त्रिशूलीमा ग्यास बुलेट पल्टियो, चालकको मृत्यु

त्रिशूलीमा ग्यास बुलेट पल्टियो, चालकको मृत्यु

धादिङ, दार्खा,  १४ वैशाख।  धादिङको मलेखुस्थित त्रिशूली नदीमा आज बिहान ग्यास बुलेट पल्टिँदा चालकको मृत्यु भएको छ । काठमाडौँ जाँदै गरेको एचआर ५५ क्यु ८६३० नं को लोड ग्यास पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ मलेखु नजिकै पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । मृत्यु हुनेमा भारत घर भएका ३६ वर्षीय सुरेन्द्र सिंह रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी...
नेपालकै सबैभन्दा ठूलो सोलार प्लान्टको शिलान्यास

नेपालकै सबैभन्दा ठूलो सोलार प्लान्टको शिलान्यास

काठमाडौं, १४ वैशाख । नेपालकै सबैभन्दा ठूलो सोलार प्लान्टको शिलान्यास गरिने भएको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको २५ मेगावाटको सोलार प्लान्टको शिलान्यास गर्न लागिएको हो । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले शुक्रबार मध्यान्ह देवीघाट जलविद्युत केन्द्र परिसरमा स्थापना हुन लागेको नेपालकै सवैभन्दा ठूलो सोलार प्लान्टको शिलान्यास गर्ने कार्यक्रम छ । नेपाल सरकार तथा प्रा...
घरेलु हिंसा: मेलमिलापलाई थप प्रभावकारी तुल्याउन प्रशिक्षण

घरेलु हिंसा: मेलमिलापलाई थप प्रभावकारी तुल्याउन प्रशिक्षण

काठमाडौँ, १४ वैशाख । राष्ट्रिय महिला आयोगले घरेलु हिंसासँग जोडिएर आएका उजुरीको फछ्र्योट गर्ने सन्दर्भमा अपनाइने मेलमिलापलाई थप प्रभावकारी तुल्याउने भएको छ । त्यसका लागि आयोगले मेलमिलापमा प्रत्यक्ष संलग्न रहने अधिकारीलाई मेलमिलापका लागि अपनाउनु पर्ने विधि, प्रक्रिया र सजगताबारे आज प्रशिक्षण शुरु गरेको छ । आठदिने उक्त प्रशिक्षणमा सरकारी र गैरसरकारी गरी २७ जना अधिकृतको सहभागिता रहेको छ । प्रशिक्ष...
राप्रपा (प्रजातान्त्रिक) को बैठक काठमाडौँमा

राप्रपा (प्रजातान्त्रिक) को बैठक काठमाडौँमा

काठमाडौँ, १४ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को केन्द्रीय कार्य समितिको बैठक यही वैशाख २५ देखि २७ गतेसम्म काठमाडौँमा बस्ने भएको छ । पार्टीको विधानअनुसार अध्यक्षले बैठक बोलाउने व्यवस्था भएकाले अध्यक्ष पशुपतिशम्शेर जबराले सो बैठक बोलाउनुभएको हो । पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश प्रमुख, जनवर्गीय संगठनका अध्यक्षलगायत करीब ३०० को सहभागिता हुने उक्त बैठकले राप्रपा प...
कक्षा १२ को परीक्षा आजदेखि सुरु

कक्षा १२ को परीक्षा आजदेखि सुरु

काठमाडौं, १४ वैशाख । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाअन्तर्गत देशभरका एक हजार ८१ केन्द्रमा शुक्रबारबाट कक्षा १२ को परीक्षा सुरु हुँदै छ । परीक्षाको तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले बताए । परीक्षामा ४ लाख १५ हजार दुई सय ५२ जना सहभागी हुँदै छन् । तीमध्ये २ लाख ८ हजार २ सय ७६ छात्र र २ लाख ६ हजार ९ सय ७५ छात्रा रहेको बोर्डले जनाएको छ । ‘प्रश्नपत्र परीक्षा...
अमेरिकामा नेपालीले पाएको टीपीएस सुविधा खारेज

अमेरिकामा नेपालीले पाएको टीपीएस सुविधा खारेज

काठमाडौं, १४ वैशाख  । अमेरिकाले नेपालीलाई दिएको  टेम्पोररी प्रोटेक्टेड स्टाटस् (टीपीएस) सुविधा खारेज भएको छ । यो निर्णयसँगै अमेरिकामा बस्दै आएका करिब ९ हजार नेपाली अब स्वदेश फर्काइने भएका छन् । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका सचिव क्रिश्जेन एम नेलसनले एक विज्ञप्ति जारी गर्दै टीपीएस सुविधा खारेज भएको घोषणा गरेकी हुन् । उनले अमेरिकी कानून अनुसार, टीपीएस अन्त्य गर्न जरुरी रहेक...
प्रानको लिच्ची जुस लोकप्रिय बन्दै

प्रानको लिच्ची जुस लोकप्रिय बन्दै

काठमाण्डौं १३ बैशाख । गुणस्तरीय र स्वस्थबर्धक पेय पदार्थ उत्पादनमा विश्वमै प्रख्यात मानिने प्रान कम्पनीको प्रान लिच्ची जुस नेपालमा लोकप्रिय बन्दै गएको छ । पूर्णतयाः प्राकृतिक रुपमा तयार पारिएको प्रान लिच्ची युवा तथा बालबालिकाको रोजाईमा पर्ने क्रम बढ्दै गएको पाईएको हो । प्रान लिच्ची जुसमा प्राकृतिक पोषणलाई सुरक्षित गरिएकाले सबै उमेर समुहले सेवन गर्न उपयुक्त रहेको कम्पनीले जनाएको छ । नेपाल भित्रि...
रेलले विद्यालय बसलाई ठक्कर दिँदा भारतमा सत्र बालबालिकाको मृत्यु

रेलले विद्यालय बसलाई ठक्कर दिँदा भारतमा सत्र बालबालिकाको मृत्यु

नयाँदिल्ली, १३ वैशाख।  भारतमा एउटा रेलले विद्यार्थी बोकेको एउटा बसलाई ठक्कर दिँदा कम्तीमा ११ बालबालिकाको मृत्यु भएको छ भने अरु सात जना घाइते भएका छन् । रेलको बाटो पार गर्न लागेको बसलाई रेलले ठक्कर दिएर बिहीबार सो दुर्घटना भएको प्रहरी अधिकारीहरुले जनाएका छन् । उत्तर प्रदेशको राजधानी लखनउबाट ३२३ किलोमिटर टाढा पर्ने कुशीनगर जिल्लाको बेहपुर्व भन्ने ठाँउमा दुर्घटना भएको हो । “आज विहान तिव्र गतिमा ...
कृषि विश्वविद्यालयका वैज्ञानिकले गरे नयाँ अनुसन्धान, बेमौसममा लैना भैँसी

कृषि विश्वविद्यालयका वैज्ञानिकले गरे नयाँ अनुसन्धान, बेमौसममा लैना भैँसी

चितवन, १३ वैशाख । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका वैज्ञानिकले बेमौसममा पनि लैना भैँसी तयार गर्ने प्रविधिको अनुसन्धानमा सफलता प्राप्त गरेका छन् । उनीहरुले चैत, वैशाख, जेठ र असार महिनामा अक्सर कमै भैँसी ब्याउने भएकाले ती समय पनि लैना भैँसी तयार गर्ने प्रविधिको अनुसन्धान सफल बनाएका हुन् । चैतदेखि असार मध्यसम्म भैँसीमा गर्भधारणको हिसाबले बेमौसम मानिन्छ । विश्वविद्यालयको पशु प्रजनन प्रविध...
प्रदेशसभा सदस्यद्वारा प्रदेश सरकारको आलोचना

प्रदेशसभा सदस्यद्वारा प्रदेश सरकारको आलोचना

महेन्द्रनगर, धनुषा, १३ वैशाख । प्रदेश नं २ को बुधबार बसेको प्रदेशसभा बैठकमा स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाबारे व्यवस्था गर्न लागेको विधेयक र प्रदेशको सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधिकोे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरियो । मुख्यमन्त्रीका तर्फबाट स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधाबारे व्यवस्था गर्न लागेको विधेयक र कानूनमन्त्रीको तर्फबाट प्रदेशको सा...
३३ किलो सुन प्रकरणः यसरी मुछियो प्रहरी, एसपी र डिआइजी अनुसन्धानको घेरामा

३३ किलो सुन प्रकरणः यसरी मुछियो प्रहरी, एसपी र डिआइजी अनुसन्धानको घेरामा

काठमाडौँ, १३ वैशाख ।  फ्लाई दुबईको जहाजबाट ७ माघमा आएको साढे ३३ किलो सुन विमानस्थलको भन्सार र सुरक्षा संयन्त्र छलेर बाहिर आइपुग्यो । तस्करीको सुन विमानस्थलबाट बाहिर ल्याउने जिम्मा थाई एयरका प्राविधिक सानु बनले लिएका थिए । सानुले जसलाई सुन हस्तान्तरण गरेका थिए त्यो मान्छे अचानक बेपत्ता भयो । ऊ बानेश्वर पुग्नुपर्ने थियो । तर, सुन र मान्छे बेपत्ता भएपछि योजनाकार आत्तिए । यसरी मुछियो प्रहरी गोरे र...
पुनः निर्माणका लागि सबैको साझा मत आवश्यक: मन्त्री अधिकारी

पुनः निर्माणका लागि सबैको साझा मत आवश्यक: मन्त्री अधिकारी

काठमाडौँ, १२ वैशाख । संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले जातीय र पार्टीगत रुपमा नभई सबैलाई विपत आइपर्ने हुनाले पुनः निर्माणका लागि सबैले साझा मत लिएर अघि बढ्नुपर्ने बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाले २०७२ सालको महाभूकम्पमा परी ज्यान गुमाउनेको सम्झनामा आज यहाँ आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा मन्त्री अधिकारीले विपत पछिको पुनः निर्माण सबैको दायित्व रहेको बताउनुभएक...
बौद्ध सम्मेलनको तयारीबारे मन्त्री पोखरेलद्वारा जानकारी

बौद्ध सम्मेलनको तयारीबारे मन्त्री पोखरेलद्वारा जानकारी

बुटवल, १२ वैशाख। रक्षामन्त्री ईश्वर पोखरेलले बुद्ध जन्मस्थल लुम्बिनी सिंगो नेपाली जनताको साझा गौरव गर्ने ठाउँ भएकाले लुम्बिनीमा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन र बुद्ध जयन्तीलाई भव्यरुपले सफल पार्न तयारीमा लाग्न सबैसँग आग्रह गर्नुभएको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा २५६२ औं बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका लागि नेपाली सेनाले करिब एक महिनाको अवधिमा निर्माण गरेको तीन हजारभ...
चौध किलो सुन कारोबारमा संलग्न चिनियाँ नागरिक पक्राउ

चौध किलो सुन कारोबारमा संलग्न चिनियाँ नागरिक पक्राउ

काठमाडौँ, १२ वैशाख । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १४ किलो सुन कारोबारमा संलग्न चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । ब्यूरोबाट खटिएको टोलीले विसं २०७४ भदौ १४ मा टोखा नगरपालिका–११ सामाखुशीमा फेला परेको सुन कारोबारीमा संलग्न चिनियाँ नागरिक ४० वर्षीय जेड हङलाई मंगलबार त्रिभुवन विमानस्थलबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । सोही समयमा उक्त सुन सामाखुशीमा सिन्धुपाल्चोकका पेम्बा दोर्जे ...
चार करोड हिनामिना गरेको आरोपमा लेखा अधिकृत पक्राउ

चार करोड हिनामिना गरेको आरोपमा लेखा अधिकृत पक्राउ

गाईघाट, उदयपुर, १२ वैशाख । कटारी नगरपालिकाका लेखा अधिकृत रवीनचन्द्र ढकाललाई रु चार करोड रकम हिनामिना गरेको आरोपमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठका अनुसार ढकालले नगरपालिकाअन्तर्गत वितरण हुने सामाजिक सुरक्षा भत्ताका लागि विनियोजन भएको रु चार करोड हिनामिना गरेको आरोपमा आजै साँझ अख्तियारको टोलीले पक्राउ गरेको हो । उहाँले भन्...
एक महिनामा तीन दर्जन बलात्कृत

एक महिनामा तीन दर्जन बलात्कृत

काठमाडौँ, १२ वैशाख ।  महिला पुनःस्थापना केन्द्र (ओरेक)ले देशभर बढ्दै गइरहेको बलात्कारका घटनाहरुले महिला तथा बालिकाको सुरक्षालाई चुनौतीपूर्ण बनाएको जनाएको छ । ओरेकले मासिकरुपमै अभिलेखीकरण गरी सार्वजनिक गर्ने क्रममा कार्यालयमा दर्ता भएका तथा दैनिक राष्ट्रिय पत्रपत्रिकामा प्रकाशित घटनाका आधारमा गएको चैत महिनामा मात्रै तीन दर्जन महिला तथा बालिकामाथि बलात्कार भएको प्रतिवेदन सार्वजनिक गरेको छ । चैत ...
वर्षात् अगाडि नै निजी आवास निर्माण कार्य सम्पन्न भइसक्छ – रेडक्रस

वर्षात् अगाडि नै निजी आवास निर्माण कार्य सम्पन्न भइसक्छ – रेडक्रस

काठमाडौँ, १२ वैशाख। नेपाल रेडक्रस सोसाइटीले आफ्नो जिम्माको भूकम्पबाट क्षति पुगेका निजी आवासको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले रेडक्रसलाई सात हजार ३९३ निजी आवास निर्माण गर्न अनुमति दिएको थियो । तीमध्ये तीन हजार २७७ निजी घर निर्माण सम्पन्न भइसकेको रेडक्रसद्वारा आज यहाँ आयोाजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । विभिन्न देशका रेडक्रसको आर्थिक एवं ...
नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता पाउँदैन- अध्यक्ष दाहाल

नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता पाउँदैन- अध्यक्ष दाहाल

चितवन, १२ वैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता नपाउने बताउनुभएको छ । नेपाल नेत्रज्योति संघको २५ औं केन्द्रीय सभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले दुई देशको बीचमा रहेको नेपालको पनि सँगसँगै विकास भए मात्र दुई देशमा विकासले पूर्णता पाउने बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “मैले चाहे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको क...
चिनियाँ स्वयम्सेवक टोली सम्मानित

चिनियाँ स्वयम्सेवक टोली सम्मानित

काठमाडौँ, १२ वैशाख । गोरखा केन्द्रविन्दु भएर आजभन्दा ठीक तीन वर्षअघि (२०७२ वैशाख १२ गते) गएको भूकम्पपछिको उद्धार, राहत र उपचारमा संलग्न चिनियाँ स्वयम्सेवक टोलीलाई आज यहाँ सम्मान गरिएको छ । साइनो नेपाल मिडिया सोसाइटीद्वारा आज आयोजित समारोहमा सांसद एवम् नेकपा (एमाले)की नेत्री रामकुमारी झाक्रीले उहाँहरुलाई सम्मान गर्नुभयो । गोरखा केन्द्रविन्दु भएर गएको उक्त भूकम्पबाट आठ हजार ९७९ जनामा परी ज्यान गए...
दाइजोका कारण केटीले आत्महत्या गरेपछि केटाका बाबु पक्राउ

दाइजोका कारण केटीले आत्महत्या गरेपछि केटाका बाबु पक्राउ

पर्सा, १२ वैशाख ।  दाइजोका लागि केटी पक्षलाई प्रताडना गरेको अभियोगमा पर्सा प्रहरीले केटाका बाबुलाई पक्राउ गरेको छ । पर्साको बहुदरामाई नगरपालिका–८ निवासी बच्चु भनिने जयनारायण साहलाई प्रहरीले पक्राउ गरेको हो । वीरगञ्ज महानगरपालिका–२३ प्रसौनीविर्ता निवासी दयालल साह तेलीकी १८ वर्षीया छोरी रविता कुमारी साह तेलीले दाइजोको कारण वैशाख ६ गते विवाहपूर्व नै पासो लगार्ई आत्महत्या गरेपछि सामाजिक सुधार ऐन २०...
परमाणु सम्झौताबाट हटेर देखाउन रूहानीको अमेरिकालाई चेतावनी

परमाणु सम्झौताबाट हटेर देखाउन रूहानीको अमेरिकालाई चेतावनी

वासिङ्टन, १२ वैशाख । इरानका राष्ट्रपति हशन रूहानीले अन्तर्राष्ट्रिय परमाणु सम्झौताबाट पछि हटेर देखाउन भन्दै संयुक्त राज्य अमेरिकालाई कडा चेतावनी दिनुभएको छ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उनका फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोँबीच वासिङ्टनमा उक्त एजेण्डामा छलफल हुनु केही घण्टापूर्व रुहानीको यस्तो चेतावनी आएको हो । ट्रम्पले उक्त सम्झौतालाई भङ्ग गरिदिने भनेर दिदैँ आएको धम्कीलाई कार्...
भूकम्पको तीन वर्ष पुरा, दोलखामा पुनः निर्माणको काम तीव्रः ३० हजारभन्दा भन्दा बढी निजी आवास निर्माण सम्पन्न

भूकम्पको तीन वर्ष पुरा, दोलखामा पुनः निर्माणको काम तीव्रः ३० हजारभन्दा भन्दा बढी निजी आवास निर्माण सम्पन्न

दोलखा, १२ वैशाख ।  भूकम्पबाट अतिप्रभावित दोलखामा जिल्लामा हालसम्म सरकारी कार्यालय र निजी निवास गरी ३० हजार १०४ घर निर्माण कार्य सम्पन्न भएको छ । २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पले दोलखाको सदरमुकामका केही पक्की घरबाहेक सबै भौतिक संरचना पूर्णरुपमा नष्ट भएका थिए जसको निर्माण कार्य तीव्ररुपमा अगाडि बढ्दा हालसम्म सो संख्यमा घर निर्माण भइसकेका हुन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला...
अमेरिकाले ९ हजार नेपालीलाई देश निकाला गर्दै !

अमेरिकाले ९ हजार नेपालीलाई देश निकाला गर्दै !

काठमाडौं, १२ वैशाख । १२ वैशाख, काठमाडौं । अमेरिकी सरकारले करिब ९ हजार नेपालीलाई देश निकालाको तयारी गरेको छ । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपाली नागरिकलाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेट स्टाटस् (टीपीएस) खारेज गरी उनीहरुलाई घर फर्काउने तयारी गरेको द वासिङट्न पोष्टको अनलाइन संस्करणले जनाएको छ । नेपालमा सन् २०१५ मा आएको विनाशकारी भूकम्पको कारण देखाउँदै तीन वर्षअघि अमेरिकी स...
नयाँ म्यानपावर कम्पनी दर्ता प्रक्रिया रोकियो

नयाँ म्यानपावर कम्पनी दर्ता प्रक्रिया रोकियो

काठमाडौं, १२ वैशाख ।  सरकारले वैदेशिक रोजगारी व्यवसायी (म्यानपावर) कम्पनीको नयाँ दर्ता प्रक्रिया रोकेको छ। सञ्चालनमा रहेका रोजगार कम्पनीलाई पहिले व्यवस्थापन गरेपछि मात्रै आवश्यक परे खोल्ने गरी तत्कालका लागि दर्ता प्रक्रिया रोकिएको हो। वैदेशिक रोजगार विभागका महानिर्देशक भुवनप्रसाद आचार्यले कामदारका समस्यालाई प्राथमिता दिएर काम थालेकाले म्यानपावर दर्ता अहिलेको प्राथमिकतामा नरहेको बताए। ‘म्यानपाव...
मोदीलाई नागरिक अभिनन्दन गर्न जनकपुरमा तयारी

मोदीलाई नागरिक अभिनन्दन गर्न जनकपुरमा तयारी

काठमाडौं, १२ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने भ्रमणका लागि २८ वैशाखमा नेपाल आउने कार्यतालिकाअनुसार तयारी सुरु भएको छ । यद्यपि, भ्रमण मितिको औपचारिक टुंगो भने लागेको छैन । प्रदेश २ सरकारले जनकपुरमा मोदीको नागरिक अभिनन्दन गर्ने तयारी गरेको छ । जानकी मन्दिरमा उनले विशेष पूजाअर्चना गर्ने कार्यतालिका छ । ‘भ्रमणको मिति औपचारिक रूपमा आएको छैन, तर हामी २८ वैशाख बिहानै मोदीजीलाई जनक...
कक्षा ११ र १२ को परीक्षा मर्यादित र शान्तिपूर्ण बनाइने

कक्षा ११ र १२ को परीक्षा मर्यादित र शान्तिपूर्ण बनाइने

भक्तपुर, ११ वैशाख । यही वैशाख १४ गतेदेखि सञ्चालन हुने कक्षा ११ र वैशाख ३० गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षा व्यवस्थित, मर्यादित र विश्वासिलो बनाउन यहाँ केन्द्राध्यक्षको गोष्ठी सञ्चालन भएको छ । राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय काठमाडौंँले आयोजना गरेको गोष्ठीमा सहभागीले भक्तपुरमा परीक्षालाई नमूनाका रुपमा सञ्चालन गर्ने प्रतिबद्घता जनाएका छन् । नियमित विद्यार्थीका हकमा सम्भव भएसम्म पोशा...
फरार अभियुक्त १९ वर्षपछि पक्राउ

फरार अभियुक्त १९ वर्षपछि पक्राउ

गुलरिया, बर्दिया, ११ वैशाख। उन्नाइस वर्षअघि एक जनाको हत्या गरी फरार रहेका दोषीलाई प्रहरीले आज बुटवलबाट पक्राउ गरेको छ । गुलरिया–२ खैरापुरका नवराज पौडेलको हत्याका दोषीमध्येका ६५ वर्षीय पीताम्बर ढकाललाई बुटवल—१६ देवीनगरबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताउनुभयो । पौडेललाई २०५५ चैत १६ गते आपसी लेनदेनका विषयमा विवादपछि हत्या गरिएको थियो । ढकाललाई जिल्ला अदालतले २०५८ माघ २२ मा...
जिल्ला शिक्षा अधिकारीमाथि बलात्कार मुद्दा

जिल्ला शिक्षा अधिकारीमाथि बलात्कार मुद्दा

गुलरिया, बर्दिया, ११ वैशाख ।  जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालविरुद्ध बलात्कार अभियोगमा मुद्दा दर्ता भएको छ । नेपालमाथि जिशिअ निवासमा पढाउने बहानामा यौन दुव्र्यबहार गरेको आरोप एक बालिकाले लगाएकी छन् । फुपुकोमा केही दिन बस्न भनेर आएकी १५ वर्षीया बालिका गत बिहीबार दुव्र्यवहारको सिकार भइकी थिइन् । उनकी फुपु सोही कार्यालयका प्रमुखको क्वाटरमा खाना पकाउने काम गर्छिन् । विद्यालय छुट्टि भएको समयमा...
जानकी दिवस मनाइँदै

जानकी दिवस मनाइँदै

बर्दिवास, ११ वैशाख । महोत्तरीसहितका मिथिला क्षेत्रमा आज जानकी नवमी उत्सव मनाइँदै छ । वैशाख शुक्ल नवमीका दिन त्रेता युगमा राजा जनकले हलो जोत्दा धर्तीबाट जानकी(सियोबाट उत्पति भएकाले सीता नामकरण) उत्पति भएको विश्वासमा मिथिलामा यस दिनलाई जानकी नवमी पर्वका रुपमा मनाइन्छ । पर्वका अवसरमा मटिहानीस्थित लक्ष्मीनारायण मठमा आज बिहानैदेखि जानकी जन्म उत्सव मनाइँदै छ । नेपाल र भारतका साधु, सन्त र सर्वसाधारण ...
लोकतन्त्र फर्काउने यस्तो थियो ज्ञानेन्द्रको घोषणा

लोकतन्त्र फर्काउने यस्तो थियो ज्ञानेन्द्रको घोषणा

काठमाडौं, ११ वैशाख ।  तेह्रौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् विसं २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका थिए । संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शङ्ंखला चल्यो ।...
ब्लड क्यान्सर पीडित बालकलाई बचाउन अभियान

ब्लड क्यान्सर पीडित बालकलाई बचाउन अभियान

इलाम, ११ वैशाख ।  इलाम नगरपालिका–४ बरबोटेका १४ वर्षीय बालक ऋतिक घिमिरेलाई ब्लड क्यान्सर भएपछि उपचारका लागि उनका परिवारले सहयोगको अपिल गरेका छन् । एक महिनादेखि ब्लड क्यान्सर पीडित बालक घिमिरेलाई उपचारमा सहयोग गर्न परिवारले अपिल गरेका हुन् । एक महिनाअघि सामान्य बिरामी भएपछि उनलाई झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा ब्लड क्यान्सरबाट पीडित बनेको पत्ता लागेको हो । ऋतिकको...
error: Content is protected !!