मोबाइल एप्सबाट खोल्न र बन्द गर्न सकिने खानेपानीको उद्घाटन

मोबाइल एप्सबाट खोल्न र बन्द गर्न सकिने खानेपानीको उद्घाटन

बनेपा, ८ वैशाख । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–१३ साँगास्थित बुढाथोकी गाउँमा सम्पन्न भएको लिफ्ट खानेपानी आयोजना आज खानेपानी मन्त्री बिना मगर र सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले संयुक्तरुपमा उद्घाटन गर्नुभएको छ । सो कार्यक्रममा खानेपानी मन्त्री बिना मगरले राष्ट्रको ध्यान पुग्न नसकेको बाटो र बिजुली नपुग्ने तथा पानीको स्रोतहरुलाई केन्द्रित गरी काम गर्न नसकेको ...
उत्तर कोरियाले आणविक र क्षेप्यास्त्र परिक्षण बन्द गर्ने

उत्तर कोरियाले आणविक र क्षेप्यास्त्र परिक्षण बन्द गर्ने

पेन्गुइन, ८ वैशाख । उत्तर कोरियाले आणविक र क्षेप्यास्त्र परिक्षण नगर्ने घोषणा गरेको छ ।  विश्वकै लागि ठूलो तनावको विषयमा रुपमा लिएको उत्तर कोरियाको आणविक र क्षेप्यास्त्र परिक्षणलाई तत्कालका लागि बन्द गरिएको उत्तर कोरियाका नेता किम जोङ उनले बताउनु भएको छ । सत्तारुढ दलको एउटा विषेश बैठकमा नेता उनले शुक्रबार यस्तो घोषणा गर्नु भएको कोरियाली केन्द्रीय समाचार संस्थाले जनाएको छ । उहाँको यो घोषणासँग...
डोटीमा जिप दुर्घटना, ३ को मृत्यु, १६ जना घाइते

डोटीमा जिप दुर्घटना, ३ को मृत्यु, १६ जना घाइते

डोटी, ८ वैशाख । डोटीको शिखर नगरपालिका–३ आली गाउँमा आज दिउँसो यात्रु बोकेको जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा परी अन्य १६ जना घाइते भएका छन् । दिपायलबाट जोरागाउँतर्फ जाँदै गरेको शैलेश्वरी यातायातको ग१ज ५२७५ नंको जिप गाउँ नजिकै खोलामा दुर्घटनामा परेको हो । दुर्घटनामा परी मृत्यु हुनेमा शिखर नगरपालिका–३ जोरगाउँकै ४० वर्षीया खिन्तुरी भुल, ३२ वर्षीया कटी सार्की र १४ वर्...
सरकारलाई नै टेर्दैनन् कर्मचारी

सरकारलाई नै टेर्दैनन् कर्मचारी

काठमाण्डौ, ८ बैशाख । सरकारले निकै कसरत गरे पनि प्रदेश र स्थानीय तहमा कर्मचारी खटाउन सकेको छैन। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी खटाउन निकै मिहिनेत गरे पनि कर्मचारी स्थानीय तह र प्रदेशमा जान आनाकानी गरिरहेको पाइएको छ। सरुवा गरेको ठाउँमा जान नमानेपछि काम अघि बढाउन मन्त्रालयलाई कठिनाइ भएको छ। सरकारी कर्मचारी स्थानीय तहमा जान अटेर गरेपछि त्यहाँ आवश्यक कर्मचारीको परिपँर्ति हुन स...
जस्टिन बाइबर महिला शौचालय छिरेपछि…

जस्टिन बाइबर महिला शौचालय छिरेपछि…

काठमाडौं, ८ वैशाख। चर्चित गायक जस्टिन बाइबर अमेरिकाको चर्चित फास्टफुड चेन रेस्टुरेन्ट ‘टाको बेल’ स्थित महिला शौचालयबाट बाहिर निस्कँदै गरेको फोटो सामाजिक सञ्जालमा भाइरल छ । गत अप्रिल १९ मा फोटोपत्रकारले उनलाई यस्तो अवस्थामा क्यामेरामा कैद गरेका हुन् । २४ वर्षीय बाइबर किन महिला शौचालयमा छिरे ? के उनी अन्य पुरुषका अगाडि पिसाब फेर्न चाहँदैनन् वा पुरुष शौचालय प्याक भएका कारण उनले महिला शौचालय प्रयोग...
राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) गठन

राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) गठन

काठमाडौँ, ७ वैशाख। राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष अशोककुमार यादवको नेतृत्वमा केही पदाधिकारी तथा केन्द्रीय सदस्य पार्टीबाट अलग्गिएर राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) गठन गरेका छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा नयाँ पार्टीको महाधिवेशन नहुन्जेल यादवकै संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन भएको घोषणा गरिएको छ । समितिका सहसंयोजकमा रीतेशकुमार सिंह, कोषाध्यक्षमा मधुमाया यादव, महासचिव...
दुर्लभ पाटेबाघ मर्यो, अनुसन्धानका लागि नमूना संकलन

दुर्लभ पाटेबाघ मर्यो, अनुसन्धानका लागि नमूना संकलन

रत्ननगर, चितवन, ७ वैशाख । चितवनको रत्ननगरस्थित पञ्चकन्या सामुदायिक वनमा एउटा दुर्लभ पाटेबाघ मृत फेला परेको छ । बिहीबार पानीमा खेल्ने र जमिनमा जाने गरिरहेको बाघ आज मृत फेला परेको चितवनका जिल्ला वन अधिकृत केदारनाथ पौडेलले जानकारी दिनुभयो । रत्ननगर नगरपालिकाले फोहर फाल्ने डम्पिङसाइडदेखि १०० मिटर उत्तरतर्फ पञ्चकन्या वनमा उक्त भाले बाघ मरेको हो । शरीरभरी घाउ नै घाउ भएको अवस्थामा बाघ मरेको भेटिएको...
मेलम्चीको पानी वितरण गर्न ६८४ किमी सडकमा पाइप

मेलम्चीको पानी वितरण गर्न ६८४ किमी सडकमा पाइप

काठमाडौँ, ७ वैशाख । मेलम्चीको पानी वितरणका लागि उपत्यकाको ६८४ किमी सडकमा पाइप बिच्छ्याईएको छ । पहिलो चरणमा ७२० किमी सडकमा पाइप बिच्छ्याउने कार्यक्रम रहेकोमा अहिलेसम्म ६८४ किमी सडकमा पाइप बिच्छ्याईएको छ । डेढ महिनामा ७२० किमीमै पाइप बिच्छ्याईने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । यसैगरी थोक वितरण प्रणालीको ७७ किमीमध्ये ६९ किमीमा पाइप बिच्छ्याईएको निर्दे...
बारबाराको अन्त्येष्टिका लागि सुरक्षा व्यवस्था कडा

बारबाराको अन्त्येष्टिका लागि सुरक्षा व्यवस्था कडा

हाउस्टन, अमेरिका, ७ वैशाख । अमेरिकाकी पूर्वप्रथम महिला बारबारा बुसको अन्त्येष्टि कार्यक्रमका लागि उहाँहरुको निवास बरीपरी सुरक्षा व्यवस्था कडा बनाएको छ । उहाँको गृहनगर हाउस्टनका प्रहरी प्रमुखले सुरक्षा सतर्कता बढाइएको पत्रकारलाई बिहीबार जानकारी दिनुभयो । बारबाराको ९२ वर्ष उमेरमा गत मंगलबार निधन भएको थियो । उहाँलाई शुक्रबार सर्वसाधारणले अन्तिम श्रद्धाञ्जलि दिन पाउने व्यवस्था मिलाइएको छ । ...
कम्प्युटर सिक्दै जनप्रतिनिधि

कम्प्युटर सिक्दै जनप्रतिनिधि

रुकुम, ७ वैशाख। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका जनप्रतिनिधिले कम्प्युटर सिक्न शुरु गरेका छन् । गाउँपालिका तथा वडाबाट हुने सिफारिस, निवेदनलगायतका काम कम्प्युटरबाट गर्नुपर्ने भएपछि वडाध्यक्षहरु, गाउँपालिकामा गठन भएका छ वटा विषयगत समितिका संयोजक र गाउँपालिका उपाध्यक्षले कम्प्युटर सिक्न थालेका हुन् । कम्प्युटर प्रयोग गर्न नआउँदा समस्या हुने भएपछि जनप्रतिनिधिले तालीमको आयोजना गरेर सिक्न थाले...
निकुञ्जको ७० करोड आम्दानी मध्यवर्ती क्षेत्रका बासिन्दालाई

निकुञ्जको ७० करोड आम्दानी मध्यवर्ती क्षेत्रका बासिन्दालाई

चितवन, ७ वैशाख। चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रका बासिन्दालाई समेटेर मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति गठन भएयका निकुञ्जको आम्दानीबाट रु ७० करोडभन्दा बढी मध्यवर्ती क्षेत्रका बासिन्दाले पाएका छन् । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार २०५३ सालमा समिति गठन भएपछि त्यसको दुई वर्षपछि मध्यवर्तीका बासिन्दाले आम्दानी उपभोग गर्न पाएका हुन् । निकुञ्ज र मध्यवर्तीका बासिन्दाका बीचमा द...
मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

दाङ, ७ वैशाख। तुलसीपुर इलाका प्रहरी कार्यालयले मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ । उक्त गिरोहले तुलसीपुर क्षेत्रबाट मोटरसाइकल चोरी गरी पहाडी जिल्ला रोल्पामा लगेर सस्तो मूल्यमा बिक्री गर्दै आएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएइको हो । उक्त गिरोहले गत कात्तिक महिनायता विभिन्न व्यक्तिका चारवटा मोटरसाइकल चोरी गरेको तथ्य फेला परेको इप्रका प्रमुख एवं प्रहरी उपरीक्षक प्...
शान्ति, समृद्धि र एकताका लागि बिआरआई

शान्ति, समृद्धि र एकताका लागि बिआरआई

काठमाडौँ, ७ वैशाख। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीन सरकारले अघि सारेको ‘एक क्षेत्र एक मार्ग’ (बिआरआई) बृहत् शान्ति, समृद्धि र एकताका निम्ति भएको उल्लेख गर्दै त्यसमा चीनसँग सहकार्य गर्नु नेपालका लागि गर्वको विषय भएको बताउनुभएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका मन्त्री ज्ञवालीले सिचुवान प्रान्तको राजधानी छेन्दुस्थित सिचुवान विश्वविद्यालयले आज विश्वविद्यालयको प्रेक्षालयमा आयोजना गरेक...
बीबीसीको संसार ध्वस्त हुँदै भन्ने खबर भाइरल, यस्तो छ वास्तविकता

बीबीसीको संसार ध्वस्त हुँदै भन्ने खबर भाइरल, यस्तो छ वास्तविकता

काठमाडौं, ७ वैशाख । पछिल्लो समय सामाजिक सञ्जालमा एक काल्पनिक भिडियो भाइरल जस्तै बनेको छ । जसमा बीबीसी न्यूजको ब्रान्डिङसहित संसारमा थर्मोन्यूक्लियर युद्धको सुरुवात हुने बताइएको छ । यो भिडियो सामाजिक सञ्जालको ह्वाटसप,फेसबुक लगायतमा भाइरल भएको हो । चिन्तित दर्शकले बीबीसीसँग सम्पर्क गरेर यसबारे बुझ्न खोजेका छन् । यीमध्ये थुप्रैलाई यो खबर वास्तविक लागको छ । उक्त भिडियो मूल रुपमा युट्युबमा सेयर गरिएक...
भक्तपुर नगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम लागू

भक्तपुर नगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम लागू

भक्तपुर, ७ वैशाख । भक्तपुर नगरपालिकाले नगर क्षेत्रका विद्यालयमा शैक्षिक सत्र २०७५ देखि कक्षा १ र ६ मा स्थानीय पाठ्यक्रम लागू गरेको छ । आफ्नै पाठ्यक्रम लागू गर्ने स्थानीय तहमध्ये भक्तपुर नगरपालिका सम्भवतः पहिलो रहेको बताइएको छ । विद्यालयदेखि नै विद्यार्थीलाई भक्तपुरले इतिहास, भूगोल, कला–संस्कृति, रहनसहन, स्थानीय उपचार विधि र खेलबारे जानकारी दिने उद्देश्यले नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गरे...
‘सांसद’ दीपक मनाङ्गे जेल चलान

‘सांसद’ दीपक मनाङ्गे जेल चलान

काठमाडौं, ७ वैशाख । मनाङको प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद दीपक मनाङ्गे भनिने राजीव गुरुङलाई थुनामा राख्न डिल्लीबजारस्थित सदरखोर कारागार चलान गरिएको छ । बिहीबार साँझ पक्राउ परेका मनाङ्गेलाई जिल्ला अदालत काठमाडौंको आदेशले कैद भुक्तानका लागि डिल्लीबजारस्थित सदरखोरमा पठाईएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) मोहन थापाले जानकारी दिए । २०६९ साल साउन २८ गते तत्कालिन पुनरावेदन अदाल...
मालिन्दो एयरको विमान दुर्घटनास्थलबाट हटाइयो, अन्तर्राष्ट्रिय उडान सुचारु हुँदै

मालिन्दो एयरको विमान दुर्घटनास्थलबाट हटाइयो, अन्तर्राष्ट्रिय उडान सुचारु हुँदै

काठमाडौं, ७ वैशाख । काठमाडौंबाट बिहीबार राति ९ः४५ बजे मलेसियाको क्वालालम्पुरका लागि उड्न खोजेको मालिन्दो जहाजलाई दुर्घटनास्थलबाट धावनमार्गमा निकालिएको  छ । हिजाे रातीदेखि अवरुद्ध अन्तर्राष्ट्रिय, आन्तरिक उडान केही बेरमा शूचारु गरिने भएको छ । मालिन्दो एयर, बि. ७३७ (९००  सिरिज, उडान नम्बर ओडि १८१, रजिस्ट्रेसन नम्बर ९ यम. यलयनजे‌) काे ककपिटको स्कृनमा समस्या देखिएपछि पाइलटले उड्नका लागि धावन मा...
मुक्तिनाथ हिँडेका तीर्थयात्री बोकेको बस दुर्घटना, सात घाइते

मुक्तिनाथ हिँडेका तीर्थयात्री बोकेको बस दुर्घटना, सात घाइते

फलेवास, पर्वत, ७ वैशाख । पर्वतको कुश्मा नगरपालिका–८ चुवामा आज बिहान बस दुर्घटना हुँदा सातजना घाइते भएका छन् । काठमाडौँबाट तीर्थयात्री लिएर हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथ हिँडेका यात्रु सवार बा ४ ख ५७८८ नम्बरको बस बिहान ४ः३० बजे दुर्घटनामा परेको हो । घाइते हुनेमा भक्तपुर चाँगुनारायण नगरपालिका–१० का ६५ वर्षीय लिलानाथ पुडासैनी, ६० वर्षीया माया पुडासैनी, काठमाडाँै महानगरपालिका–१६ की ३८ बर्षीय...
यातायात व्यवसायीको आन्दोलनविरुद्ध प्रशासन

यातायात व्यवसायीको आन्दोलनविरुद्ध प्रशासन

बैतडी, ७ वैशाख। सरकारले सिण्डिकेट खारेज गरेपछि यातायात व्यवसायीले आन्दोलनको घोषणा गरेसँगै सरकार पनि आन्दोलनविरुद्ध उत्रिने भएको छ । गृह मन्त्रालयले देशभरिका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी तयारी अवस्थामा रहन निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले पनि एक सूचना जारी व्यवसायीले बन्द तथा आन्दोलन गरे प्रशासनले कारबाहीको दायरामा ल्याउने जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी दीपक...
दिउँसो १२ बजेसम्मका लागि अन्तर्राष्ट्रिय उडान बन्द

दिउँसो १२ बजेसम्मका लागि अन्तर्राष्ट्रिय उडान बन्द

काठमाडौं, ७ वैशाख । मालिन्दो एयरको जहाज दुर्घटना भएपछि नेपालको एकमात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल शुक्रबार बिहान पनि अवरुद्ध भएको छ । विदेशबाट यात्री लिएर आएका विमानहरु फर्काइएका छन् । विहीबार राति काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मालिन्दो एयरको जहाज रनवेबाट चिप्लिएर चौरमा भासिएपछि अन्तर्राष्ट्रिय उडान अवतरण ठप्प भएको हो । रनवेबाट चिप्लिएर चौरमा पुगे पनि मानवीय क्षति ...
मालिन्दो एयरको विमान ठूलो दुर्घटनाबाट जोगियो

मालिन्दो एयरको विमान ठूलो दुर्घटनाबाट जोगियो

काठमाडौँ, ७ वैशाख । काठमाडौँबाट मलेशियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो दुर्घटनाबाट जोगिएको छ । राति पौने १० बजे मलेशियातर्फ उड्न लाग्दा धावनमार्गबाट जहाज चिप्लिएर करीब १३९ फिट पर पुगेर घाँसे मैदानमा भासिएको थियो । जहाजमा १३९ यात्रु रहेको विमानस्थल स्रोतले जनाएको छ । जहाजले धानवमार्ग छोडे पनि यात्रु तथा चालक दलका सबै सदस्य सकुशल रहेको...
आईएनजीओमाथि कडाइ, धर्म परिवर्तन गराए अब देश निकाला

आईएनजीओमाथि कडाइ, धर्म परिवर्तन गराए अब देश निकाला

काठमाडौं, ७ वैशाख । सरकारले धर्म परिवर्तन गराउने व्यक्तिलाई वा संस्थालाई निरुत्साहित गर्ने उद्देश्यले कठोर नीति ल्याउन लागेको छ । विदेशी तथा गैरसरकारी संस्था धर्म परिवर्तनमा संलग्न भएको गुनासो आइरहेकै बेला सरकारले यस्ता गतिविधि नियन्त्रण गर्न संस्थााको दर्ता खारेजी र सम्बद्ध व्यक्तिलाई देश निकालासम्म गर्न सक्नेछ । नेपालमा कार्यरत झण्डै २५० भन्दा बढी अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र तिनका पदा...
सवारी दुर्घटनामा परि १३ घाइते, तीनको अवस्था गम्भीर

सवारी दुर्घटनामा परि १३ घाइते, तीनको अवस्था गम्भीर

चितवन, ७ वैशाख ।  काठमाडौँबाट प्यूठान र वीरगञ्ज जान आउँदै गरेका दुई यात्रुबाहक बसलाई आज बिहान नौ किलोमा विपरीत दिशाबाट जाँदै गरेको ट्रकले ठक्कर दिँदा १३ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार इच्छाकामना गाउँपालिका–६ मा आज बिहान ३ः२० बजे दुर्घटना भएको हो । काठमाडौँबाट प्यूठान जान आउँदै गरेको ना ४ ख ६५९१ नंको बस र काठ...
जहाज दुर्घटनापछि त्रिभुवन विमानस्थल अवरुद्ध

जहाज दुर्घटनापछि त्रिभुवन विमानस्थल अवरुद्ध

काठमाडौं, ७ वैशाख । मालिन्दो एयरको जहाज दुर्घटना भएपछि नेपालको एकमात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल शुक्रबार बिहान पनि अवरुद्ध भएको छ । विदेशबाट यात्री लिएर आएका विमानहरु अवतरण गर्न नसकेपछि फर्काइएका छन् । विहीबार राति काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मालिन्दो एयरको जहाज रनवेबाट चिप्लिएर चौरमा भासिएपछि उडान अवतरण ठप्प भएको हो । रन वेबाट चिप्लिएर चौरमा पुगे पनि मानवीय ...
मापदण्ड विपरीत क्रसर: क्रसरले बनाएको कुलोमा डुबेर बालकको मृत्यु

मापदण्ड विपरीत क्रसर: क्रसरले बनाएको कुलोमा डुबेर बालकको मृत्यु

मेलम्ची, ७ वैशाख।  सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका– १३ फट्केश्वरमा क्रसरले बनाएको कुलोमा बिहीबार डुबेर एक बालकको मृत्यु भयो । स्थायी ठेगाना भोजपुर भएका र मामाघर मेलम्ची नपा–१२ गिरानचौर आएका ११ वर्षीय कर्साङ तामाङको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी नायब निरीक्षक श्रीराम केसीले बताउनुभयो । गंगा इन्द्रावती क्रसरले खनेको कुलोमा डुबेर बालकको मृत्यु भएपछि स्थानीय आक्रो...
दक्षिणी जापानमा ज्वालामुखी विष्फोट

दक्षिणी जापानमा ज्वालामुखी विष्फोट

टोकियोे, जापान, ६ वैशाख । जापानको दक्षिणीे हिमालयन क्षेत्रमा बिहीबार ज्वालामुखी विस्फोट भएको छ । ज्वालामूखी विस्फोटका कारण सयौँ मिटरमाथि आकासमा आगोका लप्का पुगेका बताइएको छ । माउन्ट आइओ नाम दिइएको ज्वालामूखीका कारण हुनसक्ने सम्भावित दुर्घटनालाई मध्यनजर राख्दै प्रशासनले हिमाली क्षेत्रनजिक नवस्न सम्वद्ध सवैलाई सूचना गरेको छ । जापान मौसम विज्ञानसम्बन्धि निकाय जेएमएका माकोतो साइतोका अनुसार अझ केही स...
तामाङलाई साधारण तारेखमा रिहा गर्ने आदेश

तामाङलाई साधारण तारेखमा रिहा गर्ने आदेश

काठमाडौँ, ६ वैशाख । सर्वोच्च अदालतले चेलीबेटी बेचबिखनको अभियोगमा थुनामा रहेका नुवाकोट जिल्लाका वडा अध्यक्ष सुनबहादुर तामाङलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आज नुवाकोट जिल्ला अदालतबाट चेलीबेटी बेचबिखनको अभियोगमा नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नं १ का वडाअध्यक्ष तामाङको स्थायी ठेगाना र बाबुको नाम फरक–फरक देखिएको भन्दै सा...
दीपक मनाङे पक्राउ

दीपक मनाङे पक्राउ

काठमाडौँ, ६ वैशाख । नेपाल प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी ‘दीपक मनाङे’ भन्ने राजीव गुरुङलाई पक्राउ गरेको छ । प्रतिवादी मनाङेलाई आज स्वयम्भूस्थित तीनधारामा लुकीछिपी बसेको अवस्थामा महानगरीय प्रहरी परिसर, काठमाडौँबाट खटिएको विशेष टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले जानकारी दिनुभयो । ‘चक्रे मिलन’ भन्ने मिलन गुरुङलाई दीपक मनाङेले धारिलो हतियार प्रहार ग...
महानगरपालिका कार्यालय तथा नारायणी यातायात व्यवस्था कार्यालय परिसरमा बम फेला

महानगरपालिका कार्यालय तथा नारायणी यातायात व्यवस्था कार्यालय परिसरमा बम फेला

वीरगञ्ज, ६ वैशाख। वीरगञ्ज महानगरपालिका कार्यालय तथा नारायणी यातायात व्यवस्था कार्यालय परिसरमा आज बम फेला परेको छ । महानगर प्रमखु विजय सरावगीको कार्यकक्षभन्दा बाहिर रहेको भ¥याङ छेउ तथा यातायात कार्यालय परिसरमा रातो कपडाले बेरेर डल्लो जस्तो वस्तु फेला परेपछि कर्मचारी आतङ्कित भएर कार्यालय बाहिर निस्किएका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा नेपाली सेनाको बम डिस्पोजल टोलीले दुवै स्थानको ब...
इन्डोनेसियामा भूकम्प, दुईको मृत्यु, तीन सय घर क्षति

इन्डोनेसियामा भूकम्प, दुईको मृत्यु, तीन सय घर क्षति

जाकार्ता, ६ वैशाख । इन्डोनेसियाको जाभा प्रान्तमा आएको भूकम्पमा परी दुई व्यक्तिको मृत्यु हुनाका साथै अन्य २१ जना घाइते भएका छन् । यस भूकम्पका कारण ३०० भन्दा बढी घर क्षतिग्रस्त भएको प्रकोप नियन्त्रण निकायका अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । प्राकृतिक प्रकोप व्यवस्थापनका प्रवक्ता पुर्वो नुङ्रोहोेका अनुसार यस भूकम्पको कारण दुई हजारभन्दा बढी व्यक्तिलाई अन्यत्र सुरक्षित स्थानमा सारिएको छ । ...
हाउस्टनका ९११ जना कर्मचारीलाई जेल सजाय

हाउस्टनका ९११ जना कर्मचारीलाई जेल सजाय

हाउस्टन, ६ वैशाख । अमेरिकाको हाउस्टनमा रहेको एक कार्यालयको टेलिफोन सेवामा कार्यरत ९११ कर्मचारीलाई जेल सजाय भएको छ । आपतकालीन फोन सेवा अवरुद्ध गरेको भन्दै उनीहरुलाई दश दिने जेल सजाय र १८ महिना निलम्बन गरिएको स्थानीय अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । अधिकारीहरुका अनुसार ४४ वर्षीय क्रिनसान्डा विलियमले आपत्कालीन र अन्तर्राष्ट्रिय सेवा अवरुद्ध गरी हस्तक्षेप गरेको पाइएको थियो । होउस्टन ...
error: Content is protected !!