
काठमाडौं, १९ वैशाख। सर्वोच्च शिखर सगरमाथाको उचाइ कति हो रु हामी भन्छौं आठ हजार ८ सय ४८ मीटर । तर, अझै पनि सगरमाथाबारे माथापच्ची जारी रहेछ । सर्वोच्च शिखर भर्खरै टेकेका केही विदेशी चीनबाट जारी भएको प्रमाणपत्र देखेर अचम्म मानिरहेका छन् ।
आफ्नो देशबाट हिँड्दा आठ हजार आठ सय ४८ मिटरको सगरमाथा चढ्न तिव्वती मोहोडातर्फ हान्निएका ती आरोहीले फर्कदा ४ मिटर होचोको प्रमाणपत्र पाएपछि अचम्म नमानुन् पनि कसरी? उनीहरुले नेपालको पर्यटन मन्त्रालय, पर्यटन बोर्डसँग सोधे ।
नेपाल पक्षले होइन भनिरह्यो चीन पक्षले हो मात्रै भनेन नेपालले पुरानो उचाईलाई प्रचार गरेकोसमेत भन्न भ्यायो । यसो हुनुको कारण छ द माउन्टेरिङ एशोसिएसन अफ तिव्वतले आठ हजार आठ सय ४४ दशमलब १३ मिटर उचाइ किटान गरेर आरोहीलाई प्रमाणपत्र दिनु । सगरमाथालाई नेपाल र चीनको पानीढलोका रुपमा लिइन्छ । शिखर उही हो, चढ्ने ठाउँ वा बाटोमात्र फरक ।


















