काठमाडौं, १२ असार । बागलुङमा पहिरोले घर पुर्दा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । गएराति परेको अविरल वर्षापछि जिल्लाको बरेङ गाउँपालिका–१, लुरु भन्ने स्थानमा पहिरो जाँदा एकै परिवारका ३ जनाको मृत्यु भएको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रमुख डीएसपी दीपक रेग्मीले पहिरोमा पुरिएर विष्णुबहादुर क्षेत्री, विष्णुकुमारी क्षेत्री र सोनिया क्षेत्रीको मृत्यु भएको जानकारी दिए ।

पहिराेले नजिकैको अर्को घरमा पनि सामान्य क्षति पुगेको छ । तर मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

बागलुङमा गएराति परेको अविरल वर्षाले अन्य स्थानहरुमा पनि क्षति पुर्याएको विवरण आइरहेको प्रहरी प्रमुख रेग्मीले अनलाइनखबरलाई जानकारी दिए ।  घर भत्किएका, पहिरो खसेका लगायतका क्षतिका खबर आए पनि अन्यत्र भने मानवीय क्षति नभएको उनको भनाइ छ ।

गत वर्ष साउन महिनामा बागलुङकै निशी खोलामा पहिरो जाँदा एकै परिवारका ४ सहित ६ जनाको मृत्यु भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!