काठमाडौँ, १९ वैशाख । संयुक्त विद्यार्थी संगठनले आज निजी विद्यालयको चर्को शुल्क वृद्धि फिर्ता गरिनुपर्ने माग राख्दै देशभरका निजी विद्यालयको संगठनको कार्यालयमा तालाबन्दी गरेका छन् ।

Advertisement

अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी) र अखिल (छैटौँ)ले आज निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) र नेपाल निजी तथा आवासीय विद्यालय संगठन (एनप्याब्सन) को कार्यालयमा तालाबन्दी गरेको अखिल (क्रान्तिकारी)का उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

विद्यार्थी संगठनले डिल्लीबजारस्थित प्याब्सनको केन्द्रीय कार्यालय र कुपण्डोलस्थित एनप्याब्सनको केन्द्रीय कार्यालयमा समेत तालाबन्दी गरेका छन् ।

सरकारद्वारा जारी ‘सस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका २०७२’ विपरीत बढी शुल्क लिएको भन्दै विद्यार्थी संगठनहरु चरणबद्धरुपमा आन्दोलनमा उत्रिएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!