सीताको जन्म भएको संस्मरणमा जनकपुरमा जानकी नवमीको भव्य तयारी

सीताको जन्म भएको संस्मरणमा जनकपुरमा जानकी नवमीको भव्य तयारी

महेन्द्रनगर, धनुषा, ६ वैशाख । त्रेतायुगमा आदर्शनारी भगवती सीताको जन्म भएको संस्मरणमा जनकपुरमा जानकी जयन्ती अर्थात् जानकी नवमी विशेष रुपमा मनाउन तयारी थालिएको छ । जानकी नवमीको १४ दिने महोत्सवमा राष्ट्रपति विद्यादेवी भण्डारी पनि जनकपुर आउने कार्यक्रम रहेको बताइएको छ । जानकी नवमीका अवसरमा यस वर्ष जनकपुरमा विशेष कार्यक्रम गरिने भएको छ । यही वैशाख ३ देखि १६ गतेसम्म जानकी मन्दिरको आयोजनामा जानकी नवमी...
बदरीनारायणको प्राण प्रतिष्ठामा राष्ट्रपति भण्डारी सरिक

बदरीनारायणको प्राण प्रतिष्ठामा राष्ट्रपति भण्डारी सरिक

काठमाडौँ, ६ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले तारकेश्वर नगरपालिका–२ स्थित काभे्रस्थलीमा आज भगवान् बदरीनारायणको प्राण प्रतिष्ठा कार्यक्रममा सरिक हुनाका साथै मन्दिरको उद्घाटन गर्नुभयो । हिन्दू धर्मावलम्बीका आस्थापुञ्जका चार धाममध्ये बदरीनारायणलाई एक मानिन्छ । शिवपुरीको काखमा अवस्थित बृहत् शान्तिधाममा बदरीनारायणको प्राण प्रतिष्ठा गरी मन्दिर तथा गोपुर तयार गरिएको हो । विसं २०७३ असार ३ गते मन्...
गणित र विज्ञानमा विद्यार्थीको उपलब्धि झन् कमजोर : अध्ययन

गणित र विज्ञानमा विद्यार्थीको उपलब्धि झन् कमजोर : अध्ययन

काठमाडौँ, ६ वैशाख। सरकारले ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ लागू गरे पनि विद्यार्थीको सिकाइ उपलब्धि दरमा खासै सुधार नआएको शैक्षिक गुणस्तर परीक्षण केन्द्रको नतिजाले देखाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमातहतको केन्द्रले सन् २०१७ मा गरेको परीक्षणको नतिजाअनुसार कक्षा ८ का तीन विषयमा विद्यार्थीको उलपब्धि पाँच वर्षअघि गरिएको सोही प्रकारको परीक्षणको तुलनामा स्थिर देखिएको छ । उस्तै साझा...
मध्यराति बिस्केट जात्रामा ढुंगा हान्ने १३ पक्राउ

मध्यराति बिस्केट जात्रामा ढुंगा हान्ने १३ पक्राउ

भक्तपुर, ६ वैशाख। भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको अन्तिम रात अर्थात् आज बिहान २ः१५ बजे भक्तपुर नगरपालिका–३ तौमढीमा जात्राको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई लक्ष्य गरी ढुंगा हानेर जात्रा बिथोल्न खोजेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर–२ खसीबजार बस्ने २२ वर्षीय विजय सुवाल, २६ वर्षीय सुमन कासुला, भक्तपुर–१० कमलविनायक बस्ने २३ वर्षीय मनिष मकाजु, ३१ वर्षीय सुनिल ...
गुमनाम छ ‘रावण’ को जन्मस्थान पौलस्त्य आश्रम

गुमनाम छ ‘रावण’ को जन्मस्थान पौलस्त्य आश्रम

  बेनी, म्याग्दी, ६ वैशाख। रामायणमा ‘खल’ पात्रका रुपमा परिचित रावणको जन्मभूमि मानिएको एवमं हिन्दूहरुको पवित्र धार्मिक ग्रन्थ श्रीमद्भागवत महापुराणमा उल्लेख गरिएका विश्वका १५ वटा पवित्र तीर्थस्थलमध्येको एउटा तीर्थस्थल म्याग्दीको पौलस्त्य आश्रम प्रचारप्रसार र भौतिक पूर्वाधारको अभावमा गुमनाम रहेको छ । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको पुलस्त्य पुलहाश्रमलाई विश्वकै पवित्र तीर्थस्थलका रुप...
काठमाडौं महानगरले सुरु गर्यो निजी विद्यालयको अनुगमन

काठमाडौं महानगरले सुरु गर्यो निजी विद्यालयको अनुगमन

काठमाडौँ, ६ वैशाख।  काठमाडौँ महानगरपालिकाले निजी विद्यालयको अनुगमन शुरु गरेको छ ।  नयाँ शैक्षिकशस्त्र शुरु भएसँगै नयाँ भर्नाका लागि आउने विद्यार्थीबाट विद्यालय अनुकूल भर्ना शुल्क लिएको जनगुनासो बढेपछि कामपाले अनुगमनलाई तीव्रता दिएको कामपा शिक्षा विभाग प्रमुख प्रह्लाद अर्यालले राससलाई जानकारी दिए । उनले भने, “वैशाख महिना भर्ना लिने महिना हो यो समयमा कामपाले नियमित रुपमा अनुगमन गर्ने छ ।”...
शुक्लाफाँटामा दुर्लभ वन्यजन्तु बाह्रसिंगाको अनुगमन

शुक्लाफाँटामा दुर्लभ वन्यजन्तु बाह्रसिंगाको अनुगमन

भीमदत्तनगर, ६ वैशाख ।  कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ वन्यजन्तु बाह्रसिंगाको अनुगमन थालिएको छ । निकुञ्ज कर्मचारी र साझेदार निकायहरुको पहलमा गत सोमबारदेखि निकुञ्जभित्रको शुक्लाफाँटा र आसपासका क्षेत्रमा बाह्रसिंगाको अनुगमन एवं गणनासमेत गर्न थालिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका निमित्त संरक्षण अधिकृत गोपाल घिमिरेले बाह्रसिंगाको वासस्थान, अवस्था र गणना कार्यसमेत भइ...
हराएको एक महिनापछि शव भेटियो

हराएको एक महिनापछि शव भेटियो

नुवाकोट, ६ वैशाख । किस्पाङ गाउँपालिका–२ फिकुरीका बिनाकुमारी ढुङ्गेल हराएको एक महिनापछि बुधबार मृतावस्थामा भेटिएकी छिन् । पैँचालिस वर्षीया ढुङ्गेलको शव त्रिशूली जलविद्युत् केन्द्रको बाँधस्थल विदुर नगरपालिका–७ स्थित त्रिशूली नदीमा भेटिएको जिल्ला प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । गएको चैत ५ गते घरबाट नै हराएपछि उनको खोजी भइरहेको थियो । शवको जिल्ला अस्पताल त्रिशूलीमा आज परीक्षण...
भ्रष्टाचार र एकाधिकारविरुद्ध सरकार कठोर: गृहमन्त्री थापा

भ्रष्टाचार र एकाधिकारविरुद्ध सरकार कठोर: गृहमन्त्री थापा

रत्ननगर, चितवन, ६ वैशाख । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भ्रष्टाचार र एकाधिकारविरुद्ध सरकारले कठोर कदम चाल्न शुरु गरेको बताउनुभएको छ । बुधबार साँझ पूर्वी चितवनको कालिका नगरपालिकास्थित जुटपानीमा प्रहरी कार्यालयको भवन शिलान्यास गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले भन्नुभयो, “भ्रष्टाचारलाई निर्मूल पार्नका निम्ति हामी कठोर कदम चाल्दैछौँ, अपराध, कुनै प्रका...
मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई कारबाही

मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई कारबाही

काठमाडौँ, ६ वैशाख । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा मिटरमा हिँड्न नमान्ने ट्याक्सी कारबाहीलाई तीव्रता दिएको छ । महाशाखाले ट्याक्सी मिटरमा हिँड्न नमानेको व्यापक जनगुनासो कार्यालयमा आएपछि अनुगमनलाई तीव्रता दिएको हो । महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले मिटरमा हिँड्न नमान्ने दैनिक ५० देखि ७० ट्याक्सीलाई कारबाही गर्ने गरिएको बताउनुभयो । “पहिले दैनिक १५/२० ट्याक्सी कारबाहीमा पर्थे, अह...
त्रिविका सबै आंगिक क्याम्पस र कार्यालयमा विदा

त्रिविका सबै आंगिक क्याम्पस र कार्यालयमा विदा

काठमाडौं, ६ वैशाख। त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सबै कार्यालय र आंगिक क्याम्पसहरु आज बन्द छन् । पूर्वरजिष्ट्रार निलकण्ठलाल श्रेष्ठको निधनको शोकमा विश्वविद्यालयले सबै आंगिक क्याम्पस र कार्यालयहरुमा बिहीबार एक दिन विदा दिएको हो । श्रेष्ठको गत चैत ३० गते निधन भएको थियो । रजिष्ट्रार कार्यालयले सूचना जारी गरी आजको विदाबारे जानकारी दिएको हो । श्रेष्ठको निधनले त्रिवि परिवार शोकमग्न भएको सूचनामा...
भर्ना अभियानः उच्च तहको सहभागिताले तराईका विद्यालयमा उत्साह

भर्ना अभियानः उच्च तहको सहभागिताले तराईका विद्यालयमा उत्साह

काठमाडौँ, ६ वैशाख । विद्यार्थी भर्ना अभियानका लागि यो वर्ष एकैदिन प्रधानमन्त्री, मन्त्रीगण र उच्च राजनीतिक नेतृत्वबाट शैक्षिक अवस्थामा कमजोर मानिएका तराई मधेसका विभिन्न जिल्लाका बालबालिकालाई अभिभावकत्व लिने काम भएपछि उत्साह पैदा भएको छ । विगत वर्षमा औपचारिकतामा सीमित यो कार्यक्रम यस वर्ष पहिलो पटक राजनीतिक अभियानका रुपमा मनाइएको हो । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओल...
मनोज पुनको अपराधमा माओवादी र युवा संघ नेताको साथ

मनोज पुनको अपराधमा माओवादी र युवा संघ नेताको साथ

बुटवल, ५ वैशाख। प्रहरी इन्काउन्टरमा मारिएका कुख्यात गुण्डा मनोज पुनको संगठित अपराधमा माओवादी र युवा संघका युवा नेता तथा व्यवसायीकै संलग्नता रहेको खुलेको छ। पुनले राजनीतिक दलका नेता तथा व्यवसायीकै सहयोगमा व्यक्ति हत्या तथा अपराधिक क्रियाकलाप गर्ने गरेको रहस्य बाहिर आएको हो। रुपन्देहीका दुर्गा तिवारी र बसन्त पौडेल 'बलु' हत्याकाण्डको मुख्य योजनाकार तथा अन्य अपराधिक गतिविधिमा संलग्न कुख्यात डन पुन...
अफगानिस्तानमा दोहोरो गोली हानाहानमा दशको मृत्यु

अफगानिस्तानमा दोहोरो गोली हानाहानमा दशको मृत्यु

मैमाना, अफगानिस्तान, ५ वैशाख । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा अवस्थित एक प्रहरी जाँचचौकीमा शुरु भएको दोहोरो गोली हानाहानमा परी १० व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा आठ तालिबान आतङ्ककारी र दुई सुरक्षा अधिकारी रहेका छन् । उत्तरी क्षेत्रमा रहेको अफगान सुरक्षा प्रवक्ताले बुधबार सो जानकारी दिनुभएको छ । सिरिन तगाब जिल्लाको शास तेवा क्षेत्रमा रहेको सुरक्षा जाँचचौकीमा मंगलबार अबेर राति...
राजामामा कुसुण्डाको शवमा छोरीले दागबत्ती दिइन्

राजामामा कुसुण्डाको शवमा छोरीले दागबत्ती दिइन्

दमौली, तनहुँ, ५ वैशाख । लोपोन्मुख जातिका ६५ वर्षीय राजामामा कुसुण्डाको आज बिहान निधन भएपछि उनको पार्र्थिव शरीरमा १० वर्षीय छोरी सिमान्तले दागबत्ती दिएकी छन् । पवित्र मादी र सेती घाटमा पु¥याइएको बाबुका पार्थिव शरीरमा छोरी सिमान्तले दागबत्ती दिएकी हुन् । घाटमा लाने बेला उनको शवमा प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)ले समेत काँध थापेका थिए । उनको पार्थिव शरीरमा नेपाल आदिवासी जनजाति समन्व...
कीर्तिमानको लक्ष्यसहित बेलायती विद्यार्थी सगरमाथा आरोहणमा

कीर्तिमानको लक्ष्यसहित बेलायती विद्यार्थी सगरमाथा आरोहणमा

काठमाडौँ, ५ वैशाख । ‘ए’ लेभलमा अध्ययनरत १७ वर्षीय बेलायती विद्यार्थी डिमिटी टरटिचिनमीले कान्छा सगरमाथा आरोहीको नयाँ कीर्तिमान राख्न र नेपालका विपन्न विद्यार्थीको शिक्षामा सहयोग गर्ने उद्देश्यले बिहीबारदेखि सगरमाथा आरोहण गर्न लागेका छन् । युरोपेली मुलुकबाट यति कम उमेरमा सगरमाथा आरोहण गर्नेमध्ये पहिलो हुन लागेका टरटिचिनमीले बिहीबार तिब्बतको ल्हासातर्फबाट सगरमाथा आरोहण थाल्न लाग्नुभएको आज ग्लोबल ए...
अन्तर्राष्ट्रिय आलेख सेवा : ट्रम्प, सिरिया र क्षेत्रीय युद्धको खतरा

अन्तर्राष्ट्रिय आलेख सेवा : ट्रम्प, सिरिया र क्षेत्रीय युद्धको खतरा

सिरिया युद्धका विगत सात वर्षमा भएका विनाश र आक्रोशभन्दा अहिले वास्तविक खतरा देखिएको छ । सिरियाबाट जुन शक्ति बाहिरिन्छ उसले युद्धमा पराजित भएको मानिने भय पनि छ ।  बेरूत, लेबनान, ५ वैशाख।  सिरियामा भएका पछिल्ला घटनाले अमेरिकी सैन्य अभियानलाई छिट्टै सिरियाबाट पछि हटाउनसक्ने र सिरियामा जारी क्रुरतापूर्ण गृहयुद्धको अन्त्य भई शान्तिपूर्ण तथा दीर्घकालीन समाधान हुने सम्भावना रहेको छ । सिरियाली राष्ट्रप...
विवाहको गाडी दुर्घटना हुँदा २१ को मृत्यु, १२ घाइते

विवाहको गाडी दुर्घटना हुँदा २१ को मृत्यु, १२ घाइते

नयाँदिल्ली, ५ वैशाख । वैवाहिक समारोहका लागि जाँदै गरेका व्यक्तिहरु चढेको मिनी ट्रक दुर्घटना हुँदा भारतमा २१ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मिनी ट्रकमध्ये प्रदेशमा पर्ने नदीमा पुलबाट तल खसेर दुर्घटना भएको प्रहरी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । मध्य प्रदेशको राजधानी भूपालदेखि ५७३ किलोमिटर टाढा पर्ने सिद्धि जिल्लामा रहेको सोने नदीमा मंगलबार राति मिनीट्रक खसेको हो । गएरात...
क्यासिनोबाट आठजना पक्राउ

क्यासिनोबाट आठजना पक्राउ

काठमाडौँ, ५ वैशाख । महानगरीय प्रहरी परिसरले होटल सोल्टीमा रहेको मान्जोङ क्यासिनोमा जुवा खेल्ने र खेलाउने आठजना नेपालीलाई पक्राउ गरेको छ । परिसरबाट खटिएको टोलीले गएराति जुवा खेलिरहेको अवस्थामा क्यासिनोका प्रबन्ध निर्देशक विनोद श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत ओम कर्माचार्यसहित आठ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुरका विकल्प पोखरेल, ललितपुरका शंखर पौडेल, अरुण सेडार्इं, काठमाडौँक...
चुनाव चिन्हको विषय टुंगिएको छैन: अध्यक्ष दाहाल

चुनाव चिन्हको विषय टुंगिएको छैन: अध्यक्ष दाहाल

चितवन, ५ वैशाख ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले दुई पार्टी मिलेपछि चुनाव चिन्ह के हुने भन्ने विषयमा टुंगो लागिनसकेको बताउनुभएको छ । प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले चुनाव चिन्हका विषयमा छलफल जारी नै रहेको बताउनुभयो । दुई पार्टीका बीचमा कुरो नमिलेको भन्ने विषय नरहेको तर छलफल हुन बाँकी रहेको उहाँले प्रष्ट्याउनुभयो । प्रधानमन्त्री केप...
पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने बनाऔँ: मन्त्री अधिकारी

पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने बनाऔँ: मन्त्री अधिकारी

काठमाडौँ, ५ वैशाख।  संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने गरी पूर्वाधार निर्माण गर्न छ महिनाभित्रमा गुरुयोजना बन्नुपर्ने बताउनुभएको छ । पशुपति क्षेत्र विकास कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा आज पशुपतिमा आयोजित कार्यक्रममा उहाँले विश्व सम्पदा सूचीमा सूचीकृत भएको पशुपति क्षेत्रलाई आकर्षक धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने कार...
संगठित अपराधका घटनामा संलग्न पाँच पक्राउ

संगठित अपराधका घटनामा संलग्न पाँच पक्राउ

रुपन्देही, ५ वैशाख । रुपन्देहीको विभिन्न संगठित अपराधका घटनामा संलग्न भएको भन्दै प्रहरीले रुपन्देहीका पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ परेका पाँचैजना प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके मनोज पुनका सहयोगी भएको बताइएको छ । पुनले उनीहरुलाई सुराकीका रुपमा प्रयोग गरेका थिए । बुटवल र देवदहका विभिन्न स्थानबाट मंगलबार पक्राउ परेका उनीहरुलाई आज इलाका प्रहरी कार्यालय बुटवलले पत्रकार सम्मेलनको...
अक्षय तृतीयामा डोलेश्वर मन्दिरको चारै ढोका खुल्ला

अक्षय तृतीयामा डोलेश्वर मन्दिरको चारै ढोका खुल्ला

भक्तपुर, ५ वैशाख । अक्षय तृतीयाका दिन आज बिहानैदेखि मेला भर्न भक्तपुरको सिपाडोलमास्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । महाशिवरात्री, डोलेश्वरको वार्षिकोत्सवका दिन भदौ ६ गते र अक्षय तृतीयाका दिन गरी वर्षमा तीन दिन मात्र भक्तजनका लागि चारै ढोका खुल्ला गरिने यस मन्दिरमा आज भने भित्रै पसेर आफैले पूजा गर्न पाउने व्यवस्था गरिएको छ । अक्षय तृतीयाका दिन आज बिहान...
अनिश्चितकालीन बन्द गर्ने यातायात व्यवसायीकोे घोषणा

अनिश्चितकालीन बन्द गर्ने यातायात व्यवसायीकोे घोषणा

काठमाडाैँ, ५ वैशाख। यातायातमा कायम रहेको सिन्डिकेटलाई हटाउने निर्णय गरेसँगै यातायात व्यवसायीहरु आन्दोलनमा उत्रेका छन् । साथै उनीहरुले अनिश्चितकालीन बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै आगामी बैशाख २७ गतेबाट अनिश्चितकालीन यातायात बन्द गर्ने चेतावनी दिएको हो । त्यो भन्दा अघि पनि विभिन्न दबाबमूलक कार्यक्रम घोषणा गरिने भएका छन् ।  घोषित आन्दोलनको कार्यक्रमअन...
अमेरिकी पूर्वप्रथम महिला बुसको निधन

अमेरिकी पूर्वप्रथम महिला बुसको निधन

अमेरिका, ५ वैशाख। अमेरिकाकी पूर्व प्रथम महिला बारबारा बुसको मङ्गलबार निधन भएको छ ।  लामो समयदेखि अस्वस्थ रहेकी बुसको ९२ बर्षको उमेरमा निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । उपचार गराउन अस्विकार गरेर घरमै आफन्तसँगै बस्न थालेको केही दिनपछि उनको अहिले निधन भएको हो । उनले जीवनको अन्तिम दिनहरुमा आफन्तसँग बस्न चाहेको भन्दै अस्पतालमा बस्न अस्विकार गर्दै आएका थिए ।  स्वर्गिय बारबारा बुस उनका श्रीम...
आन्दोलन गरे यातायात समितिहरुको बैंक खाता रोक्का

आन्दोलन गरे यातायात समितिहरुको बैंक खाता रोक्का

काठमाडौं, ५ वैशाख । सिण्डिकेटविरुद्ध कठोर बन्दै गएको सरकारले यातायात व्यवसायी संघ तथा समितिहरुको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाएको छ । सार्वजनिक यातायात बन्द गर्ने धम्की दिइरहेका बेला सरकारले यातायातसम्वन्धी समितिहरु जिल्ला प्रशासन कार्यालयमा दर्ता र नवीकरण नगर्ने निर्णय गरेको थियो । त्यसविरुद्ध यातायात व्यवसायी राष्ट्रिय महासंघले आन्दोलनको घोषणा गर्दैछ । तर सरकारले भने यातायात समि...
बेनी–कोरला सडकखण्डमा १४ वटा पक्की पुल निर्माण गरिँदै

बेनी–कोरला सडकखण्डमा १४ वटा पक्की पुल निर्माण गरिँदै

म्याग्दी, ५ वैशाख । नेपाल र चीनको सीमा क्षेत्र मुस्ताङको कोरला नाकासम्मको सडकखण्डमा १४ वटा पक्की पुल निर्माण गरिने भएको छ । कालीगण्डकी नदीको किनारैकिनार खनिएको यस सडकको विभिन्न सहायक नदीमा उक्त पुल निर्माण गर्न लागिएको हो । अहिले छ वटा पुल निर्माणाधीन अवस्थामा रहेको र आठ वटा बोलपत्र, डिजाइन र सम्झौताको चरणमा पुगेको कालीगण्डकी करिडोर आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले बताउनुभयो । उहाँका अनुसार,...
६८ वर्ष लामो द्वन्द्वको अन्त्यको घोषणा गर्दै उत्तर र दक्षिण कोरिया

६८ वर्ष लामो द्वन्द्वको अन्त्यको घोषणा गर्दै उत्तर र दक्षिण कोरिया

काठमाडौं, ५ वैशाख । उत्तर र दक्षिण कोरियाले दुई देशबीच जारी ६८ वर्षे लामो द्वन्द्व अन्त्य गर्नेबारे छलफल थालेको रिपोर्ट बाहिरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच औपचारिक भेटवार्ता हुनुअघि नै यस्तो घोषणा हुने अनुमान छ । उत्तर र दक्षिण कोरियाबीच आउँदो हप्ता शिखर सम्मेलन हुने तय भएको छ । यही शिखर सम्मेलनबाट ६८ वर्ष लामो द्वन्द्व अन्त्यको चामत्कारिक घोषणा ...
त्रिशूली–काठमाडौँ २२० केभी प्रसारण लाइन दश महिनाभित्रै पूरा गरिने

त्रिशूली–काठमाडौँ २२० केभी प्रसारण लाइन दश महिनाभित्रै पूरा गरिने

नुवाकोट, ५ वैशाख । निर्माणाधीन त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल’ प्रसारण लाइनको काम पछिल्लो समय तीव्र बनाइएको छ । नुवाकोट र रसुवामा उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्ने उद्देश्यले १४ फागुन, २०६८ देखि निर्माण शुरु भएको उक्त प्रसारण लाइन निर्माणमा पछिल्लो समय तीव्रता दिइएको हो । दुई सय २० केभीको दोहोरो सर्किट प्रसारण लाइनको १४२ वटा टावरमध्ये ११० को फाउण्डेशन तयार भइसकेको माथिल्लो त्र...
महोत्तरीमा आएको भीषण आँधीहुरीमा परी दुईजनाको मृत्यु

महोत्तरीमा आएको भीषण आँधीहुरीमा परी दुईजनाको मृत्यु

गौशाला, ५ वैशाख । गएराति महोत्तरी जिल्लामा आएको भीषण आँधीहुरीमा परी दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुँवेर कडायतका अनुसार गएराति ७ः३० बजेतिर आएको भीषण आँधीहुरीमा परेर जलेश्वर नगरपालिका–७ का जयराम सिंहकी पत्नी ३० वर्षीया सकुन्तलादेवी सिंहको मृत्यु भएको हो । उनको आफ्नै आँगनमा रहेको कम्पाउण्डको पर्खाल ढल्दा च्यापिएर उनी गम्भीर घाइते भएपछि उपचारका ल...
हराएको चालिस दिनपछि भेटियो शव

हराएको चालिस दिनपछि भेटियो शव

नुवाकोट, ५ वैशाख । रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँका चोक्ता तामाङ हराएको ४० दिनपछि मृतावस्थामा नुवाकोटमा भेट्टिएका छन् । विदुर नगरपालिका–७ तुप्चेस्थित त्रिशूली जलविद्युत् केन्द्रको बाँधस्थित त्रिशूली नदीमा मंगलबार अपराह्न ४ बजे भेट्टिएको शव फागुन २४ गतेदेखि हराएका तामाङकै भएको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक लालबाबु शाहले जानकारी दिनुभयो । शवको जिल्ला अस्...
error: Content is protected !!