धनकुटा जिससमा एमालेको प्यानल निर्विरोध, चुवान भए प्रमुख
धनकुटा, ३२ साउन । जिल्ला समन्वय समिति धनकुटामा एमालेको प्यानलनै निर्विरोध निर्वाचित भएको छ । जिल्ला समन्वय समितिको प्रमुखमा एमालेका टंकबहादुर चुवान निर्वाचित भएका छन । त्यस्तै उप–प्रमुखमा एमालेकै बंगलाकुमारी राई निर्वाचित भईन् ।
सदस्यहरुमा पनि एमालेकै शीव आङ्ला, ओङ्दा थिङ तामाङ, डागमकुमार राई, अम्बिका बुढाथोकी खड्का, आयुश्मा विश्वकर्मा र सीता राई निर्वाचित भएका छन । निर्वाचित पदाधिकारी तथा सदस्यह...















