म्याग्दीको रुममा चरेशसहित एक पक्राउ

म्याग्दीको रुममा चरेशसहित एक पक्राउ

म्याग्दी, ३१ जेठ । म्याग्दी जिल्लाको मालिका गाउँपालिका–२ रुममा चरेशसहित एक व्यक्तिलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरीको टोलीले मालिका गाउँपालिका–२ रुमका ३९ वर्षीय नोकबहादुर रोकाको घर खानतलासी गर्दा घरको उत्तरतर्फ पालिको कुनामा लुकाइराखेको अवस्थामा ९२० ग्राम कालो रङको चरेश फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्लाष्ट...
समयमा काम सम्पन्न नगर्ने ठेकेदार पक्राउ

समयमा काम सम्पन्न नगर्ने ठेकेदार पक्राउ

बनेपा, ३१ जेठ । ठेक्काको काम जिम्मा लिएर समयमा नै काम सम्पन्न नगर्ने एकजना ठेकेदारलाई जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले बुधबार पक्राउ गरेको छ । जिल्ला वन कार्यालय, काभ्रेपलाञ्चोक मातहत रहेको इलाका वन कार्यालय, चौबासको भवन निर्माण कार्य जिम्मा लिएर बीचमा नै अलपत्र पारेका अग्रिम निर्माण सेवाका प्रोपाइटर नवीन चौलागाईबाट काम लिएका लालप्रसाद चौलागाईलाई प्रहरीले पक्राउ गरेको हो । चौलागाईले २०...
रामेछापमा प्रहरी र व्यवसायीबीच झडप हुँदा ४ जना घाइते

रामेछापमा प्रहरी र व्यवसायीबीच झडप हुँदा ४ जना घाइते

रामेछाप, ३१ जेठ । रामेछापको सदरमुकाम मन्थलीमा बुधबार राति प्रहरी र स्थानीय व्यवसायीबीच झडप भएको छ । झडपको क्रममा प्रहरीले लाठीचार्ज गर्दा समाचार संकलनमा गएका पत्रकारसहित ४ जना घाइते भएका छन् । बीपी राजमार्गमा ढुवानीका साधन बन्द गरिएको विरोधमा आन्दोलनमा उत्रिएका व्यवसायीहरुलाई प्रहरीले बुधबार राति मन्थलीको भैसेसुरमा लाठी प्रहार गरेको हो । बीपी राजमार्गमा १० टन माथिका मालबाहक र १८ सिट माथिका सवा...
बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

राजविराज, ३१ जेठ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–६ मा बुधबार साँझ यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । काँकडभिट्टाबाट वीरगञ्जतर्फ जाँदै गरेको मे १ ख २२८२ नम्बरको यात्रुबाहक बसले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स ६ प ७५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । बसकोे ठक्क...
श्रीमतीको हत्या गरी फरार रहेका माझी पक्राउ

श्रीमतीको हत्या गरी फरार रहेका माझी पक्राउ

भक्तपुर, ३१ जेठ । श्रीमतीको हत्या गरी फरार रहेका उमेशकुमार माझीलाई आज प्रहरीले पक्राउ गरेको छ । भोजपुर अरुण गाउँपालिका–४ चरब्दी घर भई हाल चाँगुनारायण नगरपालिका–७ खरिपाटी सैँजु डेरी नजिक राममाया कार्कीको घरमा डेरा गरी बस्ने उमेशप्रसादले यही जेठ २५ गते राति २८ वर्षीया श्रीमती सलेनाको टाउकामा बञ्चरोले हानेर हत्या गरेका थिए । महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले फरार माझीलाई काठमाडौँ कागे...
राजविराजमा कुटपिटबाट मृत्यु, तीन जना पक्राउ

राजविराजमा कुटपिटबाट मृत्यु, तीन जना पक्राउ

राजविराज, ३० जेठ । राजविराज नगरपालिका–९ स्थित मलेठमा कुटपिटबाट आज एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुने हनुमाननगर कंकालनी नगरपालिका–९ बस्ने ३० वर्षीय दीपेन्द्र मण्डल हुन् । सप्तरीका प्रहरी नायब उपरीक्षक भोवेश रिमालका अनुसार अत्यधिक मदिरा सेवन गरेका मण्डलको राजविराज नगरपालिका–९ स्थित ससुराली गएको बेला विवाद भएर हात हालाहाल हँुदा मृत्यु भएको हो । मण्डललाई कसले, किन हत्या गरेकोे भन्ने खुल्न स...
सुन तस्करी प्रकरण : अनुसन्धान समितिबाट बाजेको सेकुवामा छापा

सुन तस्करी प्रकरण : अनुसन्धान समितिबाट बाजेको सेकुवामा छापा

काठमाडौँ, ३० जेठ । सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको विशेष अनुसन्धान समितिले काठमाडौँका विभिन्न ठाउँमा सञ्चालित बाजेको सेकुवा रेष्टुराँ छापा मारेको छ । समितिले सुन तस्करीमा संलग्न रहेका चेतन भण्डारीले सञ्चालन गरेको अनामनगर, स्रोहखुट्टे, सामाखुसी, बत्तीसपुतली, कमलपोखरी र गैरीधारास्थित सेकुवा रेष्टुराँमा छापा मारेको हो । जिल्ला अदालत मोरङको अनुमति प्राप्त गरी रेष्टुराँको कारोबार रोक्का र हो...
प्रधानमन्त्री ओलीको चीन भ्रमण मंगलबार

प्रधानमन्त्री ओलीको चीन भ्रमण मंगलबार

काठमाडौँ, ३० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आगामी असार ५ गते चीनको औपचारिक भ्रमण गर्नुहुने भएको छ । प्रधानमन्त्री ओलीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य पनि चीन भ्रमणमा जानुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीको भ्रमण दलमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा ...
हप्ता असुली गर्ने गुण्डा तथा प्रहरीलाई छाडिदैन : गृहमन्त्री थापा

हप्ता असुली गर्ने गुण्डा तथा प्रहरीलाई छाडिदैन : गृहमन्त्री थापा

काठमाडौँ, ३० जेठ । गृहमन्त्री रामबहादुर थापाले पार्टी प्यालेस र क्याटरिङ व्यवसायमा हप्ता असुली गर्ने गुण्डा तथा प्रहरीलाई सरकारले नछाड्ने बताउनुभएको छ । नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको दोस्रो साधारणसभा तथा प्रथम महाधिवेशनको आज उद्घाटन गर्दै उहाँले भ्रष्टाचार, कुशासन र गुण्डाराज अन्त्य नभएसम्म मुलुकको विकास हुन सक्दैन भन्नुभयो । “पार्टी प्यालेस र क्याटरिङ क्षेत्र उ...
ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

दमौली, तनहुँ, ३० जेठ ।  पृथ्वी राजमार्गको दमौली–डुम्रे सडक खण्डमा पर्ने व्यास नगरपालिका–१२ स्थित घाँसीकुवामा आज बिहान सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सोही दुर्घटनामा परी ट्रकका सहचालक २८ वर्षीय पूर्णबहादुर प्रजा गम्भीर घाइते छन् । दुर्घटनामा परी मृत्यु हुनेमा चितवन माडी– ९ बस्ने ट्रक चालक ३४ वर्षीय उपेन्द्र कुँवर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दमौलीस्...
गर्मीका कारण एक साताका लागि विद्यालय बन्द

गर्मीका कारण एक साताका लागि विद्यालय बन्द

कपिलवस्तु, २९ जेठ । अत्यधिक गर्मीका कारण कपिलवस्तुका सामुदायिक तथा निजी विद्यालय आजदेखि एक साताका लागि बन्द भएका छन् । दिन प्रतिदिन बढ्दै गएको.गर्मीले विद्यार्थीहरु कक्षाकोठामै बेहोस हुन थालेपछि स्थानीय तहका विद्यालय शिक्षा शाखाले एक हप्ताका लागि विद्यालय बन्द गर्न निर्देशन दिएको हो । चालीस डिग्री भन्दाबढी तापक्रम हुन थालेपछि यहाँको जनजीवन पनि प्रभावित भएको छ । गर्मीका कारण सदरमुकाम तौलिहवा र...
पोखरीमा डुबेर बालकको मृत्यु

पोखरीमा डुबेर बालकको मृत्यु

राजविराज, २९ जेठ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ स्थित पोखरीमा सोमबार साँझ एक बालकको डुबेर मृत्यु भएको छ । स्थानीय कैलाश साहका ११ वर्षीय छोरा देवकुमार साहको घर नजिकको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । केही दिनयता तराईमा बढेको अत्यधिक गर्मीका कारण गर्मी छल्नका लागि पोखरीमा पौडी खेल्ने क्रममा देवकुमारको डुबेर मृत्यु भएको स्थानीयवासीले जनाएका छन् । शव परीक्...
होटलबाट १२ जना जुवाडे पक्राउ

होटलबाट १२ जना जुवाडे पक्राउ

दमौली, तनहुँ, २९ जेठ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ खैरेनीटारस्थित हीराचन होटल एण्ड लजमा सोमबार अपराह्न ५ बजे प्रहरीले छापामारी १२ जना जुवाडेलाई पक्राउ गरेको छ । सो जुवाको खालबाट प्रहरीले रु एक लाख २५ हजार ६१५ नगदसहित ती व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, तनहुँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताउनुभयो । उक्त होटलमा अवैधरुपमा जुवातास खेलिरहेको भन्ने सूचनाका आध...
सात ठाउँमा पहिरो खसेपछि नारायणगढ-मुग्लिङ सडक अवरुद्ध

सात ठाउँमा पहिरो खसेपछि नारायणगढ-मुग्लिङ सडक अवरुद्ध

चितवन, २९ जेठ । सोमबार साँझ परेको वर्षात् पछि नारायणगढ—मुग्लिङ सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार सो सडकको मुग्लिङ नजिकै कालीखोला, जलविरेलगायतका सातभन्दा बढी ठाउँमा पहिरो खसेको छ । राति ११ः२० बजेदेखि अवरुद्ध सडक आज बिहान ३ः२० बजे एकतर्फी सञ्चालनमा आएको थियो । बिहान ६ बजेदेखि डोजर र एस्काभेटरले पहिरो पन्छाउने काम भइरहेको भएपनि सवारी आव...
साढे ३३ किलो सुन तस्करी प्रकरण : छानविन समितिद्वारा काठमाडौँका सुन पसलमा छापा

साढे ३३ किलो सुन तस्करी प्रकरण : छानविन समितिद्वारा काठमाडौँका सुन पसलमा छापा

काठमाडौँ, २९ जेठ । सनम शाक्य हत्याकाण्ड र साढे ३३ किलो सुन तस्करी सम्बन्धमा गृह मन्त्रालयअन्तर्गत गठन भएको छानविन समितिले आज काठमाडौँका तीन सुन पसलमा छापा मारेको छ । न्यूरोडस्थित राजेन्द्रकुमार शाक्यको आरके ज्वेलर्सका दुई पसल र दरबारमार्गस्थित आर के डायमन्डमा छापा मारिएको हो । सो क्रममा तीनवटै पसलमा रहेको हिरा, सुन, चाँदीलगायत सबै गरगहना छानबिन समितिले नियन्त्रणमा लिएको छ । गृह मन्त्रालयका सहस...
घुमिरहेको पंखाले लागेर युवकको मृत्यु

घुमिरहेको पंखाले लागेर युवकको मृत्यु

बुटवल, २९ जेठ । गैडहवा गाउँपालिकामा चलिरहेको पंखा (सिलिङ फ्यान) ले लागेर एक युवकको मृत्यु भएको छ । गैडहवा–२ सीतापुर बस्ने अन्दाजी २० वर्षीय रियाजुद्दीन शेषको तीव्रगतिमा चलिरहेको पंखाले लागेर ज्यान गएको हो । रमजानमा जाग्राम बसेर सुत्न लाग्दा तीव्रगतिमा चलिरहेको पंखाको पाताले गर्धनमा लागेर गम्भीर घाइते भएका शेषको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी ...
कक्षा कोठामा नपढाउने शिक्षकको रेकर्ड राख्दै बिद्यार्थी

कक्षा कोठामा नपढाउने शिक्षकको रेकर्ड राख्दै बिद्यार्थी

फलेवास, पर्वत, २८ जेठ । पर्वत कुस्मा नगरपालिका–१२ स्थित जनता सुदर्शन माविका कक्षा ६ मा अध्ययनरत् विद्यार्थीलाई कक्षा कोठामा सबैभन्दा राम्रो पढाउने र सबैभन्दा कम पढाउने शिक्षक को होला ? भनेर प्रश्न गर्दा सबैले एकै स्वरमा ती शिक्षकको नाम बताइदिए । कुस्मा नगरपालिकाका नगर शिक्षा शाखाबाट अनुगमनमा पुगेको टोलीसँग उनीहरुले राम्रो शिक्षण गर्ने र ठगेर हिँड्ने शिक्षकको रेर्कड प्रस्तुत गरेका हुन् । शिक्षकका...
काठमाडौंमा अज्ञात समुहद्वारा सरकारी गाडीमा आगजनी (भिडियोसहित)

काठमाडौंमा अज्ञात समुहद्वारा सरकारी गाडीमा आगजनी (भिडियोसहित)

काठमाडौं, २७ जेठ। काठमाडौंको शंखमुलस्थित यूएनपार्क छेऊ अज्ञात समूहले सरकारी गाडीमा आगजनी गरेका छन् । आइतबार दिउँसो राजश्व तालिम केन्द्र, हरिहर भवनको गाडीमा आगजनी भएको हो । काठमाडौं प्रहरी परिसरका डिएसपी मोहन थापाका अनुसार बा १ झ ८८१८ नम्बरको गाडीमा अज्ञात समूहले आगजनी गरेका हुन् । आगजनी गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
विशेष समयमा जनचासोका मुद्दा उठाउँदै सांसद

विशेष समयमा जनचासोका मुद्दा उठाउँदै सांसद

काठमाडौँ, २७ जेठ । सांसदले स्थानीय विकास निर्माणदेखि जनताको दैनिक समस्याका विषयमा सरकारले ध्यान दिन नसकेको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठक शुरु भएलगत्तै विशेष समय लिँदै उहाँहरुले सार्वजनिक चासोका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै तत्काल समस्या समाधान गर्न आग्रह गर्नुभयो । सांसद पुष्पा भुसालले संवैधानिक सर्वोच्चतालाई कायम राख्दै सभामुख वा उपसभामुख एकै दलको ...
बालुवा निकाल्न खनिएको खाल्डोमा डुबेर १६ वर्षीया किशोरीको मृत्यु

बालुवा निकाल्न खनिएको खाल्डोमा डुबेर १६ वर्षीया किशोरीको मृत्यु

बर्दिवास, २७ जेठ । महोत्तरी जिल्लामा जताततै बालुवाढुङ्गा निकाल्न खनिएका खाल्डामा बर्षेनि मानवीय क्षति हुने गरेको छ। पछिल्लोपटक शनिबार बर्दिवास नगरपालिका–१० खयरमारामा एक १६ वर्षीया किशोरीको त्यस्तै खाल्डाको पानीमा डुबेर मृत्यु भएको छ। बर्दिवास–१० का हिरासिंह थिङ्की १६ वर्षीया छोरी सुषमा थिङ्को जेसिभी मेसिनले बालुवाढुङ्गा उत्खनन गरेको खाल्डोमा डुब्दा शनिबार साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय ...
गर्भपतन विरोधी क्रिश्चियन प्रचारकहरुको निशानामा नेपाली महिला

गर्भपतन विरोधी क्रिश्चियन प्रचारकहरुको निशानामा नेपाली महिला

पश्चिमी राष्ट्रहरुमा क्रिश्चियनहरुको रुढीवादी हिस्साले गर्भपतनलाई ईश्वरको काममा दख्खल दिएको रुपमा लिन्छ । ती रुढीवादी क्रिश्चियनहरुले गर्भपतनबारे भ्रम फैलाउन विभिन्न अभियान चलाउने गर्छन् । त्यसका साथै उनीहरुले गर्भपतनको प्रचार गर्ने चिकित्सकहरुलाई धम्क्याउने, अपहरण गर्ने, गर्भपतन गराउने, क्लिनिकहरुका हमला गर्ने जस्ता कार्य गर्ने गरेका छन् । यस्ता घटना अन्य राष्ट्रहरुको तुलनामा अमेरिकामा निक्कै ...
पहिलो बैठक नबस्दै संसद् नियमावली उल्लंघन

पहिलो बैठक नबस्दै संसद् नियमावली उल्लंघन

काठमाडौं,२७ जेठ । प्रतिनिधिसभा नियमावली पारित भएर पहिलो बैठक बस्न नभ्याउँदै संसद् सचिवालयले नियमावलीको नियम उल्लंघन गरेको छ । प्रतिनिधिसभा बैठक बस्नुभन्दा एक दिनअघि नै सांसदलाई कार्यसूची दिनेगरी बहुमतले पारित गरेको नियमावली पहिलो बैठकमै उल्लंघन भएको हो । शुक्रबार पारित भएको नियमावलीको नियम १२ मा दैनिक कार्यसूचीको विषय समेटिएको छ । नियम १२ को उपनियम १ मा सभामुखको निर्देशनअनुसार महासचिव वा उनको अन...
सरकारी तहमा खरिदार पद हटाउने तयारी

सरकारी तहमा खरिदार पद हटाउने तयारी

काठमाण्डौ,२६ जेठ । निजामती सेवामा खरिदार पद नराख्ने तयारी गरिएको छ । संघीय निजामती सेवा ऐनको मस्यौदामा राजपत्र अनंकित द्वितीय श्रेणी (खरिदार) पदमा खुल्ला प्रतियोगिताबाट पदपूर्ति नगर्ने उल्लेख छ । यो ऐन लागु भएपछि अब सरकारी तहको खरिदार पद मा खुल्ला विज्ञापन आव्हान गरिने छैन । यसअघि खरिदार पदमा खुल्ला विज्ञापनबाट ७० प्रतिशत पदपूर्ति गरिन्थ्यो । हाल कानुन मन्त्रालयमा सुझावका लागि पुगेको संघीय निजामत...
प्रा डा देवकोटाको स्वास्थ्य अवस्था गम्भीर

प्रा डा देवकोटाको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौँ, २६ जेठ। वरिष्ठ न्यूरो सर्जन प्रा डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था गम्भीर रहेको नेशनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एल्लाइड साइन्सेसले जनाएको छ । उहाँको सघन उपचार कक्षमा उपचार भइरहेको छ । इन्ष्टिच्यूटले आज विज्ञप्ति जारी गर्दै प्रा डा देवकोटाको अवस्थालाई लिएर सामाजिक सञ्जालमा आइरहेका खबरमा कुनै पनि सत्यता नरहेको स्पष्ट पारेको छ । अस्पतालबाट जारी गरिने आधिकारिक जानकारीबाहेकका ...
कारागारमा यातना दिएको आरोप

कारागारमा यातना दिएको आरोप

वीरगञ्ज, २६ जेठ । यहाँको कारागारभित्र रहेको कोठा नं ५ अर्थात् वासिङ रुम आफूहरुका लागि यातनागृह भएको कैदीबन्दीको आरोप छ । गणतन्त्र दिवसका अवसरमा कारागारमुक्त भएका भारत मोतीहारीका बर्खुदिन मियाँ भन्छन्, “नयाँ कैदीबन्दीलाई पहिले उक्त कोठामा लगेर यातना दिइन्छ । त्यो कैदी पैसावाल छ भने बढी कुटाइ खानुपर्छ”, आफ्नो पीडा पोख्दै मियाँ भन्छन्, “बढी पैसा असुल गरेपछि वासिङ रुमबाट निकालेर अर्को कोठामा राखिन्छ,...
शंकास्पद रूसी हवाई आक्रमणबाट सिरियामा मृत्यु हुनेको सङ्ख्या ४४ पुग्यो

शंकास्पद रूसी हवाई आक्रमणबाट सिरियामा मृत्यु हुनेको सङ्ख्या ४४ पुग्यो

बेरुत, २५ जेठ । विद्रोहीको नियन्त्रणमा रहेको सिरियाको उत्तरपश्चिमी क्षेत्रमा भएको हवाई आक्रमणमा परी जनाको मृत्यु हुनेको सङ्ख्या ४४ पुगेकोे छ । आक्रमणमा कैयौँ नागरिक सख्त घाइते भएको बताउँदै मृतक सङ्ख्यामा केही वृद्धि हुनसक्ने बताइएको छ । शंकास्पद रूसी सेनाले गरेको आक्रमणमा परी ती नागरिकहरूको मृत्यु भएको बेलायतमा कार्यालय रहेको मानव अधिकार अनुगमन समहको कार्यालयले शुक्रबार जनाएको छ । उत्तरपश्चिमी...
प्रहरी नायब निरीक्षक खनालको मृत्यु

प्रहरी नायब निरीक्षक खनालको मृत्यु

रुपन्देही, २५ जेठ। पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, बुटवलमा कार्यरत प्रहरी नायब निरीक्षक पोमनारायण खनालको आज निधन भएको छ । यही जेठ २० गते बुटवलमा भएको दुर्घटनामा गम्भीर घाइते भएका खनालको काठमाडौस्थित ग्राण्डी अस्पतालमा उपचार हुँदाहुँदै निधन भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो । दुर्घटनापछि मणिग्रामस्थित क्रिमसन अस...
बारेकोटमा भेटियो नून खानी

बारेकोटमा भेटियो नून खानी

जाजरकोट, २५ जेठ । जिल्लाको बारेकोट गाउँपालिका–२ रोकायगाउँस्थित खाराखोलामा नून खानीको सम्भाव्यता देखा परेको छ । खोलाको पानीमा सोडियम क्लोराइड जाँच गर्दा ९० प्रतिशत नूनको मात्रा भेटिएको जाजरकोट प्रदेशसभा ‘क’ का सांसद गणेशप्रसाद सिंहले जानकारी दिनुभयो । खोलाको एक लिटर पानी लिएर ल्याब परीक्षण गराउँदा पानीमा ९० प्रतिशत नूनको मात्रा रहेको तथ्य फेला परेको सांसद सिंहले बताउनुभयो । खाराखोलाको पान...
बन्चरो प्रहार गरी श्रीमतीको हत्या

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

भक्तपुर, २५ जेठ । भोजपुर चरनदी घर भई हाल चाँगुनारायण नगरपालिका–७ खरिपाटी बस्ने उमेश माझीले बन्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । खरिपाटीस्थित राममाया कार्कीको घरमा डेरा गरी बस्ने माझीले गएराति सुतिरहेको अवस्थामा २८ वर्षीया श्रीमती सलेना माझीको टाउकोमा बन्चरोले हानेर हत्या गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख प्रहरी उपरीक्षक हि...
दुर्घटनामा परेका नेपालीेको भारतमा मृत्यु

दुर्घटनामा परेका नेपालीेको भारतमा मृत्यु

कञ्चनपुर, २५ जेठ । भारतको चेन्नइको बैंगलोरमा कार्यरत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२, लक्ष्मीपुरका अन्दाजी ३७ वर्षीय नवीन साहुको सडक दुर्घटनामा परी उपचारका क्रममा गएराति मृत्यु भएको छ । होटेलमा कार्यरत साहु डयुटी सकेर कोठातर्फ जानेक्रममा गाडीको ठक्करबाट शख्त घाइते भएका थिए । तत्कालै नजिकको अस्पतालमा उपचारका लागि पु¥याइएपछि उनको उपचारका क्रममा मृत्यु भएको परिवारजनले जनाएका छन् । साहु घरका एक्ला...
नेविसंघको महाधिवेशन साउन २३ देखि

नेविसंघको महाधिवेशन साउन २३ देखि

काठमाडौँ, २५ जेठ। नेपाल विद्यार्थी संघको १२ औँ महाधिवेशन साउन २३ देखि २७ गतेसम्म काठमाडौँमा हुने भएको छ । नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्थाका रुपमा रहेको नेवि संघमा निर्वाचन हुने वा नहुने भन्ने अन्योल बढिरहेका बेला महाधिवेशन तोकिएकै समयमा गर्न लागिएको नेविसंघका अध्यक्ष नैनसिंह महरले जानकारी दिनुभयो । बिहीबार नेपाल ल क्याम्पसमा आयोजित अगुवा कार्यकर्ता भेलामा अध्यक्ष महरले संघीयतामा देश गएक...
error: Content is protected !!