काठमाडौं,  १२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे संसदलाई जानकारी गराउँदैछन् । बिहान ११ बजेपछि बस्ने प्रतिनिधिसभा बैठकमा ओलीले चीन भ्रमणबारे जानकारी लगाउन लागेका हुन् ।

Advertisement

ओलीले सोमबार नै संसदमा सम्बोधन गर्ने तयारी गरिए पनि कार्यव्यस्तताको कारण देखाउँदै मंगलबारलाई सारिएको थियो ।

सरकार प्रमुखले विदेश भ्रमण अघि र पछि संसदलाई जानकारी गराउने परम्परा छ । ओली ६ दिने चीन भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किएका थिए । ओलीको चीन भ्रमणको क्रममा रेलवे लाइन, ऊर्जा, पूर्वाधार निर्माण लगायतका विषयमा सम्झौता भएको छ ।

ओलीले आइतबार नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई चीन भ्रमणबारे जानकारी गराएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!