गौशाला, ११ असार । महोत्तरी जिल्लाको औरही नगरपालिका–२ फुलबरिया गाउँकी एक बालिका घर नजिकै रहेको खोलामा भाँडा धुन गएका बेला बलात्कृत भएकी छिन् ।

Advertisement

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टका अनुसार आइतबार साँझ स्थानीयवासी एक १३ वर्षीया बालिका घर नजिकै भएर बग्ने जंघा खोलामा भाँडा धुन गएका बेला दुईजना युवकले सामूहिक बलात्कार गरेको आरोप लगाइएको छ ।

प्रहरी निरीक्षक भट्टका अनुसार स्थानीय १५ वर्षीय दुई युवा राकेश सदा र ऋतिक सदाले ती बालिकालाई बलात्कार गरेको पीडित पक्षले आरोप लगाएका छन् ।

बालिका बलात्कार गरेको आरोपमा प्रहरीले ऋतिक सदालाई पक्राउ गरेको छ भने अर्का युवा राकेश फरार छन् । साथै, घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!