सिरहा। चुनावको समयमा प्रायः सवै उम्मेदवारहरुले जनजिविका र विकास निर्माणका मुद्धालाई प्राथमिकतामा राख्ने गर्छन् ।

Advertisement

यो वेलामा उनीहरुले गर्न नसक्ने सायद कुनैपनि विषय नै हुँदैनन । कसैले पुल बनाउने, कसैले सडक, ढल बत्तिजस्ता विषय त प्रायः सवै उम्मेदवारका प्रतिवद्धतामै पर्छन् ।

तर, निर्वाचनपछि भने उनिहरुले उठाएका विषय आफै विर्सने गरेका धेरै उदाहरण छन् ।त्यसैले जनताले उनीहरुले गरेका प्रतिवद्धतामा खासै ध्यान दिन पनि छाडिसकेका छन् ।

तेस्रो चरणको स्थानीय तह निर्वाचन अन्र्तगत सिरहाको लहान नगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार बनेका मुनि साहले पनि यस्तै एउटा प्रतिवद्धता जनाएका छन् ।

जसलाई स्थानीयले खासै महत्व दिएका छैनन् । केही दिनअघि आफ्नो निर्वाचन प्रचारप्रसारमा निस्किएका साह सवार गाडी स्थानीय मुतनी खोलामा फस्न पुगेपछि उनले विषय पाइहाले ।

भने, ‘मेयरमा जितेपछि मेरो पहिलो काम यो नदीमा पुल बनाउने हुन्छ ।’ स् साह केही समय पहिला माओवादीबाट पार्टी परिवर्तन गर्दै एमाले प्रवेश गरेका थिए । रासस

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!