अनलाइनखबर

गुलरिया, २२ वैशाख । बर्दियामा एक निजी जिप दुर्घटना हुँदा ग्लोबल आईएमई बैंकका शाखा प्रमुखसहित दुई जनाको मृत्यु भएको छ ।

Advertisement

धनगढीबाट नेपालगञ्ज आइरहेकोको ग्लोबल आईएमई बैंकको बा १७ च १२१७ नम्बर जिप शुक्रबार बेलुका बारबर्दिया नगरपालिका–९ औरीमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा ग्लोबल आईएमई बैंकको धनगढी शाखा प्रमुख ४२ वर्षीय रामबहादुर हमाल र सोही बैंकमै कार्यरत कञ्चनपुर घर भएका ३२ वर्षीय भुवन पन्तको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो ।

जिप दुर्घटना ६ जना घाइते भएका छन् । घाइतेहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइतेहरु खतरामुक्त छन् ।

इलाका प्रहरी कार्यकाल बाँसगढीका अनुसार पछाडिको पांग्रा फुस्किएर जिप दुर्घटनामा परेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!