अनलाइनखबर

काठमाडौं, २१ वैशाख । गृहमन्त्री रामबहादुर ‘बादल’ले देशभरका सेवा अवरुद्ध गर्ने यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै उनले अत्यावश्यक सेवा सञ्चालन ऐनअनुरुप कारवाही गर्न निर्देशन दिएका छन् ।

Advertisement

अब प्रमुख जिल्ला अधिकारीहरुले सम्बन्धित यातायात समितिका पदाधिकारी पक्राउ गर्न प्रहरी परिचालन गर्ने गृहमनत्रालय स्रोतले बतायो । ऐनमा ६ महिनासम्म कैदसम्म गर्न सकिने व्यवस्था छ । हड्ताल गर्न उक्काउनेलाई एक वर्षसम्म कैद सजायको गर्न सकिन्छ ।

सरकारले केही दिन अघि अत्यावश्यक सेवामा हड्ताल निषेध गर्नेगरी राजपत्रका सूचना निकालेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!