भीमदत्तनगर, १२ असार । घर बिदामा आएका बेला कञ्चनपुरको भीमदत्तनगरपालिका–८ तिलाचौरीमा एक सशस्त्र प्रहरीले श्रीमतीको हत्या गरेका छन् ।

Advertisement

आज बिहान खेतमा धान रोपिरहेकी तिलाचौरकी २७ वर्षीया सीता कार्कीलाई उहाँका श्रीमान् केशव कार्कीले खेतमै हत्या गरेको जिमुवा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक जनकबहादुर ऐरले जानकारी दिए ।

“बिहान घरबाट धान रोप्नसँगै निस्केका रहेछन् ।” घटनास्थलबाट प्रहरी सहायक निरीक्षक ऐरले भन्नुभयो, “खेतमै श्रीमतीको टाउकोमा हिर्काएको देखियो ।” केशव कार्की सशस्त्र प्रहरीका जागिरे रहेको उहाँले बताउनुभयो । हत्या अभियोगमा कार्कीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पु¥याइएको छ ।

प्रहरीले घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार हत्या आरोपमा पक्राउ परेका कार्की सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय लमहीका सहायक हवल्दार हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!