दाङ। गुन्डागर्दीमा संलग्न भएको अभियोगमा दाङ प्रहरीले छजनालाई पक्राउ गरेको छ ।

Advertisement

घोराहीको तुलसीपुर चोकमा होहल्ला गर्दै सर्वसाधारणलाई त्रस्त बनाउने, चुनाव विरोधी कार्यसँगै उम्मेदवारलाई फोनमा धम्काउने गरेको अभियोगमा छजनालाई प्रहरी पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका–११ का २८ वर्षीय पारस हमाल, सोही ठाउँकै २९ वर्षीय टोपबहादुर बुढाथोकी, २५ वर्षीय भानुभक्त बस्नेत, तुल्सीपुर–५ बस्ने ३० वर्षीय वरुण श्रेष्ठ, तुलसीपुर–६ बस्ने १९ वर्षीय अनोज खड्का र सोही ठाउँकै केतन गिरी रहेका छन् ।

उनीहरुविरुद्ध अनुसन्धान भइरहेको प्रहरी प्रमुख प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिनुभएको छ । पक्राउ परेका पारस बस्नेत र भानुभक्त बस्नेत यसअघि पनि ज्यान मार्ने तथा हातहतियार मुद्दामा ३० महिना कैद सजाय पाएर छुटेका थिए ।

त्यसैगरी टोपबहादुर बुढाथोकी ज्यान मार्ने उद्योग र वरुण श्रेष्ठ कर्तव्य ज्यान, हातहतियार र लागुऔषधको मुद्दामा सजाय पाएर छुटेको पनि प्रहरीले जनाएको छ । रासस

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!