काठमाडौं । मंगलग्रहको उपग्रह ‘फोबोस’मा अन्तरिक्षयात्री बस्न सक्ने वासस्थानको नमूना तयार गर्न अन्डरग्य्राजुएट तहका इन्जिनियररिङबीच संसारभर गराइएको प्रतिष्पर्धामा नेपाली विद्यार्थीको समूह विजेता तीनमा छनोट भएको छ ।

Advertisement

अमेरिकन इन्ष्टिच्युट अफ एरोनटिक्स एन्ड एस्ट्रोनटिक्स (एआईएए)ले आयोजना गरेको प्रतिष्पर्धामा चार नेपाली विद्यार्थी (थापाथली इन्जिनियरिङ क्याक्पस र पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थी) को संयुक्त समूह छनोट भएको हो ।

समूहमा थापाथली इन्जिनियरिङ क्याम्पसकाम राजन भण्डारी र सञ्जीव अधिकारी एवं पुल्चोक क्याम्पसका राजकुमार गुरुङ र अर्जुन मगर सम्मिलित छन् ।

प्रतियोगितामा सहभागी हुने नेपाली विद्यार्थीको समूहले ६ वटा नमुना सिलिन्डर आकारका नमूनाको डिजाइन तयार गरेको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!