जनकपुरमा करेन्ट लागेर एकैघरका दाजु-भाइको मृत्यु
धनुषा, २२ जेठ । जनकपुरमा करेन्ट लागेर एकै घरका दुई दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका १७ कनकपट्टी बस्ने २६ वर्षका सुरेन्द्र साह र २४ वर्षका विरेन्द्र साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार साँझ आफ्नै घरमा बिजुलीका सामग्री मर्मत गरिरहेको बेला करेन्ट लागेको थियो । करेन्ट लागेर दुवैजनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
मृतकका शवलाई अहिले परीक्षणका लागि जनकपुर अ...






























