्यक्ष पुष्पकमल दाहालले चितवनको बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो दुर्घटना र गल्ती भएको दोहो¥याउनु भएको छ । बाँदरमुढे सहयोग समितिले आज माडीमा आयोजना गरेको छलफल कार्यक्रममा उहाँले बाँदरमुढे पीडितको घाउमा मल्हमपट्टी लगाउने आफ्नो नैतिक र राजनीतिक जिम्मेवारी रहेको बताउनुभयो । अहिले बलियो सरकार भएको भन्दै उहाँले राज्यका तर्फबाट हिजो भएका समझदा...
पहिलोपटक राजनीतिक अभियान बन्दै विद्यार्थी भर्ना अभियान

पहिलोपटक राजनीतिक अभियान बन्दै विद्यार्थी भर्ना अभियान

काठमाडौँ, ३० चैत। विगतमा सरकारी औपचारिकतामा सीमित विद्यार्थी कार्यक्रम नयाँ शैक्षिक सत्र २०७५ मा पहिलोपटक राजनीतिक अभियानका रुपमा मनाइँदैछ । विगतमा शिक्षा मन्त्रालय, शिक्षा विभाग, जिल्ला शिक्षा कार्यालय र शिक्षामा कार्यरत गैरसरकारी संस्थाहरुले मात्र भर्ना कार्यक्रम मनाउँदै आएका थिए भने यसपटक प्रधानमन्त्रीदेखि उच्च राजनीतिक तहबाट अभियानमा सहभागिता हुन लागेको हो । नयाँ वर्षको पहिलो दिन वैशाख १ ग...
नयाँवर्षमा टेलिकमले ल्यायो आकर्षक प्याकहरु

नयाँवर्षमा टेलिकमले ल्यायो आकर्षक प्याकहरु

काठमाडौं, ३० चैत । नेपाल टेलिकमले नयाँ वर्षको उपलक्ष्यमा उपभोक्ताको थप सुविधाका लागि नयाँ वर्ष अफर २०७५ उपलब्ध गराउने भएको छ । उक्त अफर २०७५ बैशाख ०१ देखि लागू हुनेछ । अफर आगामी २०७५ बैशाख १५ गते सम्म लिन सकिने छ । १. ह्याप्पी विकेन्ड प्याक जीएसएम/सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा ह्याप्पी विकेन्ड प्याक अफर प्रयोग गर्न सकिन्छ । ह्याप्पी विकेन्ड प्याक अन्तर्गत शुक्रबार, शनिबार र आइतबार प्रत्य...
अमेरिकी राष्ट्रपति ट्रम्पले दिए नेपालीलाई नयाँ वर्षको शुभकामना

अमेरिकी राष्ट्रपति ट्रम्पले दिए नेपालीलाई नयाँ वर्षको शुभकामना

काठमाडौं, ३० चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ वर्षको पूर्वसन्ध्यामा नेपालीलाई शुभकामना दिएका छन् । राष्ट्रपति कार्यालयका कार्यवाहक सचिव जोन जे सुलिभानले शुक्रबार विज्ञप्ति जारी गरी ट्रम्पको शुभकामनाबारे जानकारी गराएका हुन् । ट्रम्पले संसारभर रहेका नेपालीलाई अघिल्लो वर्ष नेपालले गरेको धेरै महत्वपूर्ण कार्यबारे पनि शुभेच्छा प्रकट गरेका छन् । नेपालले अघिल्लो वर्ष स्थानीय, प्रदेश र प्...
प्रधानमन्त्रीले आज राराबाट देशबासीको नाममा सम्बोधन गर्ने

प्रधानमन्त्रीले आज राराबाट देशबासीको नाममा सम्बोधन गर्ने

काठमाडौं, ३० चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७५ को पहिलो सम्बोधन मुगुको राराबाट गर्ने भएका छन् । उनले शनिबार वैशाख १ गते राराबाट देशबासीलाई सम्बोधन गर्नेछन् । रारा पर्यटन वर्ष उदघाटनका लागि ओली मुगुको रारा जाँदैछन् । उनी शुक्रबार हेलिकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीले दिउँसो बागलुङको ढोरपाटन अवलोकन गर्ने र त्यसपछि डोल्पाको दुनै बास बस्ने कार्यक्रम छ ।...
आरके ज्वेलर्सका मालिक पक्राउ

आरके ज्वेलर्सका मालिक पक्राउ

काठमाडौं, ३० चैत। ३३ किलो सुन प्रकरणमा न्यूरोडस्थित आरके ज्वेलर्सका मालिक राजेन्द्र शाक्य  बिहीबार साझँ काठमाडौंबाट पक्राउ परेका छन्। शाक्यलाई गृह मन्त्रलायले गठन गरेको छानविन समितिले अनुसन्धानका लागि पक्राउ गरेको हो।  डेढ महिना अगाडी ३३ केजी सुन तस्करीमा मोरङका सोनम शाक्यको हत्या पश्चात् अपराध महाशाखाका प्रमुख एसएसपी दिबेश लोहनी, डिसपी प्रजित केसी  र सई बालकृण्ण सन्जेललाई प्रहरी प्रधान कार्याल...
बालगृहको आवरणमा सबै हिन्दूलाई पादरी बनाउने मिसन !

बालगृहको आवरणमा सबै हिन्दूलाई पादरी बनाउने मिसन !

काठमाडौं, २९ चैत । सबै हिन्दुलाई पादरी बनाउने उद्देश्यका साथ खुलेको संस्थाले समाजकल्याण परिषदमार्फत करोडौं रुपैयाको परियोजना स्वीकृत गराएर काम गरिरहेको खुलेको छ । संविधानले धर्म परिर्वतन गराउनु वा अर्काको धर्ममा खलल पर्ने काम गर्नुलाई दण्डनीय भनेको छ । तर, नयाँ पादरीलाई देशब्यापी रुपमा प्रशिक्षित गर्दै हिन्दू र वुद्धमार्गीलाई क्रिश्चियन बनाउने घोषित उद्देश्य बोकेको अन्तर्राष्ट्रिय गैरसरकारी ...
रारा आउने पर्यटकलाई गाउँमै बास

रारा आउने पर्यटकलाई गाउँमै बास

मुगु, २९ चैत ।  आगामी वैशाख १ गते उद्घाटन हुने रारा कणाली पर्यटन वर्षको कार्यक्रममा सहभागी हुने आन्तरिक तथा बाह्य पर्यटकलाई गाउँमै बासको व्यवस्था गरिएको छ । रारा तालको नजिक रारा राष्ट्रिय निकुन्जको चमेना गृह (डाँफे होटल) र अर्को पाहुना घर(भिलेज हेरिटेज रिसोर्ट)ले रारा आउने पर्यटकलाई खाने बस्नेलगायत व्यवस्था धान्न नसक्ने भएकाले उनीहरुलाई जिल्ला समन्वय समितिले गाउँमै बासको व्यवस्था मिलाउने भएको छ...
अवैध भारु सहित पक्राउ परेका दुई व्यक्ति सार्वजनिक

अवैध भारु सहित पक्राउ परेका दुई व्यक्ति सार्वजनिक

काठमाडौं, २९ चैत । प्रहरीले अवैध भारु नोट बोकेका दुई जनालाई प्रक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले काठमाडौंको लाजिम्पाटबाट उनीहरुलाई अबैध भारु नोट सहित पक्राउ गरेको थियो । विहिबार विहान पक्राउ परेका उनीहरूलाई प्रहरीले दिउँसो सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका वडा नम्बर ३ का ५३ वर्षीय सुनिलदेव वैश्य र नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ५ का ५० वर्षीय चेतबहादुर ने...
जिल्ला शिक्षा कार्यालयको बदलामा समन्वय एकाइ स्थापना

जिल्ला शिक्षा कार्यालयको बदलामा समन्वय एकाइ स्थापना

काठमाडौँ, २९ चैत।  सरकारले देशभरिका जिल्ला शिक्षा कार्यालय खारेज गरेको छ । माध्यमिक तहको शिक्षाको कामलाई स्थानीय तहलाई जिम्मा दिने भएपछि जिल्ला शिक्षा कार्यालयलाई आजदेखि ‘शिक्षा विकास तथा समन्वय एकाइ’ बनाइएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले जानकारी दिनुभयो । मन्त्रालयले बुधबार सबै जिल्ला शिक्षा कार्यालयलाई खारेज गर्दै एकाइ कार्यालयमा स्थापना गर्न जिल्ला शिक्...
मोदीको दलका एक सांसद विरुद्ध बलात्कारको आरोप, प्रहरीले सुरुगर्यो अनुसन्धान

मोदीको दलका एक सांसद विरुद्ध बलात्कारको आरोप, प्रहरीले सुरुगर्यो अनुसन्धान

नयाँ दिल्ली, २९ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक दल, भारतीय जनता पार्टीका एकजना सांसद विरुद्ध बलात्कारको आरोपमा अनुसन्धान सुरु भएको समाचार छ । उनी बिरुद्ध परेको उजुरीको छानबीन प्रहरीले बिहीबारबाट सुरु गरेको जनाएको छ । सो अनुसन्धानको समाचारले भारतीय मिडियामा ठूलो चर्चा पाएको पनि नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ । भारतीय जनता पार्टीको उत्तर प्रदेशका राज्यसभा सांसद कुल...
तालिबानको आक्रमणमा गभर्नरसहित बाह्र सुरक्षाकर्मीको मृत्यु

तालिबानको आक्रमणमा गभर्नरसहित बाह्र सुरक्षाकर्मीको मृत्यु

गजनी, अफगानिस्तान, २९ चैत। अफगानिस्तानको पूर्वी प्रान्त गजनीको खब्जा ओमारी जिल्लामा अवस्थित जिल्ला प्रमुख कार्यालयमा भएको तालिबान आतङ्ककारी आक्रमणमा परी कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ । यस आक्रमणमा परी जिल्ला गभर्नरसहित १२ भन्दा बढीको मृत्यु भएको स्थानीय अधिकारी रमाजान अलि मोहसिनीले जानकारी दिनुभएको छ । खब्जा ओमरी जिल्लामा रहेको सुरक्षा जाँच चौकीमा स्थानीय समयाअनुसार बिहीबार बिहान ३ बजे ...
नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो रोक्न काम शुरु

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो रोक्न काम शुरु

चितवन, २९ चैत ।  नारायणगढ–मुग्लिन सडकको बाटो विस्तारका क्रममा भित्तो काटिएपछि पहिरोको उच्च जोखिम रहेका ठाउँमा काम थालिएको छ । सो सडकको ३३.२ किलोमिटर सडकमध्ये १७.१ किलोमिटरमा सडक विस्तारका लागि भित्तो काटिएको छ । ती ठाउँमा चट्टान, साना ढुंगा, माटोको ढिस्को, गेग्रान खस्न सक्ने उच्च जोखिम रहेको छ । त्यस्तो जोखिम कम गर्न दुई वटा ढुंगा जोड्ने रक बोल्टिङ, चट्टान झर्न नदिने संरचना निर्माणे, सिमेन्ट जो...
प्रतिबन्धित भारतीय रुपैँयासहित दुई पक्राउ

प्रतिबन्धित भारतीय रुपैँयासहित दुई पक्राउ

काठमाडौँ, २९ चैत । महानगरीय प्रहरी परिसरले प्रतिबन्धित ४९ लाख ३१ हजार ५०० भारतीय रुपैँयासहित दुईजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले प्रतिबन्धित गरिसकेको ५०० र एक हजार दरका पुराना भारतीय नोटसहित मोरङका सुनिलदेव वैश्य र नुवाकोटका चेतबहादुर नेपालीलाई बुधबार दिउँसो लाजिम्पाटबाट पक्राउ गरेको हो । परिसरले आज पत्रकार सम्मेलन गरी ५०० का पाँच हजार ४५१ र एक हजारका दुई हजार २०६ थान रकम बरामद गरेको जान...
अष्ट्रेलिया जानेहरु ठगिएको भन्दै दुतावासको यस्तो आग्रह

अष्ट्रेलिया जानेहरु ठगिएको भन्दै दुतावासको यस्तो आग्रह

काठमाडौं, २९ चैत । आकर्षक रोजगारीको नाममा भ्रामक रुपमा विज्ञापन तथा प्रचारप्रसार गरि ठगहरु सलबलाएपछि अस्ट्रेलियाको राजधानी क्यानवेरास्थित नेपाली राजदूतावासले सचेत गराएको छ । विज्ञापनको भर पर्दा कतिपय ठगिएको र ठगिने डर भएकोले यस्ता विज्ञापनको भर नपर्न दूतावासले विज्ञप्ती निकाल्दै सतर्क गराएको हो । यस्ता विज्ञापनहरु गठी गर्ने नियतले गरेको भन्दै विज्ञापनको भ्रममा नपर्न नेपालीहरुलाई आग्रह गरेको छ । ...
गाई काट्ने परम्परा पहिले देखिकै हो, काट्न पाउनुपर्छः अधिकारकर्मी शाह

गाई काट्ने परम्परा पहिले देखिकै हो, काट्न पाउनुपर्छः अधिकारकर्मी शाह

काठमाडौं, २९ चैत । महिला अधिकारकर्मी रीता साहले गाई काट्ने परम्परा धेरै पहिलादेखि चलिआएको भन्दै गाई काटेकै कारण पक्राउ गर्न नहुने बताएकी छिन् । साथै उनले परेकाहरूलाई छाड्न समेत माग गरेकी छिन् । नेपाल मधेस फाउण्डेसनमा समेत रहेकी साहले एक अन्तर्वार्ताका क्रममो हिन्दूधर्मले मान्ने कुरालाई अर्को धर्म समुदायले मान्नै पर्छ भन्ने नभ्एको बताइन् । उनले नेपालको राष्ट्रिय जनावर गाईलाई परिवर्तन गर्नुपर्ने ...
बीएड तेस्रो बर्षको परीक्षातालिका सार्वजनिक

बीएड तेस्रो बर्षको परीक्षातालिका सार्वजनिक

काठमाडौं, २९ चैत । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय,बल्खुले ३ वर्षिय ब्याचलर इन एजुकेशन (बीएड) तेस्रो वर्ष २०७५ को परीक्षा तालिका प्रकाशित गरेको छ । बीएड तेस्रो वर्षको परीक्षा २०७५ जेठ १० गतेदेखि सुरु भई असार १ गते सकिनेछ । परीक्षा दिउँसो १ बजेदेखि ४ बजेसम्म छ ।
error: Content is protected !!