बेग्लाबेग्लै घटनामा मोरङमा दुईको मृत्यु
विराटनगर, १७ मंसिर । बेग्लाबेग्लै घटनामा मोरङमा शनिबार दुईजनाको मृत्यु भएको छ ।
लेटाङ नगरपालिका–१ किशे बाँकेमा २९ वर्षीय सागर लिम्बूको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । खोलामा माछा मार्ने क्रममा लिम्बूलाई करेन्ट लागेको हो ।
त्यस्तै, सुन्दरहरैचा नगरपालिका–१० त्रिवेणी चोकमा रमेश अधिकारीको तीन वर्षीय छोरा रुपेशको शनिबार पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबा...


























