बेनी, म्याग्दी, २१ वैशाख । कास्कीको तिखेदुंगाबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिकासम्म सुरुङ मार्गको पूर्वसम्भाब्यता अध्ययन गरिने भएको छ । छिमेकी राष्ट्र भारत र चीन जोड्ने अन्तरदेशीय सञ्जाल अन्र्तरगत ब्यापारिक दृष्टिकोणले महत्वपूर्ण मानिएको तिखेढुंगा–भूरूङ तातोपानी सुरुङ मार्गको चालु आर्थिक बर्षभित्र पूर्वसम्भाब्यता अध्ययत पुरा गर्ने गरी बजेटमा प्राथमिकता दिइएको छ ।

Advertisement

प्रदेश नं ४ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरूङले बुधबार प्रस्तुत गरेको आर्थिक बर्ष २०७४/७५ को बजेटमा दुई जिल्लालाई छोटो दुरीमा जोड्ने सुरूङमार्गको सम्भाब्यता अध्ययन सकिएपछि प्राथमिक योजनामा राख्न पहल भइरहेको छ ।कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुंगाबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी जोड्ने सुरूङ मार्गले चिनको तिब्वतबाट सिधा भारतको सुस्तासम्म जोड्ने बेनी–जोमसोम– कोरला नाकाको विकल्प नभई तिब्वतबाट नेपाल र भारतका लागि लोड गरिएका कन्टेनरका लागि मात्रै प्रयोग गरिने गरी प्रस्ताव भएको कास्की अन्न्पूर्ण गाउँपालिकाका अध्यक्ष यूवराज कुँवरले बेनीअनलाइनलाई बताए ।

‘यो सडक सञ्जालको विकल्प होइन्,‘दुई छिमेकी देश जोड्ने गौरवको आयोजना हुनेछ’ कुँवरले भने ।उनले तिब्वतको कोरला नाका खुलेपछि चिन जोड्ने अन्य नाका भन्दा पनि कोरला नाकालाई चहलपहल बनाउन समेत सुरुङमार्ग महत्वपूर्ण बन्ने बताए ।

उनले सुरुङमार्गबाट यात्रुलाई आवतजावतको सम्भावनाको बहस चल्ने गरेपनि त्यसलाई कम प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले कन्टेनरलाई छोटो दुरीको मार्ग प्रयोग गर्दा अन्तराष्ट्रिय ब्यापारी र लगानीकर्ता समेत आर्कषित हुने बताउँदै कास्की, पर्वत, बागलुङ र म्याग्दीलाई सुरुङ मार्गको विस्तारबाट लगानी भित्राउन समेत सहज हुने बताए । हाल करिव ६७ किलोमिटर दुरी रहेको तिखेढुंगा–तातोपानीको दुरीलाई सुरुङमार्गले ७ किलोमिटरमा समेट्ने छ ।

कास्कीबाट पर्वतका केही क्षेत्रलाई समेट्दै म्याग्दीको भुरुङ तातोपानीमा पुग्ने सुरुङमार्गको खाका सार्वजनिक नभएपनि प्रदेश सरकारमा पुगिसकेको छ । तिखेढुंगा–भूरूङ तातोपानी सुरुङ मार्गले कास्कीको नयाँपुल, बिरेठाँटी, घान्दु्रक, उल्लेरी, फलाटे, घारेपानी, चित्रे शिख, घार, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर हुदै भुरुङतातोपानी जोडिन्छ । सु्रुङमार्गले म्याग्दी जिल्लाको ब्यापारिक गतिविधिमा असर गर्ने नगर्ने बारे सामाजिक विकास मन्त्री नरदेबी पुनले समेत चासो देखाएकी छन् ।

सुरुङमार्गबाट सवारीसाधनको समेत आवतजावत भएमा त्यसले पर्वतको कुस्मा र म्याग्दीको बेनीलाई प्रत्यक्ष असर गर्ने भएकाले तीन जिल्लाको ब्यापारिक गतिविधिलाई कुनै असर नगर्ने गरी बनाउनुपर्नेमा पुनको जोड रहेको छ । उता मुस्ताङको कोरला नकामा सुख्खा बन्दरगाह बनाउन नेपाल सरकारले पूर्वसभ्भाब्यता अध्ययन पूरा गरिसकेको छ । बन्दरगाहबाट सुरुङ मार्गको प्रयोग गरी कन्टेनरबाट सामान ल्याउदाँ ब्यापारीलाई समेत सस्तो हुन्छ भने बजारमा समेत सामानलाई सहज उपलब्ध गराउन सकिन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!