काठमाडौं, २३ वैशाख। संघीय संसद्को दोस्रो अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २३ गतेबाट संघीय संसद्को अधिवेशन आह्वान गरे अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको बैठक आइतबार दिउँसो ४ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

Advertisement

संसद् सचिवालयका अनुसार भोलि दुवै संसद्का बैठकमा संघीय संसद्को अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सुनाउने र अधिवेशनअघि जारी भएका चारवटा अध्यादेश प्रस्तुत हुने कार्यसूची छ ।

यस्तै बैठकमा आ–आफनो सभासँग सम्बन्धित नियमावली मस्यौदा समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची पनि रहेको संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिए।

वैशाख २६ देखि २८ गतेसम्म प्रि–बजेट विनियोजन विधेयकमा छलफल र जेठको पहिलो हप्ता राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रारम्भिक कार्यसूची संसद् सचिवालयले तय गरेको छ । जेठ १५ गते संसद् बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!