जनकपुरधाम, २० वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाममा गरिने नागरिक अभिनन्दनका लागि चार वटा भाषामा अभिनन्दन पत्र लेखन कार्य भइरहेको छ ।

Advertisement

जनकपुरधाम उपमहानगरपालिकाद्वारा गरिने नागरिक अभिनन्दनका लागि मैथिली, नेपाली, हिन्दी र अङ्ग्रेजी भाषामा अभिनन्दन पत्र लेखन कार्य भइरहेको बताइएको छ ।

उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहका अनुसार मैथिली र नेपालीमा लेखिएको अभिनन्दन पत्रलाई परराष्ट्र मन्त्रालयमा पठाउने तयारी भइरहेको छ ।

उपहानगरपालिकाले मिथिलाको सभ्यता, भाषा–संस्कृतिअनुरूप नागरिक अभिनन्दन गर्ने जनाइएको छ ।

उपमहानगरपालिका प्रमुख साहले भारतीय प्रधानमन्त्री मोदीलाई मैथिली भाषामा लेखिएको अभिनन्दन पत्रबाट अभिनन्दन गरिने बताउनुभयो ।

भारतीय प्रधानमन्त्री मोदीको यही वैशाख २८ गते पटनाबाट जनकपुरधाम आउने कार्यक्रम छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!