सिचुवान, १० असार । काठमाडौँमा रेलसेवाको सम्पर्क सञ्जाल जोड्ने चर्चा चलिरहँदा उत्तरको छिमेकी मुलुक चीनले भने चालकबिहीन वातावरणमैत्री रेल सेवाको तीव्र विस्तार गरिरहेको छ ।

Advertisement

झोङटाङ स्काई रेल्वे ग्रुप कम्पनी लिमिटेडले निर्माण गरेको उक्त रेल सेवा गत सेप्टेम्बर ३०, २०१६ मै सफल परीक्षण गरिएको थियो ।

चीनको सिचुवान प्रान्तको विदेश मामिला कार्यालयको आयोजनामा यहाँको भ्रमणमा रहेको नेपाली पत्रकार टोलीलाई स्काई रेल्वे ग्रुपका उपप्रमुख एवं प्रमुख इञ्जिनियरिङ वार्डका वाङ काईले पहिलो चरणमा तीन हजार किलोमिटर रेलवे विस्तार गर्न सम्भाव्यता अध्ययनको काम भइरहेको जानकारी दिए ।

प्रतिकिलोमिटर लागत १५ करोड आरएमबी (चिनियाँ मुद्रा) रहेको उक्त रेल सेवा नियो इनर्जी ब्याट्रीबाट चल्ने विश्वकै पहिलो रेल सेवा भएको उनले जानकारी दिए ।

सडकमाथि केबुलकार जस्तै झुन्डिएर चल्ने उक्त रेल सेवा जमिनमा कुद्नेभन्दा निकै सस्तो लागतमा तयार हुनेछ । उक्त रेल निकै सुरक्षित, सुविधाजनक र सस्तो हुने इञ्जिनियर काईले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!