काठमाडौं, २१ वैशाख। सरकारले गाडी थन्काउनेविरुद्द कारबाहीको तयारी सुरु गरेको छ । यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेजीको माग गर्दै शुक्रबार ग्यारेजका गाडी थन्काउनेहरुविरुद्ध सरकारले रुट पर्मिट खारेजीको प्रक्रिया अघि बढाएको हो ।

अत्यावश्यक सेवाको क्षेत्रमा आन्दोलन गरेकाले उनीहरुको रुट पर्मिट खारेजको प्रक्रिया अघि बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । शुक्रबार गाडी नचलाउने यातायात समितिहरुको विवरण संकलन विभागले गरिरहेको छ।

सिन्डिकेट कायम राख्न र यातयात समितिहरु खारेज नगर्न माग राख्दै शुक्रबार देशभरी यातायात ठप्प बनाएका छन्। यद्यपि विभिन्न कम्पनीमा दर्ता भएका बसहरु भने सञ्चालन भइरहेका छन्।

आफ्ना स्वार्थका लागि गाडी नचलाउँदा देशभरि हजारौं यात्रुहरु मर्कामा परेका छन्। व्यवसायीहरुले २७ गतेदेखि अनिश्चितकालीन गाडी थन्काउने निर्णय गरेका छन्।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!