काठमाडौँ, १९ वैशाख । बुद्धपूर्णिमाका अवसरमा संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा मंगलबार विशेष संस्मरणात्मक समारोह आयोजना गरियो ।

Advertisement

वेसक दिवसमा रुपमासमेत परिचित बुद्धपूर्णिमाका दिन आयोजित विशेष समारोहमा महासचिव एन्टोनियो गुटरेस, महासभाका अध्यक्षका साथै बंगलादेश, भूटान, क्याम्बोडिया, हंगेरी, भारत, इण्डोनेशिया, जापान, गणतन्त्र कोरिया, प्रजातान्त्रिक गणतन्त्र लाओ, मलेसिया, मंगोलिया, म्यान्मा, नेपाल, नर्वे, पाकिस्तान, फिलिपिन्स, रुसी महासंघ, सिंगापुर, श्रीलंका, थाइल्याण्ड र भियतनामका प्रतिनिधिले शान्ति र दिगोपनाका निम्ति बुद्ध दर्शनको औचित्य र वर्तमानमा त्यसको सामयिकताबारे प्रवचन दिनुभएको थियो ।

संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली नियोगका अनुसार नेपालका कार्यबाहक स्थायी प्रतिनिधि निर्मलराज काफ्लेले बौद्ध शिक्षाले करुणा, अहिंसा, क्षमा, सहनशिलताजस्ता सद्गुण सिकाएको बताउनुभयो ।

सांस्कृतिक सम्पदा संरक्षण गर्न नेपाल सरकारले बृहत्तर लुम्बिनी क्षेत्र विकास गुरुयोजना तर्जुमा गरिरहेको जानकारी दिँदै उहाँले बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्न त्यहाँ उपस्थित सबैलाई आग्रह गर्नुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!