काठमाडौँ। प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव अम्जाद हुसैन बी साइलले भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको भेटमा महासचिव साइलले सार्कका पछिल्ला गतिविधिका बारेमा प्रधानमन्त्री देउवालाई जानकारी गराउनुभएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

Advertisement
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिस भेटवार्ता गर्नुहुँदै। तस्बिर : रोशन सापकोटा, रासस

आजै प्रधानमन्त्री देउवासँग नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रिचर्ड मोरिसले पनि भेटवार्ता गर्नुभएको छ । भेटमा उहाँहरुबीच दुई मुलुकको आपसी हित र सम्बन्धमा बारेमा कुराकानी भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!