बिनोद बिष्ट/संगालोखबर

काठमाण्डौं १० असार । काठमाण्डौंको धापसी स्थित त्रियोग स्कुलकी छात्रा अवन्तिका नेपालले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए ल्याएकी छन् ।

Advertisement

राष्ट्रिय परीक्षा बोर्डले शनिवार सार्वजनिक गरेको नतिजा अनुसार नेपालले सवै बिषयमा ४ ग्रेड पईन्ट पाउँदै ४ जीपीए ल्याएकी हुन् । १४६ जना परीक्षार्थी रहेको सो बिद्यालयमा उनले मात्र ४ जीपीए ल्याएकी हुन् ।

साइन्स पढे १२ पछाडी अन्य जुन सुकै बिषयमा पनि पढ्न सकिने भएकाले अव साइन्स बिषयमा पढ्ने सोच बनाएको अवन्तिकाले संगालोखबरलाई बताईन् ।

छोरीले उत्कृष्ठ नतिजासहित एसईई उत्रिर्ण गरेकाले आफुहरु धेरै खुशी भएको मानवअधिकारकर्मीसमेत रहेका उनका वुवा रामेश्वर नेपालले बताए ।

४ जीपीए ल्याएपछि अवन्तिका पनि एसईई नेपाल टपको दावेदार बनेकी छन् । एसईईमा नेपाल टप दावी गर्नेको संख्या बढ्दै गएको छ ।

यस्तो छ अवन्तिकाको एसईई नतिजा…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!