झापामा शान्तिसुरक्षाका लागि सिसी क्यामेरा जडान प्रभावकारी बन्दै

झापामा शान्तिसुरक्षाका लागि सिसी क्यामेरा जडान प्रभावकारी बन्दै

बनियानी (झापा)। जिल्लाका बजार चोकमा जडान गरिएको सिसी क्यामेरा शान्तिसुरक्षा कायम गर्न र अपराध अनुसन्धानमा प्रभावकारी बन्दै गएको छ । विभिन्न स्थानमा राखिएको सिसी क्यामेराबाट चौबिसै घन्टा निगरानी हुन थालेसँगै शान्तिसुरक्षा र अपराध अनुसन्धानमा सहज भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता हरिप्रसाद शर्माका अनुसार सिसी क्यामेरा जडानले जिल्लाको गतिविधिको निगरानीसँगै आपराधिक क्रियाकलापमा स...
सुक्खा बन्दरगाहको काम कारबाही ठप्प

सुक्खा बन्दरगाहको काम कारबाही ठप्प

पर्सा। भारतीय रेल सञ्जालसंग जोडिएको मुलुककै एक मात्र वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहको काम कारबाही ठप्प भएको छ । विषालु सर्पको डसाइबाट मृत्यु भएका मजदुरका आफन्तले उचित क्षतिपूर्तिको माग गर्दै बन्दरगाहको प्रमुख प्रवेशद्वार नै अवरुद्ध गरेपछि गए राति १० बजेदेखि काम कारबाही ठप्प भएको हो । बन्दरगाहको लोडिङ अनलोडिङ यार्डमा काम गर्ने मजदुर वीरगन्ज उपमहानगरपालिका–१८ का ३५ वर्षीय राजकिशोर साहको...
संवैधानिक परिषद्को बैठक अनिर्णित

संवैधानिक परिषद्को बैठक अनिर्णित

काठमाडौ। प्रधानन्यायाधीशको नियुक्तिको सिफारिस गर्न बसेको संवैधानिक परिषद्को बैठक कुनै निर्णय नगरी सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सो विषयमा अध्ययन गर्न समय माग गरेपछि बैठकमा कुनै निर्णय हुन सकेन । प्रतिपक्षी दलका नेताले अध्ययन गर्न समय मागेपछि बैठकमा कुनै निर्णय नभएको बताउ...
पहाडी जिल्लाका मतदाताको माग : खानेपानीदेखि सडक निर्माणसम्म

पहाडी जिल्लाका मतदाताको माग : खानेपानीदेखि सडक निर्माणसम्म

डडेल्धुरा । स्थानीय तहको निर्वाचनको रौनक बढिरहेका बेला डडेल्धुरा–बैतडीको सिमानास्थित अनारखोलीका मतदाता भने यस अघिका निर्वाचामा पटक पटक दलीय नेतृत्वबाट सडक निर्माणको झुटो आश्वासन मात्र पाएको भन्दै रुष्ट बनेका छन् । अजयमेरु गाउँपालिका–१ समैजीका मतदाताले निर्वाचनका बेलामात्रै आश्वासनको बाढी नै आउने गरेको तर विकास निर्माणका काममा भने गुनासो रासससंगको कुराकानीमा गर्नुभयो । खोड्पे दशरथ चन्दमार्ग छ...
तेह्रथुममा ७८६ जनाद्वारा मनोनयन दर्ता

तेह्रथुममा ७८६ जनाद्वारा मनोनयन दर्ता

तेह्रथुम । यही असार १४ गते दोस्रो चरणमा हुने स्थानीय तह निर्वाचनका लागि दलले उत्साहपूर्वक उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । जिल्लाको दुईवटा नगरपालिका र चार गाउँपालिकामा २२७ पदका लागि ७८६ जनाले मनोनयन दर्ता गराएका छन् । जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईका अनुसार म्याङलुङ नगरपालिकामा ५२ पदका लागि १८६ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । लालीगुराँस नगरपालिकामा ४७ पदका लागि १४९, आठराई ...
झापामा तीन हजार ३३६ जनाको मनोनयन दर्ता

झापामा तीन हजार ३३६ जनाको मनोनयन दर्ता

काँकडभिट्टा (झापा)। दोस्रो चरणअन्तर्गत असार १४ गते हुने स्थानीय तह निर्वाचनका लागि झापामा मात्रै तीन हजार ३६६ जनाले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेका अनुसार झापामा नगर प्रमुख तथा गाउँपालिकाका अध्यक्ष पदमा १२९ जना र उपप्रमुख तथा उपाध्यक्षमा १६५ जनाले मनोनयन दर्ता गराएका छन् भने १३१ वडा अध्यक्ष पदका लागि ७३२ जनाले मनोनयन दर्ता गराएका छन् । महिला सदस्य पदका ल...
दस दिनदेखि लामिछाने बेपत्ता

दस दिनदेखि लामिछाने बेपत्ता

चितवन। गोर्खा नाम्जुङ स्थायी घर भई भरतपुर महानगरपालिका वडा नं १५ माधवपुर बस्दै आएका ५१ वर्षीय धर्मदत्त लामिछाने विगत १० दिनदेखि बेपत्ता भएका छन् । अघिल्लो शनिबार बिहान गोर्खा घर जान भनी माधवपुरबाट हिडेका लामिछाने आजसम्म सम्पर्कमा आउन नसकेको उनका छोरा दीपक लामिछानेले बताउनुभयो । गोर्खा जानुअघि बुबाले घरमा एउटा कागजमा गोर्खाकै गाउँको एक महिलाले अपहरण गर्ने धम्की दिएको हुँदा म घर नपुगे र केही...
उम्मेदवारी दर्तापछि चुनाव हुनेमा आम मतदाता ढुक्क

उम्मेदवारी दर्तापछि चुनाव हुनेमा आम मतदाता ढुक्क

नेपालगन्ज । आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता भएसँगै अब चुनाव हुन्छ भन्नेमा बाँकेका आममतदाता ढुक्क भएका छन् । स्थानीय तहको निर्वाचनका लागि हिजो भएको उम्मेदवारी दर्ता बाँकेमा धेरै राजनीतिक दल र उम्मेदवारको सहभागितामा उत्साहजनक र शान्तिपूर्ण रुपमा सम्पन्न भएको थियो । ‘निर्वाचनका मिति सरी रहने भएकाले चुनाव हुन्छ कि हुन्न भन्ने जुन आशङ्का आम मतदातामा थियो, उम्मेदवारी दर्ता भएपछ...
फर्जी कागजातका आधारमा लिएको नागरिकता रद्द

फर्जी कागजातका आधारमा लिएको नागरिकता रद्द

नुवाकोट । जिल्लाको साविक साल्मे गाविस–८ का क्याट्रिना तामाङको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरिएको छ । किस्पाङ गाउँपालिका–४ अर्थात् साल्मे गाविस–८ को ठेगानामा बाबु सेल्दोर्जे तामाङ र आमा मसिनो तामाङको छोरी भएर क्याट्रिना तामाङको नाममा नुवाकोट प्रशासनबाट जारी भएको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत किशोर विश्वकर्माले जानकारी दिनुभयो । “तामाङक...
कुनै पनि शक्तिले निर्वाचन रोक्न सक्दैन्ः पूर्वप्रम खनाल

कुनै पनि शक्तिले निर्वाचन रोक्न सक्दैन्ः पूर्वप्रम खनाल

इलाम। नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले असार १४ गते हुन गइरहेको दोस्रो चरणको निर्वाचनलाई कुनै पनि शक्तिले रोक्न नसक्ने बताउनुभएको छ । इलाम सदरमुकाममा आज बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता खनालले सरकारको लाचारीपनले गर्दा चुनाव सरेको उल्लेख गर्दै चुनाव सार्नुपर्ने कुनै कारण थिएन, भन्नुभयो । “मधेसका दुई चार जना नेताको अघि सरकारले लाचारीपन देखायो” उहाँले भन्नुभ...
मोरङमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरङमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

उर्लाबारी (मोरङ) । मोरङको सुन्दरहरैचा नगरपालिका–१२ स्थित पूर्वपश्चिम राजमार्गमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गमा दक्षिणबाट राजमार्ग निस्कने क्रममा को १ त ५३४९ नम्बरको ट्याक्टरले पश्चिमतर्फ जाँदै गरेको अन टेस्ट मोटरसाइकललाई आइतबार साँझ ठक्कर दिएको थियो । ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक मोरङ, केराबारी गाउँपालिका–९ बस्ने ३२ वर्षीय श्याम कार्कीको ...
धनकुटामा बिप्लव नेतृत्वको नेकपाका इन्चार्जसहित दुई पक्राउ

धनकुटामा बिप्लव नेतृत्वको नेकपाका इन्चार्जसहित दुई पक्राउ

धनकुटा । नेत्र बिक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी धनकुटाका ईन्चार्जसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । धनकुटाको सिधुवा बजार नजिकबाट आईतबार राति प्रहरीले जिल्ला ईन्चार्ज आकाश शर्मा र जिल्ला कमिटि सदस्य राजन भनिने यामप्रसाद अधिकारीलाई पक्राउ गरेको हो । निर्वाचन बिरोधी गतिबिधी गर्दै आएकाले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुदिप राजभण्ड...
झापामा करेन्ट लागेर मृत्यु

झापामा करेन्ट लागेर मृत्यु

दमक । करेन्ट लागेर झापाको वैगुनधुरामा आज बिहान एक जनाको मृत्यु भएको छ । मोटर जोडेको ट्युबेलमा पानी चलाउने क्रममा अचानक करेन्ट लाग्दा गौरादह नगरपालिका–९ का ५२ वर्षीय डाकुमसिंह गिरीको ज्यान गएको हो । करेन्ट लागेर ढलेका घाइते गिरीको उपचारका लागि दमकतर्फ ल्याउँदै गर्दा बाटोमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताउनुभयो ।
धनकुटामा उत्साहपूर्वक मनोनयन दर्ता (फोटो फिचरसहित)

धनकुटामा उत्साहपूर्वक मनोनयन दर्ता (फोटो फिचरसहित)

धनकुटा । असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि धनकुटामा पनि आईतबार उत्साहपूर्वक उम्मेदवारको मनोनयन दर्ता गरिएको छ । जिल्लाका तीन नगरपालिका र चार गाउँपालिकामा चुनावका लागि उम्मेदवारहरुले मनोनयनपत्र दर्ता गराएका हुन । धनकुटा नगरपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र वाँकी स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरिएको हो । मनोनयन दर्ताका लागि बिहान ८ बजे देखि...
हत्या गरिएको युवकको पहिचान भयो

हत्या गरिएको युवकको पहिचान भयो

गौशाला। जलेश्वर–जनकपुर सडकखण्डअन्तर्गत कुटमेश्वरी नदी किनारमा घाँटी रेटेर हत्या गरी फालिएको युवकको पहिचान भएको छ । हत्या भएका सो युवक जिल्लाको महोत्तरी गाउँपालिका १ पर्सा गाउँ बस्ने ताहिर नदाफका छोरा २२ वर्षीय नजाम नदाफ रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताउनुभयो । प्रहरी उपरीक्षक लम्सालका अनुसार शनिवार साँझ ७ बजेदेखि घरबाट गायब रहेका नजामको आज बिहान आ...
मृत अवस्थामा महिला फेला

मृत अवस्थामा महिला फेला

राजविराज । राजविराज–भारदह सडक खण्डअन्र्तगत सप्तरीको तिलाठीस कैलाडी–७ स्थित बाँझो खेतमा आज एक महिला मृत अवस्थामा फेला परेकी छिन् । नाम, थर, वतन नखुलेकी करीव ३५ बर्षीया ती महिला मृत अवस्थामा फेला परेकी इलाका प्रहरी कार्यालय हनुमानगरले जनाएको छ । केही दिनयता ती महिला सो क्षेत्रमा मागी खाई हिंड्ने गरेको स्थानीयले बताएका छन् । मृतक महिलाको शवलाई स्वास्थ्य परिक्षणका लागि राजविराजस्थित गजेन्द्र नारा...
कपिलबस्तुको बाणगंगामा बम विस्फोट, ९ जना घाइते

कपिलबस्तुको बाणगंगामा बम विस्फोट, ९ जना घाइते

 कविलवस्तु । जिल्लाको बाणगंगा नगरपालिका ४ गजेहडामा बम विस्फोट भएको छ । घटनामा ९ जना घाइते भएका छन् । बम विस्फोट विप्लव समूहले गराएको आशंका गरिएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त प्यानलको उम्मेदवारी दर्ता गर्न गइरहेको बेलामा विस्फोट भएको हो । विस्फोटमा घाइते भएका अधिकांश कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ता छन् । घाइतेहरुलाई उद्दार गरेर अस्पताल लगिएको प्रहरी नायव निरीक्षक प्रक...
अवैधरुपले ल्याइएको सालको काठसहित ट्याक्टर चालकलाई पक्राउ

अवैधरुपले ल्याइएको सालको काठसहित ट्याक्टर चालकलाई पक्राउ

सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४ बाट प्रहरीले अवैध रुपले ल्याइएको तीन ट्याक्टर सालको काठसहित तीन चालकलाई पक्राउ गरेको छ । आज बिहान जङ्गलबाट काँचो सालको काठ अवैध निकासी भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले काठ नियन्त्रणमा लिएको हो । कमलामाई नगरपालिका–४ ज्यामिरे कुडुलेको बाटो हुँदै काठ निकासीमा संलग्न ती ट्याक्टर चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कनपा–४ नि...
सार्वजनिक यातायातको भाडा नघट्ने

सार्वजनिक यातायातको भाडा नघट्ने

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटे पनि सार्वजनिक यातायातको भाडा नघट्ने भएको छ । पेट्रोलियम पदार्थको भाउ रु पाँचभन्दा कम नभएकाले वैज्ञानिक भाडा पद्धतिअनुसार सार्वजनिक यातायातको भाडा नघट्ने यातायात व्यवस्था विभागका प्रवक्ता डा टोकराज पाण्डेले जानकारी दिनुभयो । “सार्वजनिक सवारीको भाडादर निर्धारणमा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानिएकाले तत्काल भाडा घट्न सक्दैन, अन्...
पोखरामा बस दुर्घटना

पोखरामा बस दुर्घटना

पोखरा। स्याङजाको टक्सारबाट पोखरातर्फ जादै गरेको बस आइतवार दुर्घटना भएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं २१ स्थित कृस्तिमा ना ४ ख ४३९७ नम्वरको संजोग ट्राभल्सको बस दुर्घटना भएको घट्नास्थलबाट डिल्लीराम बरालले जानकारी दिनुभएको छ । दुर्घटनामा परि ५ जना घाइते छन् । घाइतेको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
यती कार्पेट आगलागीमा रु एक अर्ब क्षति

यती कार्पेट आगलागीमा रु एक अर्ब क्षति

भक्तपुर । भक्तपुर नगरपालिका–२ सल्लाघारीस्थित यती कार्पेट इन्डस्ट्रिजमा गए रातिदेखि लागेको भीषण आगलागीमा रु डेढ अर्बभन्दा बढीको सामग्री क्षति भएको छ । राति ११ः३० बजेदेखि सुरु भएको आगलागी भक्तपुर वारुण यन्त्र, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा काठमाडाँै र ललितपुरका आठ दमकलबाट आठ घन्टापछि बिहान ७ः३० बजे नियन्त्रणमा आएको छ । आगलागीबाट रु एक अर्ब ५० करोडभन्दा बढीको सामग्री क्षति भएको ...
नारायणगढ मुग्लिन सडक सञ्चालनमा

नारायणगढ मुग्लिन सडक सञ्चालनमा

चितवन। पहिरो खसेर गए राति १ बजेदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो पन्छाइएपछि आज बिहान ११ः ५० बजेदेखि सडक पुनःसञ्चालनमा आएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इ शिव खनालका अनुसार मुग्लिनबाट २.५ किमी नारायणगढतर्फ कालीखोलामा भित्तो काटिएको ठाउँमा पहिरो खसेको थियो । राति ९ बजे पनि सोही ठाउँमा पहिरो खसेकामा पन्छाएर सडक पुनःसञ्चालन गरिएको थियो । सुरुमा सानो पहिरो भए पनि राति ठूलो पहिरो खस...
निर्वाचन सफल पार्न सुरक्षाको कमी हुँदैन : गृहमन्त्री

निर्वाचन सफल पार्न सुरक्षाको कमी हुँदैन : गृहमन्त्री

रुकुम। गृहमन्त्री जनार्दन शर्माले करिब २० वर्षपछि हुन लागेको दोस्रो चरणको स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपले सफल पार्न सरकारले सबै सुरक्षा रणनीति अपनाउने बताउनुभएको छ । आज बिहान मुसीकोटमा भएको पत्रकार सम्मेलमा मन्त्री शर्माले निर्वाचन असफल बनाउन केही तत्व लागे पनि उनीहरु असफल भएको बताउनुभयो । लामो समयपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा सबैलाई सहभागी गराउनका लागि २ नं प्रदेशमा केही समय...
माथिल्लो साञ्जेन जलविद्युतको निर्माण ५५ प्रतिशत पूरा

माथिल्लो साञ्जेन जलविद्युतको निर्माण ५५ प्रतिशत पूरा

रसुवा । उत्तरी रसुवाको चिलिमे क्षेत्रमा निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको निर्माण कार्य ५० प्रतिशत बढी काम पूरा भएको छ । साञ्जेन माथिल्लो जलविद्युत् आयोजनाका प्रमुख सुदनसिंह महतका अनुसार १४दशमलव आठ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजाको विद्युत् गृहमा एक हजार ३८७ मिटर सुरुङ खन्ने काम सकिएको, मुहान स्थल तिलोचेमा बाँध बाँध्ने काम ९५ प्रतिशत सकिएको र सिम्बु गाउँमा रहने विद्युत् ...
राजपा नेता प्रहरी नियन्त्रणमा

राजपा नेता प्रहरी नियन्त्रणमा

धनगढी । उम्मेदवारी मनोनयनमा बाधा अवरोध पु¥याउन बाटामा टायर बाल्दै गरेका राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य फोनीराम चौधरी र सुनिता चौधरीलाई प्रहरीले आज पक्राउ गरेको छ । उनीहरुलाई कैलालीको साबिक हसुलिया क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रजिअ गोविन्दप्रसाद रिजालले राससलाई बताउनुभयो । जिल्लाका सबै स्थानीय तहमा भने शान्तिपूर्ण वातावरणमा उम्मेदवारी मनोनयन दर्ताको काम भइरहेको छ । यही असार १४ गते...
उम्मेदवारी मनोनयन दर्ता सुरु

उम्मेदवारी मनोनयन दर्ता सुरु

काठमाडौँ । दोस्रो चरणको स्थानीय तह यही असार १४ गते बुधबार हुने निर्वाचनका लागि तीनवटा प्रदेशका ३५ जिल्लाका ३३४ वटा स्थानीय तहमा आज बिहान ८ बजेबाट उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालयमा आई उम्मेदवारहरुले मनोनयन दर्ता गर्ने क्रम सुरु भइसकेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । संविधानसभाबाट बनेको संविधान कार्यान्वयन ग...
कैदीबन्दीको उपचारका लागि आठ करोड खर्च

कैदीबन्दीको उपचारका लागि आठ करोड खर्च

काठमाडौँ। कारागार व्यवस्थापन विभागले कैन्दीबन्दीको उपचारका लागि वार्षिक करिब रु आठ करोड खर्च गर्ने गरेको छ । देशभरका ७४ कारागारमा रहेका १८ हजारको हाराहारीमा रहेका कैदीबन्दीको स्वास्थ्योपचारका लागि वार्षिक उक्त रकम खर्च गर्दै आएको हो । विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरेले सामान्य बिरामीको उपचार सम्बन्धित कारागारभित्रबाट गरिँदै आएको र गम्भीर बिरामीको उपचार व्यवस्था केन्द्रीय कारागार अस्पता...
राष्ट्रपति अबु धाबीमा

राष्ट्रपति अबु धाबीमा

अबु धाबी । राष्ट्रपति भण्डारी जेनेभाबाट संयुक्त अरब इमिरेट्स( युएई)को राजधानी अबु धाबी आइपुग्नुभएको छ । अबु धाबी अन्तर्राष्ट्रय विमानस्थलमा उहाँलाई युएईका लागि कावा नेपाली राजदूत नेत्रबहादुर टण्डन र अधिकृतले स्वागत गर्नुभयो । राष्ट्रपति भण्डारीका साथमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, राष्ट्रपतिका स्वकीय सचिव डा विमला पौडेल राई तथा परराष्ट्र मन्त्रालयका अन्य वरिष्ठ अधिकृत सहभागी ह...
सामुदायिक विद्यालयको नतिजा उत्कृष्ट

सामुदायिक विद्यालयको नतिजा उत्कृष्ट

चितवन। गतवर्षको माध्यमिक शिक्षा परीक्षामा सामुदायिक विद्यालयतर्फ देशमै दोस्रो भएको यहाँको नारायणी नमुना उच्च माविले यसवर्ष पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । विद्यालयका प्राचार्य पूर्ण दवाडीका अनुसार सो विद्यालयका ५० जनाले ‘ए’ प्लस, ८० जनाले ‘ए’, ५४ जनाले ‘बी’ प्लस, ४१ जनाले ‘बी’ र २७ जनाले ‘सी’ प्लस ल्याएका छन् । विद्यालयबाट २५२ जनाले परीक्षा दिएका थिए । गतवर्ष सो विद्यालय सामुदायिक व...
इलाममा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार बेपत्ता

इलाममा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार बेपत्ता

इलाम । इलाम नगरपालिका–१२ का लागि नेकपा (माओवादी केन्द्र)का तर्फबाट वडाध्यक्षका उम्मेदवार घोषणा गरिएका नारायण राई दुई दिनदे बेपत्ता भएका छन् । सो पार्टीले शनिबार आयोजना गरेको आमसभाको तयारीका लागि शुक्रबार नै घरबाट निस्किएका वडाध्यक्षका उम्मेदवार राई बेपत्ता भएका हुन् । बेपत्ता राईको खोजीका लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा समेत जानकारी गराइएको माओवादी केन्द्र, इलामक...
निर्वाचन सामग्री लुट्ने पक्राउ

निर्वाचन सामग्री लुट्ने पक्राउ

दाङ। निर्वाचन सामग्री लुटपाटमा संलग्न ने पाल कम्युनिस्ट पार्टी दाङका जिल्ला सदस्य जनक विकलाई लुटिएका निर्वाचन सामग्रीसहित शान्तिनगरबाट शनिबार प्रहरीले पक्राउ गरेको छ । शान्तिनगर गाउँपालिका–३ भलाने टीमा मतदाता शिक्षा दिइरहे का बे ला मुख छो पे र आएको  एक समूहले  मतदाता शिक्षा स्वयंसे विकाहरु विमला खड्का र गीता भण्डारीबाट मतदाता नामावली, चे तनामूलक सामग्रीहरु, नमुना मतपत्र, स्वस्तिक छाप, निर्वाच...
error: Content is protected !!